शक्तमान बुढाथोकी, हङकङ ।
हङकङको आगलागीमा परी निधन भएका आठ जना नेपालीको स्मृतिमा शोकसभाको आयोजना गरिएको छ । हङकङ नेपाली महासंघ र बाग्लुङ समाज हङकङको आयोजनामा शोकसभाको आयोजना गरिएको हो ।

शोकसभाको अध्यक्षता हङकङ नेपाली महासंघका अध्यक्ष टंक रानामगर र सन्चालन महासंघका सल्लाहकार प्रमुख रिता गुरुङ र दिपराज राईले गर्नु भएको थियो । कार्यक्रममा नेपाली र हङकङका कतिपय विशिष्ट व्यक्तिहरुको सहभागिता रहेको थियो । कार्यक्रममा आगलागीमा परी मृत्यु भएका नेपालीहरुको सम्झनामा पुष्प अर्पण गरिएको थियो ।

मंसिर १ गते राति जोर्दनको क्यान्टोनरोड स्थित जिरे खुर्सानी रेस्टुरेन्टमा आगलागी हुँदा आठ नेपालीले ज्यान गुमाएका थिए । आगलागीमा परी बाग्लुङ समाज हङकङ का आजिवन सदस्य युवराज कंडेल, उहाँकी छोरी कीर्तिका कंडेल, रामबाबु नेपाल, रायन नेपाल, शेरबहादुर गुरुङ, अनिता निरौला, बिनिता तामाङ र सुरक्षा कंडेलको मृत्यु भएको थियो ।

दुर्घटनामा घाइते भएका १३ जनाको हङकङका बिभिन्न अस्पतालहरुमा उपचार भइरहेको हङकङ नेपाली महासंघले जनाएको छ ।
यो पनि:आगलागीका घाइतेको उपचारमा कुनै कसर बाँकी नराख्न बागलुङ समाज हङकङको आग्रह
हङकङका नेपालीमाथि ठुलो बज्रपात, आगलागीमा परी सात जनाको मृत्यु, १३ घाइते, दुईको अवस्था अज्ञात

