• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

भुजमा मूल प्रवाहको नगर समिति गठन

नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

गुजरातको मोर्बीमा मूल प्रवाहको नगर समिति गठन

एमबीएसको प्रश्नपत्र आउट गर्ने दुई जना पक्राउ

नीट पेपर लीक आन्दोलनपछि धर्मेन्द्र प्रधानको राजीनामाः किन झुक्न बाध्य भयो भारत सरकार ?

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जुन गाउँले मलाई धेरै दियो

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. अब मृत्युपछि पनि कर लाग्ने

नयाँ लेखक साथीहरूलाई सुझाव


  •   सोमबार, मङि्सर ०८, २०७७ मा प्रकाशित
  • मिनबहादुर राना ।।

    Advertisement

    पुस्तक प्रकाशन गर्ने लहर चलेको छ । लेखक साथीहरू बढ्नु सुखद् कुरो हो । तर पहिलो गासमै ढुङ्गा परेपछि बाँकी गास खाला कि नखाला ? सोचनीय कुरो छ ।

    साथीहरूको पुस्तक प्रकाशन भइसकेपछि कसैकोमा कागजको क्वालिटी नहुने, कसैकोमा खर्चअनुसार मूल्य नमिल्ने, कसैकोमा पेज कम्पोजिङ नमिल्ने, कसैकोमा छपाइ नै राम्रो नहुने समस्या आएका छन् ।

    सबैभन्दा ठुलो कुरो त पुस्तक प्रकाशनपश्चात् वितरणको समस्या धेरै देखिन आउँछ । अरूका पुस्तक पुस्तक पसलअगाडि झुण्डिएको देख्दा र पाठकले किनिरहेको देख्दा जोकोही लेखकलाई त्यो रहर जाग्नु सामान्य हो ।

    अझ ठुलो समस्या त लेखकले पुस्तक प्रकाशनको खर्च उठाउन नसक्नु हो ।

    कहिलेकाहीँ लेखक पनि ठुलो भ्रममा हुन्छ । लेखकले भेटेजतिका चिनेजतिकालाई आफ्नो पुस्तक पढाउने रहर गर्छ । जसरी भए पनि मान्छेको हातहातमा पुस्तक पुराउने चाहना गर्छ । अनि, निःशुल्क भए पनि पुस्तक बाँड्न थाल्छ ।

    केही असल वाणी सबैले सुन्न पाउन्; मान्छेले आफ्नोजस्तै राम्रो विचार धारण गरुन्; समाजका सबै मान्छे सजग बनुन्; आदिइत्यादि लक्ष्य राखेर पुस्तक लेख्ने हो । लेखक आफ्नो आदर्शमा यति महत्त्वाकाङ्क्षी हुन्छ र ऋण गरेर छापेको पुस्तक सित्तैमा बाँड्न थाल्छ । त्यो आदर्शको उन्माद प्रेसबाट फोन नआउन्जेल रहन्छ । प्रेसबाट फोन आउँदा आफ्ना आदर्श पूरै बिर्सेर झुट बोल्नुपर्ने अवस्था आउँछ । आफै आफ्नो आदर्शमा टिक्न नसक्ने स्थिति आउँछ भने पुस्तक छाप्नेजस्तो स्थिर काम गर्नुहुन्छ ?

    लेखकले एउटा पुस्तक तयार पार्दा आफ्ना समस्त काम छोडेर, अध्ययन–अनुसन्धान गरेर लेख्छ । गाँस काटेर हुन्छ कि ऋण गरेर हुन्छ, छापाखानामा रकम बुझाएर किताब छाप्छ । अनि, खट्टे बाँडे झैँ पुस्तक बाँड्दै हिँड्छ । यसरी पुस्तक सित्तैमा बाँड्दै हिँड्न त सभ्रान्तहरू मात्र सक्छन् । यो संस्कृति मौलाउनु भनेको त पुँजीवादी संस्कृति मौलाउनु हो । हामी प्रगतिशीलले कस्तो संस्कारलाई मलजल गर्ने ? सोच्ने बेला आएको छ ।

    महायज्ञमा लाख होइन, करोड फुक्न सक्ने दानवीरले सय रुपियाँको पुस्तक महङ्गो भयो भन्न थाल्छ । त्यो बाआमा जिउँदो रहुन्जेल भोकै राखेर मरेपछि पिण्ड चढाउने संस्कारको घिनलाग्दो छाप हो ।

    पैसा भएकाहरू पढ्दैनन् भन्ने होइन, उनीहरू झन् धेरै पढ्छन । मात्र कुरो के हो भने सामान्य मान्छेले आफ्नो विचार राख्न खोज्दा, अझ पुस्तक नै लेखेर बेचिरहँदा उनीहरूको सत्ता डगमगाउँछ । स्वर्गनर्क कता हो, थाहा नभएको शूद्रले ध्यान गर्दैमा उता स्वर्गमा इन्द्रको आसन हल्लियो भनेर त्यसै भनेको हो त ? हामी सामान्य मान्छे लेखनमा लाग्नु भनेको उनीहरूको काला कर्तुत पर्दाफास हुनु हो । ठिकै छ, उनीहरूकै गुणगान गाएरै बस्नुस्, तर दण्ड र भेदले मुख थुन्न सम्भव नभए दामले थुन्नुपर्ने अवस्था आउन सक्छ । त्यो भनेको लुटको धनमा अर्को हिस्सेदार थपिनु हो । उनीहरूको भाग घट्नु हो । त्यसैले आफ्नै विचार खेमाकाले पनि सामान्य मान्छेको उदयलाई रोक्ने भरपुर प्रयास गर्छ ।

    सामान्य मान्छेको उदयलाई रोक्ने प्रयत्नहरू धेरै हुन सक्छन । कविज्यू भनेर जिस्क्याउने, जहाँत्यहीँ कविता सुनाउन लगाएर जाँडको तालमा मजाक उडाउने र नसुनाए केही जान्दैन भनेर उडाउने, उल्टो अर्थ लगाएर बहिस्कार गर्ने वा धुरीमा चढाएर कुनै प्रपञ्चमा फसाएर पछार्नेजस्ता अनेक हुन सक्छन् ।

    बुर्जुवाहरू त नयाँ पिँढीलाई असल पार्टी कार्यकर्ताभन्दा पनि असल भजने बनाउनेतर्फ लाग्छन । नेतृत्व गर्ने, कुनै ठुलो काम गर्ने तथा असल काम गरेर नाम राख्ने त ठुलावडा, धनसम्पत्ति भएकाको सन्तानको भागमा मात्र पार्ने प्रवृत्ति छ । त्यो रोग आफूलाई कम्युनिस्ट भन्नेमा पनि फैलिन थालेको छ । चाकरी र चम्चागिरी गरेर पदमा पुग्ने प्रवृति बढेको छ । अर्कोतिर, पदमा पुगेकाले साथीहरूकै समर्थनले म पदमा पुगेको हो भन्ने बिर्सेर आफूलाई शक्तिशाली सम्झने बानीको विकास हुन थालेको छ ।

    त्यसैले सामान्य मान्छेलाई लेखक, कवि वा कलाकारको दर्जा दिइहाल्नु बुर्जुवाहरूको मानेमा आफ्नै खुट्टामा बन्चरो हान्नु त हो नै । यता राता मान्छेहरू पनि पदप्रतिष्ठा र अवसरको हिस्सेदार थपिँदा खुसी अवश्य हुँदैनन् ।

    तसर्थ नयाँ साथीहरू पहिलो प्रयास हो, प्रचार होला भनेर सित्तैमा पुस्तक नबाँड्नुस । पछि आफ्नै पुस्तक खोज्दा नपाइने दिन आउँछ । आफ्ना नेताप्रति विश्वास र शङ्का बराबर गर्नुस् र उनीहरूलाई पनि पुस्तक सित्तैमा नदिनुस् र नलिनुस् । पुस्तक दिवासेवा बस वा रेलको टिकट होइन । पुस्तक त विशेषविज्ञलाई मात्र खाँचो पर्ने कुरो हो । त्यसैले चर्का प्रचार गर्दैमा झ्यापझ्याप पुस्तक बिक्री हुँदैन । हजारप्रति पुस्तक चारपाँच वर्षमा बेचिसकौँला भन्ने सोच्दा ठिक हुन्छ ।

    हाम्रा केही साथीहरू छन्, जसले केही नाम चलेका वा विदेशी लेखकका भनाइ मिसाएर लेखे धेरै उत्कृष्ट ठान्ने चिन्तन छ । समकक्षीले अनुभूति प्रस्तुत गर्दा त्यसको नजरअन्दाज गर्ने बानी छ । सुझावको नाममा गाली वा समीक्षाको नाममा स्वस्तिगान गर्ने चलन बढेको छ । यो राम्रो होइन ।

    यस्तो वातावरणमा पुस्तक पुससेल गर्न पनि धेरै गा¥हो छ । कतै वास्ता गर्दैनन् । कतै के निहुँ पारेर तर्काउँछन् ।

    कुरोको चुरो कहाँनिर छ भने हामीले पुस्तक कस्ताका लागि लेखेका हौँ भन्ने बिर्सनु हुँदैन । विपरीत वर्गले हाम्रो पुस्तक किन्ने सम्भावना धेरै कम छ । हामी आफै पनि विपरीत वर्गको दर्शन कम पढ्छौँ । खासमा त्यो एक खाले पाखण्ड हो । आफू विरुद्धको विचार निस्पक्ष अध्ययन गर्ने बानी अति राम्रो बानी हो । आफ्नो विचारअनुकूल पुस्तकको मात्र अध्ययन गर्नु आफूलाई एकपाखे बनाउनु हो ।

    लक्षितवर्गमा पुस्तक बेच्न पनि गाह्रो छ । समाज धेरै झुण्डमा विभक्त छ । यो व्यस्त बजारमा पठन संस्कृति बसाल्न पनि मुस्किल छ । हामीले आफ्नो लेखनकलाले उनीहरूलाई आकर्षण गर्न सक्नुपर्छ ।

    कसैले महङ्गो भयो पनि भन्छन् । अनि, छपाइखर्च यति, मूल्य यति भन्न थाल्छन । नाफा मात्रै हेर्ने हो भने त टिस्यु पेपर बेच्न हिँडिन्थ्यो होला ! अन्य अत्यावश्यक बस्तु बेच्न हिँडिडन्थ्यो होला ! पुस्तकमा हाम्रो आर्थिक लगानी मात्र हुँदैन, बौद्विक लगानी हुन्छ । लगानी नउठ्ने जोखिम पनि हुन्छ । तसर्थ हामीले त्यस्ता कुरामा अल्झिनु हुँदैन । छपाइ, वितरकको भाग, विक्रेताको भाग, लगानको ब्याज, आफ्नो बौद्धक तथा अन्य मिहिनेत गरेर मूल्य राख्दा हुन्छ । जसरी पाँच वर्षमा किताब बेचेर सक्दा लेखक सामकोसाम हुन्छ, त्यसरी मूल्य निर्धारण गर्नुपर्छ ।
    सामान्य मान्छेले आफूलाई लेखकमा उभ्याउँनु चानचुन कुरो होइन । वर्तमान समाजको चरित्र बुझेर त्यसका खराबपक्ष विरुद्वको लडाइँमा विजेताले आफूलाई लेखकमा स्थापित गर्न सक्छ ।

    स्थापित हुने कि विस्थापित हुने ? आफ्नो बानीमा भर पर्छ । पुस्तक सित्तैमा नबाँड्नुस । आफ्नो बौद्धिक श्रमको कसैले सित्तैमा प्रयोग गर्छ भने त्यसको मूल्य माग्नुस् । कसैले महङ्गो भन्यो भने माथिको अनुच्छेदबाट जवाफ दिनुहोस् । पुस्तक उधारो दिने काम नगर्नुहोस् । कुनै समीक्षकको सस्तो वाहवाही र चर्काे आलोचनालाई राम्ररी विश्लेषण गरेर आफ्नो स्थान खोज्नुहोस्।

    जसरी हुन्छ, नाम चलेका प्रकाशनबाट पुस्तक निकाल्ने रहर गरेको देखिन्छ । प्रकाशक पनि अहिले नाफा मात्र हेर्न थालेका छन् । केही प्रकाशकले लेखकबाट नै लाखौँ रकम लिएर मात्र पुस्तक निकाल्ने होडमा छन् । चर्का रकम दिन नसक्ने लेखकलाई यो त्यो भनेर उसको पुस्तक छाप्दैनन । नाम चलेका पदपैसा र पावरवालाको व्यक्तिको जस्तो पुस्तक पनि छाप्ने र सामान्य लेखकको जति राम्रो पुस्तक भए पनि नछाप्ने गर्छन । सामान्य एक लाख जतिमा छापिने पुस्तक प्रकाशन गर्न दुई÷ढाइ लाख रकम लिने र लेखकप्रतिको नाममा दस÷बिस प्रति पुस्तक मात्र उपलब्ध गराउने पनि गरेका छन् ।

    यस्तो संस्कार मौलाउनु भनेको सामान्य आर्थिकस्तरका लेखकको उदयमा रोक लगाउने प्रपन्च हो । तर हामीले उनीहरूलाई रोक्न सक्ने अवस्था छैन । प्रकाशकले पनि आफ्नो ठाउँमा मिहिनेत गरेका हुन्छन । तर लेखककै मात्र दोहन नगरे हुन्थ्यो भन्ने मात्र हो । आफूले नाफा कमाउँदा लेखकलाई उसको बौद्धिक परिश्रमको हिस्सा दिए हुन्थ्यो भन्ने हो । तर लेखक नै ठगिनुपर्ने स्थिति छ ।

    बरु हामी आफैले कसरी हुन्छ, सङ्घर्ष गर्नुपर्ने हुन्छ । आफ्नो बौद्धिक सम्पत्तिबाट आफैले फाइदा उठाउने प्रयासमा लाग्नुपर्छ; र, हाम्रो लेखन भनेको मिसन लेखन हो । हामी आम श्रमजीवी वर्गलाई सचेत र शिक्षित बनाउनतिर लाग्नुपर्छ । हाम्रो स्तर प्रकाशनको बजारमा बिक्नेभन्दा पनि जनमनमा छाउने हो भन्ने सम्झेर त्यहीअनुसार आफ्नो कला र गलालाई परिस्कार गर्दै जानुपर्छ । आफ्नो स्तर बुझेर, विचारमा प्रष्ट भएर, बजारको चरित्र बुझेर र आफ्नो वर्गको उत्थान नै आफ्नो उत्थान ठानेर निरन्तर लेखन, प्रकाशन र वितरणमा लाग्ने हो भने ती बजारिया प्रकाशकले पत्याउने लेखक बन्न सकिन्छ । तर बजारिया प्रकाशकले पत्याउने भइयो भने पनि आफ्नो बौद्धिक श्रमको मूल्य नपाउँदासम्म उनीहरूलाई आफ्नो कृति सुम्पनुहुन्न । हामीले कुनै नाम चलेको घरानियाँ प्रकाशनबाट पुस्तक प्रकाशन गर्न सक्दैमा ठुलो ठान्नुहुँदैन ।

    अहिले सामाजिक सञ्जालमा केही चर्का मूल्यको प्रचार पनि भएका छन् । प्रचार हेर्दा यस्तो लाग्छ कि उनीहरूको प्रकाशन नपढे पछि परिन्छ । एउटा पत्रिका थियो, त्यसको शीर्षभागमा ‘नपढे पछि परिन्छ’ भन्ने स्लोगन देखेँ, त्यही दिनदेखि त्यो पत्रिका पढ्न छोडेँ ।

    कुनै मिडियामा प्रचार गरिएको पुस्तक किनेर पढ्न नसक्नु नै हाम्रो असामथ्र्य होइन । ती प्रचारमा ल्याएका पुस्तकले हामीलाई केही दिँदैन । चाउचाउ सहरका सिर्जनालाई जति प्रचार गरेर ल्याए पनि त्यसबाट कुनै शिक्षा लिन वा दिन सकिन्न भने त्यसको अङ्कित मूल्यबाहेक अरू मूल्य रहँदैन । चाउचाउ पनि त मिठो हुन्छ नि ! मिठो भयो भन्दैमा चाउचाउले गुजारा चलाउन सकिन्न । बहुप्रचारित पुस्तकमा केही मसला त अवश्य हुन्छन् नै, तर त्यसले हामीलाई गुमराहमा राख्ने खेल खेलेको हुन्छ । हाम्रो चिन्तनलाई आफूमा केन्द्रित गरेर व्यापार चलाउने र जनताको सङ्घर्षका गााथालाई रद्दीको टोकरीमा फ्याँक्ने विचारको विकास गर्न मद्दत गर्छ ।

    उनीहरूको त्यो प्रचार कसरी पैसा जम्मा गर्ने भन्नेबाहेक केही होइन । पैसा जम्मा गर्नुपरेपछि केही बौद्धिक रोमान्स आउनुलाई ठुलो मान्नु सरासर गलत हो । सस्तो प्रचार भनेको यही हो । त्यो स्तरको लेखक बन्ने ध्याउन्नमा हामीले जस्तो पनि लेख्ने विचार लिनुहुँदैन ।

    सोमबार, मङि्सर ०८, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जनजाति मुक्ति आन्दोलन
    भारतीय विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ
    पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू
    वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका
    उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका
    व्यक्तिगत स्वार्थ

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जुन गाउँले मलाई धेरै दियो

    भर्खरै

    • १.
      हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

    • २.
      नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

    • ३.
      बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

    • ४.
      देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

    • ५.
      भुजमा मूल प्रवाहको नगर समिति गठन

    • ६.
      नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

    • ७.
      गुजरातको मोर्बीमा मूल प्रवाहको नगर समिति गठन

    • ८.
      एमबीएसको प्रश्नपत्र आउट गर्ने दुई जना पक्राउ

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.