• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, असोज ०४, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

सहकारीमा ठगीको जालो पुस्तक विमोचन

दक्षिण फिलिपिन्समा सुरक्षाकर्मीसँगको झडपमा छ जना मारिए

आसियान आर्थिक बैठकमा दिगो वृद्धि र नवप्रवर्तनलाई प्राथमिकता

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ४. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ५. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ६. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ७. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ८. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

  • ९. सर्वदलीय बैठक जारी

  • १०. बाढीपीडितका लागि राहत सङ्कलन गर्दै लुधियानामा तिजी कार्यक्रम

नयाँ फूल हौ तिमी


  •   शनिबार, मङि्सर ०६, २०७७ मा प्रकाशित
  • जगतप्रसाद रेग्मी

    Advertisement

    बाबा मत नयाँ फूल हुँ
    भर्खर फर्कदै छु कोपिला बनेर
    दिनको बिहानी त सुन्दर हुन्छ नि है
    सबैले जोस, उत्साह, हिम्मत बोकेर
    उषाको लाली बोक्दै हिड्ने गर्छन्
    बाबा मलाई नि त्यहीँ गर्न मन छ
    यो ब्रह्माण्डलाई नियाँलेर
    अनेक कौतुहलता छिचोल्दै
    हिजोअस्ति देखेका पुर्खाका सपना
    धोको बोकेर उठेको छु
    बिहानीको सुन्दर किरण
    क्रान्तिबिजबाट निर्मित
    यो बालापन
    जहिले पनि खोजिरहन्छ
    नयाँ नयाँ सुन्दर सपना
    जता पनि अन्धकार
    अनि, विवशतामा बाँचेका मेरा कलिला कोष
    टक्क रोकिन्छ
    दुबोमा तैरिएको शितको थोपा
    खालि खुट्टा भारीको बोझमा
    हेर्छु देख्छु, अनि सम्झिन्छु
    यो मेरो बिहानीलाई
    किन दमन ?
    किन अन्याय ?
    किन भारी ?
    बल्ल बुझे यो त
    साहुमाहजनको
    जमिनदार, अनि जालीफटाह
    शोषणबाट पक्षपोषण रहेछ
    यो चलन, यो रीतिथिती
    यो शासन, यो व्यवस्था ।

    मैले फेरि सोधेँ–
    बाबा म त नयाँ फुल हुँ
    मेरो र मेरा मजस्तै साथीको
    के गल्ती ?
    के जन्म लिनु अपराध हो
    के यो सुन्दर बगैँचामा
    नयाँ फूल फुल्न नपाउने हो ?
    के यो संसारमा उम्रिदा
    पन्छी बनेर नाच्न नपाउने हो ?
    हो भने बाबा भन्नू न
    तल्लो घरको शेरे किन स्कुल जान नपा’को ?
    अनि, पारिको रमितालाई मर्नु किनपर्यो ?
    घरपरको छाप्रो कुर्दा छाउपडीको नाममा
    किन हर्के बाको अस्पतालमा उपचार भएन ?
    अनि हाम्रो दाइ किन पराइको
    गोठालो हुनुपरेको ?

    बाबा तपाईलाई थाहा छ
    जिम्मुवाल, अनि मुखियाको बुहारीले
    माथि बिर्खेको आमालाई त मलमूत्र खुवाएछन नि !
    के बिर्खेको बा मरेको भएर हो ?

    अझ बाबा सुन्नुहुन्छ ?
    तल पानीको धारो
    वीरेले छोयो भनेर रक्ताम्य बनाएछन्
    बाबा भन्नू त
    शेरे, रमिला, हर्के, मेरो दाइ बिर्खेको आमा
    वीरे को हुन बाबा भन्नू त ?

    छोरी,
    यो सबै विवशता व्यवस्थाको हो
    यहाँ गरिब–धनीमा खाडल छ
    यहाँ उच र निचको भुमरी छ
    रीतिथितीको नाममा
    कष्टकर जीवन जिउन बाध्य छन् यहाँ
    त्यसैले त भन्दै छु छोरी
    तिमी बिहानी लाली हो
    सबैलाई प्रकाश दिन सक्छौ
    तिमीमा हिम्मतको खाँचो छ
    शेरे, वीरे, रमिता तयार छन्
    सहन, मनन, अनि लालच
    कदापि मान्ने छैनन्
    त्यसैले छोरी तिमी नयाँ फूल हौ
    तिमीले बुझ्नपर्छ ।

    हो बाबा म नयाँ फूल हो
    अब म सङ्कल्प गर्छु
    जरैदेखि उखेल्ने छु
    सबै खाले अन्याय
    शोषण, अनि दमन
    बिहानी लाली झुल्किने छु
    नयाँ दिन आउने छ
    किनकि
    म नयाँ फूल हुँ
    नौलो समाज जनता व्यवस्था
    मुक्तिको बाटो
    म हिँड्ने छु
    किनकि म नयाँ फुल हुँ ।

    शनिबार, मङि्सर ०६, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ‘अग्निस्पन्दन’ कवितासङ्ग्रहको शल्यक्रिया
    आदर्शको पहाड
    रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न
    वीरेन्द्रभक्त श्रेष्ठले पाँचौँपटक जिब्रो छेड्ने
    लघुकथा : प्रकृति
    गजल

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ४.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    • ५.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ६.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    भर्खरै

    • १.
      ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

    • २.
      हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

    • ३.
      रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

    • ४.
      ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

    • ५.
      इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    • ७.
      सहकारीमा ठगीको जालो पुस्तक विमोचन

    • ८.
      दक्षिण फिलिपिन्समा सुरक्षाकर्मीसँगको झडपमा छ जना मारिए

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.