• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, असोज ०५, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

सहकारीमा ठगीको जालो पुस्तक विमोचन

दक्षिण फिलिपिन्समा सुरक्षाकर्मीसँगको झडपमा छ जना मारिए

आसियान आर्थिक बैठकमा दिगो वृद्धि र नवप्रवर्तनलाई प्राथमिकता

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ४. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ५. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ६. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ७. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ८. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

  • ९. सर्वदलीय बैठक जारी

  • १०. बाढीपीडितका लागि राहत सङ्कलन गर्दै लुधियानामा तिजी कार्यक्रम

घुस दिनु अपराध हो भन्ने जान्दाजान्दै पनि…..


  •   बिहिबार, मङि्सर ०४, २०७७ मा प्रकाशित
  • कृष्ण अधिकारी ।।
    गत महिनाको अन्तिम हप्ता म निकै तनावमा रहेँ । मैले भाइको जग्गासम्बन्धी कामको टुङ्गो लगाउनु थियो । गत चैत्र ४ गते २०७७ वैशाख २० गतेभित्र जग्गा पास दिने गरी भाइको जग्गाको दुई लाख बैना रकम मैले बुझेको थिएँ । तर चैत्र ११ गतेबाट कोभिड–१९ का कारण नेपालमा पनि लकडाउन भयो । भाइ वैदेशिक रोजगारीमा भारतको चेन्नैमा रहेकाले भनेको मितिमा जग्गा पास दिन आउन सक्ने कुरै भएन । समय बित्दै गयो । अन्ततः दसैँपछि १५–२० दिनको छुट्टी मिलाएर प्लेनबाट गोरखपुर हुँदै नेपाल आए । पास दिने जग्गाको कागजपत्र दुरुस्त पार्ने क्रममा यो जग्गा जग्गावालको भाइलाई २०७२ सालमा एउटा सहकारीबाट ऋण लिँदा मालमा धितो राखेर ऋण लिइएको रहेछ । ऋण तिरिसकेको भए पनि मालपोतमा फुकुवा नगरेको बुझियो । सहकारीमा जग्गा फुकुवाको कागज गराउन जाँदा मालपोतले सहकारीलाई जग्गा रोक्का गरेर पठाएको जानकारी पत्र सहकारीमा भेटिएन । ऋण तिर्ने भाइले ऋण तिरेपछि आफैले लिएर गएको हो वा सहकारीको लापर्वाहीले हरायो ? यी कुरा लाहुरे भाइलाई थाहा हुने कुरा भएन । मैले रोक्का रहेको मिति र मालपोतको चलानी नम्बर नजनाई जबर्जस्ती सहकारीको पत्र बनाए; र, जग्गा पास दिने गरी तराईको कुनै जिल्लाको मालपोत कार्यालयमा गयौँ ।

    Advertisement

    कोरोना महामारीका कारण तराईका केही मालपोत कार्यालयहरूले भिड बढी नहोस् भनेर नगरपालिका र गाउँपालिका छुट्याएर मालपोत कार्यालयमा जग्गा पास हुने पालो छुट्याएका रहेछन् । हामी सम्बन्धित नगरपालिकाको पालो आइतबार परेकाले त्यही बार हामी मालपोत कार्यालयमा पुग्यौँ । सम्बन्धित कार्यालयका मालपोत अधिकृत र ३–४ जना अन्य कर्मचारीलाई पनि कोरोना पुष्टि भएकाले सीमित कर्मचारीबाट यहाँ काम गर्दा त्यसै ढिला त हुने नै भयो, बिहान १० बजे हामी मालपोत पुग्दा सयाँैको भिड जम्मा भइसकेको थियो ।

    लेखनदासलाई कागजपत्र भिडाएर राजीनामाको कागज तयार पारेर मोठ भिडाउने ठाउँमा समयमै पुगियो । मोठ भिडाउनुपूर्व जग्गा फुकुवा गर्नुपर्ने भएकाले सहकारीको प्रतिनिधिलाई फुकुवा कागज दिएर फुकुवा गराउने प्रक्रियाबारे सोधेँ । उनले जग्गा रोक्काको मालपोतले चलानी नम्बरसहितको जग्गा रोक्काको मालपोतको सहकारीलाई दिएको चलानी नम्बरसहितको रोक्कामितिको उल्लेख नभई कर्मचारीले फुकुवाको तोक नलगाइदिने बताए । उक्त तथ्य पत्ता लगाउन मोठको कम्प्युटर शाखामै जानुपर्ने सुझाव दिए ।

    अब आज यो जग्गा पास नहुने निश्चित नै देखियो । त्यही पनि भिडभाडलाई छिचोल्दै मोठ भिङाउने ठाउँमा पुगेँ । निकै बेरपछि यहाँ कर्मचारी आइपुग्यो र अनुनय–विनय गरेर रोक्कामिति र सहकारीलाई पठाएको पत्रको चलानी नम्बरको तथ्याङ्क फेला पारेँ । (विदेशमा रहने मित्रहरूले आफूसँग जग्गा वा घरको पुर्जा छ भनेर कसै आफन्तलाई लालपुर्जा धितो राखेर ऋण दिलाउने कार्य सकभर नगर्न सुझाव छ) ।

    एक घण्टाभित्र पुनः सहकारीको अर्काे चलानी नम्बर र मिति उल्लेख गरेको पत्र गराएर लिएर आउन सकिन्थ्यो । तर मालपोतका झञ्झटिला एउटा झ्यालबाट अर्काे झ्यालमा लगाउनुपर्ने लाइनको भिड, मालपोतका कर्मचारीको सेवाग्रहीमैत्रि व्यवहार नभएको रुखो र झर्काे व्यवहार देख्दै मलाई वाक्क लाग्यो । हरेस खाएँ । गुनासो गरौँ भने मालको हाकिम पनि छैन । सबै स्थिति बुझ्दा अझै ३–४ हप्तामा पनि काम होलाजस्तो छाँटकाँट पाइनँ ।

    आज हाम्रोतर्फबाट जग्गा दिनु थियो र अर्काेबाट जग्गा लिनु पनि थियो । हामीले लिनुपर्नेवालाको वार्ड कार्यालयले घरबाटो सिफारिसको कागज बनाइनसकेकाले धन्न उनी आज आएनन् । हाम्रो यो जग्गा पास नगरी उनको जग्गा पास गर्ने हामीसँग पैसा पनि थिएन । त्यसैले उनी नआएको ठिकै भयो । हामी मालपोतबाट कामै नबनी फर्कियौँ ।

    अर्काे आइतबार तिहार बिदा छ । झन् अर्काे आइतवार मङ्सिर ७ गते परेको छ । मालपोतको यो रवैयाले मङ्सिर ७ मा पनि काम हुने निश्चित देखिएन । १५–२० दिनको छुट्टीमा सबै काम सिद्धाउने गरी आएका परदेशी भाइलाई यो प्रक्रियाको कुनै हेक्का छैन । उनी हाम्रो विश्वासमा छिटै काम हुने आशामा छन् । म भने यस्तै हो भने महिनादिनमा पनि जग्गा दिने र लिने काम हुने देखिनँ ।

    यहाँको सबै प्रक्रिया देखेपछि अब हप्तौँ धाउनुभन्दा घुस खुवाउने माध्यमबाट काम गराउनुपर्ने ठहरमा पुगेँ । त्यो दिन मालपोतबाट फर्केर आएपछि जोसँगबाट मैले भाइलाई जग्गा लिइदिदै थिएँ, ऊ जग्गाको कारोबारी मित्र पनि भएकाले उसलाई मालपोतको सबै चित्र बताएँ; र, छिटो पैसा खुवाएर भए पनि पास गर्न सक्ने उपाए खोज्न लगाएँ ।

    ती मित्र भोलि पल्ट मालपोत कार्यालय पुगेँ । उनले एउटा पासको ५ हजार घुस दिएर पास गर्न सकिने माध्यम तयार पारे । घुसको सेटिङ मिलेपछि हाम्रो जग्गा ठाडोरोक्का (राजीनामा रोक्का र ठाडोरोक्का भन्ने हुने रहेछ) भएकाले रातारात हाकिमको तोकआदेशमा फुकुवा भयो; र, हाम्रो पालो आइतबार मात्र पर्ने भए पनि सेटिङ मिलेपछि मङ्गलबार गएर मालमा जग्गा दिने र लिने गरी दुवै काम सजिलै पास भए ।

    हामीले लिएको जग्गामा कित्ता मिलान गर्ने गरी अर्काे कित्ताबाट पुनः दुई हात थप्नुथियो । त्यही विधिबाट अर्काे दिन त्यो काम पनि पूरा भयो ।

    तीन वटा पासको १५ हजार रुपियाँ तिरेको मलाई कुनै पछुतो भएन, बरु यो काम हुन सकेकोमा सम्बन्धितलाई धन्यवाद नै भनेँ । किनकि परदेशी भाइको समयमा काम भयो; र, ऊ अहिले आफ्नो ड्युटीमा पनि फर्किसक्यो । तर मलाई पश्चताप यो मानेमा छ कि हाम्रो सरकारी कार्यपद्धतिले प्रक्रियागत ढङ्गले काम नहुँदा हजाराँै सेवाग्राहीहरूले सरकारी काममा कति सास्ती बेहोर्दै आएका होलान् ? हामीले यस खालको पद्धतिलाई कसरी रोक्न सकिन्छ ? गम्भीर चिन्ताको विषय हो ।

    घुस दिनु र लिनु दुवै अपराध हो । म सचेत नागरिक हुँ । जान्दाजान्दै मैले यो अपराध गरेँ । मलाई सरकारी काम गर्ने कार्यपद्धतिले त्यस दिशामा उद्यत बनायो । मजस्तै हजारौँलाखौँ सेवाग्राही उद्यत छन्, जसले भ्रष्टाचारलाई समाजको एकाइदेखि स्थापित गर्दै लगेको छ । हामीले यसलाई रोक्नुपर्छ ।

    बिहिबार, मङि्सर ०४, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नेपाली राजनीति र नियति
    धर्मप्रति मजदुरको धारणा
    राष्ट्रिय सार्वभौमिकतासामु अमेरिकी हस्तक्षेप बढ्दो
    दाङबाङ : पहिचान, भूगोल र सम्भावना
    रसुवाबाढीसम्बन्धी २९ तथ्यको निष्कर्ष : ‘ग्लोबल वार्मिङ’ नियन्त्रण गरौँ
    हरेक चुनौतीको सामना गर्दै निरन्तर अगाडि बढ्नेछौँ

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ४.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    • ५.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ६.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    भर्खरै

    • १.
      ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

    • २.
      हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

    • ३.
      रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

    • ४.
      ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

    • ५.
      इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    • ७.
      सहकारीमा ठगीको जालो पुस्तक विमोचन

    • ८.
      दक्षिण फिलिपिन्समा सुरक्षाकर्मीसँगको झडपमा छ जना मारिए

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.