• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
मङ्गलबार, कार्तिक १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

लुटिएका नेपाली युवकलाई मूल प्रवाहले उद्धार गरी स्वदेश पठायो

सुरक्षा परिषद् सुधारमा भारतको जोड

जापानी पूर्व अभियोजकविरुद्ध बलात्कार मुद्दा पुनः सुरु

अमेरिकी मध्यावधि निर्वाचनमा १२ अर्ब डलर खर्च हुने अनुमान

सुडानमा ड्रोन हमलामा २१ जनाको मृत्यु, ४० घाइते

जोर्डनको आक्रमणमा सिरियामा सात जनाको मृत्यु

अर्नब चक्रवातबाट नेपालमा वर्षाभन्दा हिमपात बढी हुने अनुमान

भोटेकोशी बाढीबाट ७९ अर्बको क्षति, ३० प्रतिशत भूमिहीन बन्ने जोखिम

खराब मौसमका कारण श्रीलङ्काका सबै विद्यालय बन्द

लोकप्रिय समाचार

  • १. श्रीगंगानगरमा दुई नेपालीमाथि प्राणघातक हमला, आरोपी फरार

  • २. भारत पुगेर ‘मुनरो डक्ट्रिन’ वाला मन्त्री वाग्लेले दिए कम्युनिस्ट विरोधी अभिव्यक्ति

  • ३. देविराम आचार्यप्रति मसालको श्रद्धाञ्जली

  • ४. नेपालमा विदेशी चलखेलबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘रस खाने को छ को छ, लर्खराउने गाइने !’

  • ५. स्वर्णिम वाग्लेको दिल्ली अभिव्यक्तिमाथि मनोज भट्टको आपत्ति : ‘नेपाली राष्ट्रियतामाथिको अवमूल्यन’

  • ६. ससुरालीमा टीका लगाउन कुरिरहेका थिए, यता बाबुछोरा सदाका लागि अस्ताए

  • ७. दिमाग, तँ कहाँ गा’को थिइस्

  • ८. अर्घामा राजमोको विशाल सभा सोमबार, अध्यक्ष केसीले सम्बोधन गर्दै

  • ९. प्राकृतिक र राजनीतिक प्रतिकूलतामाझ मनाइँदै चाडपर्व

  • १०. रङ्गीन फूलको एउटै माला बनाऔँ

६१ हजार नागरिक स्वास्थ्य बीमामा आबद्ध


  •   आइतबार, कार्तिक ३०, २०७७ मा प्रकाशित
  • गलकोट । नेपाल सरकारद्वारा लागू गरिएको सामाजिक स्वास्थ्य सुरक्षा कार्यक्रमअन्तर्गत बागलुङमा ६१ हजारभन्दा बढी नागरिक स्वास्थ्य बीमामा आबद्ध भएका छन् । बागलुङमा विसं २०७३ असारदेखि शुरुआत भएको स्वास्थ्य बीमा कार्यक्रममा हालसम्म ६१ हजार ६६३ जना स्वास्थ्य बीमामा आबद्ध भएको स्वस्थ्य बीमा बोर्र्ड कार्यालय बागलुङका दर्ता अधिकारी नारायण शर्माले जानकारी दिनुभयोे ।

    Advertisement

    कोरोना कहरका बीच पनि स्वास्थ्य बीमा कार्यक्रम प्रभावकारी बन्दै गएको छ । कोरोनाका कारण शुरुको अवस्थामा नागरिकहरु उपचार तथा औषधि लिन अस्पताल तथा स्वाथ्यचौकी नआए पनि पछिल्लो समय सेवा लिने क्रम केही बढ्न थालेको छ । शर्माका अनुसार जिल्लाका १० स्थानीय तहमध्ये बागलुङ नगरपालिकामा बीमा गर्नेको सङ्ख्या सबैभन्दा बढी रहेको जानकारी दिनुभयो ।

    कोरोनाका कारण मानिसको स्वास्थ्यप्रतिको चासोसमेत बढ्दै गएका कारण स्वास्थ्य बीमामा आबद्ध हुने नागरिकको सङ्ख्या बढ्ने स्वास्थ्य बीमा बोर्डको अपेक्षा रहेको छ । सत्तरी हजारभन्दा बढी स्वास्थ्य बीमामा आबद्ध भइसक्नुपर्ने अवस्थामा कोरोनाका कारण घरघरमा स्वास्थ्य बीमा गराउन जान समस्या भएपछि लक्ष्यअनुसार बीमा गर्नेको सङ्ख्या बढाउन नसकेको शर्माको भनाइ छ ।

    ‘शुरुको अवस्थाभन्दा धेरै नै सहज भइसकेको छ, अहिले स्वास्थ्य बीमाका विषयमा धेरैले बुझ्न थालेका छन्’, दर्ता अधिकारी शर्माले भन्नुभयो, ‘कोरोनाका बिरामीलाई समेत उपचारको व्यवस्था गर्ने गरी कार्ययोजना बढाइएको छ ।’ सरकारले स्वास्थ्यमा सबै नागरिकको समान पहँुच पुगोस् भन्ने हेतुका साथ अगाडि सारेको स्वास्थ्य बीमा कार्यक्रमले जिल्लामा आर्थिकरूपमा विपन्न र गरिब समुदायका बिरामीले औषधोपचारमा ठूलो राहत महसुस गर्न थालेका छन् ।

    कमै मात्रमा स्वास्थ्य उपचारका लागि बागलुङ जिल्लामा रहेको धवलागिरि अस्पतालमा आउने बिरामी स्वस्थ्य बीमा कार्यक्रम लागू भएपछि उपचारमा आउनेको सङ्ख्यामा तेब्बरले वृद्धि भएको भए पनि पछिल्लो समय कोरोनाका कारण ह्रास आएको धवलागिरि अस्पतालका सूचना अधिकारी तीर्थ गौतमले बताउनुभयो । ‘कोरोनाले शुरुको अवस्थामा केही सहजीकरण गर्यो, अभिभावकको औषधि परिवारका सदस्यलाई समेत दियौँ’, गौतमले भन्नुभयो, ‘अहिले सहज भइसकेको छ, फार्मेसी र ओपिडी कोरोनाभन्दा फरक स्थानमा भएकाले अस्पतालमा आउने बिरामी आइरहेका छन् ।’

    बीमितले धवलागिरि अस्पतालको फार्मेसीमार्फत निःशुल्क औषधिसमेत पाउँदा बीमाप्रतिको आकर्षण बढेको हो । पाँच जनासम्मको परिवारका सदस्यले वार्षिक रु तीन हजार ५०० तिर्नुपर्ने र पाँचभन्दा बढी परिवारका सदस्य भएको हकमा प्रतिसदस्य रु ७०० का दरले शुल्क बुझाई बीमा गरेपछि एक वर्षका लागि बीमा गरेका परिवारका सदस्यले वार्षिकरूपमा रु एक लाखसम्म उपचार खर्च निःशुल्क हुने नीति छ ।

    जिल्लामा शुरुआत भएको स्वास्थ्य बीमामा सबै वर्ग बीमामा आबद्ध भएका छन् । बीमा गरेपछि निजी क्लिनिक जाने बिरामी सरकारी अस्पताल, स्वास्थ्यचौकी जाने प्रचलनसमेत बढेको छ । स्वास्थ्य बीमा कार्यक्रम लागू हुँदासाथ आम सर्वसाधारण जनता अनभिज्ञ भए पनि हाल आएर बीमा गराउन फोन गरेरै बोलाउने गरेको दर्ता सहयोगी सरिता शर्माले बताउनुभयो ।

    बीमा रकम तिर्न नसक्ने अति गरिब तथा ७० वर्ष नाघेका वृद्धवृद्धालाई सरकारले नै बीमा रकमवापतको शुल्क तिरिदिने व्यवस्था गरेपछि वृद्धवृद्धा निकै आकर्षित भएका छन् । सामाजिक स्वास्थ्य सुरक्षा कार्यक्रमअन्तर्गत बीमा गर्ने कुनै पनि व्यक्तिले तोकिएको कुनै पनि सरकारी अस्पतालबाट ओपिडी सेवा, इमर्जेन्सी, ल्याब उपचार, सामान्य शल्यक्रियालगायतका उपचार प्राप्त गर्न सक्नेछन् । त्यस्तै सरकारले तोकेको झण्डै ४८० प्रकारका निःशुल्क औषधि प्राप्त गर्न सक्नेछन् ।

    स्वास्थ्य बीमाका लागि बागलुङ जिल्लाका ७० जना दर्ता सहयोगीले घरघरमा पुगेर बीमा दर्ता गर्दै आएका छन् । सबै नागरिकलाई बीमामा आबद्ध गर्ने गरी आफ्नो वडामा सचेतनामूलक कार्यक्रमसँगै आफू घरदैलो कार्यक्रममा समेत हिँड्ने गरेको बागलुङ–४ का वडाध्यक्ष धु्रव केसीले जानकारी दिनुभयो ।(रासस)

    आइतबार, कार्तिक ३०, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    लुटिएका नेपाली युवकलाई मूल प्रवाहले उद्धार गरी स्वदेश पठायो
    सुरक्षा परिषद् सुधारमा भारतको जोड
    जापानी पूर्व अभियोजकविरुद्ध बलात्कार मुद्दा पुनः सुरु
    अमेरिकी मध्यावधि निर्वाचनमा १२ अर्ब डलर खर्च हुने अनुमान
    सुडानमा ड्रोन हमलामा २१ जनाको मृत्यु, ४० घाइते
    जोर्डनको आक्रमणमा सिरियामा सात जनाको मृत्यु

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      श्रीगंगानगरमा दुई नेपालीमाथि प्राणघातक हमला, आरोपी फरार

    • २.
      भारत पुगेर ‘मुनरो डक्ट्रिन’ वाला मन्त्री वाग्लेले दिए कम्युनिस्ट विरोधी अभिव्यक्ति

    • ३.
      देविराम आचार्यप्रति मसालको श्रद्धाञ्जली

    • ४.
      नेपालमा विदेशी चलखेलबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘रस खाने को छ को छ, लर्खराउने गाइने !’

    • ५.
      स्वर्णिम वाग्लेको दिल्ली अभिव्यक्तिमाथि मनोज भट्टको आपत्ति : ‘नेपाली राष्ट्रियतामाथिको अवमूल्यन’

    • ६.
      ससुरालीमा टीका लगाउन कुरिरहेका थिए, यता बाबुछोरा सदाका लागि अस्ताए

    भर्खरै

    • १.
      लुटिएका नेपाली युवकलाई मूल प्रवाहले उद्धार गरी स्वदेश पठायो

    • २.
      सुरक्षा परिषद् सुधारमा भारतको जोड

    • ३.
      जापानी पूर्व अभियोजकविरुद्ध बलात्कार मुद्दा पुनः सुरु

    • ४.
      अमेरिकी मध्यावधि निर्वाचनमा १२ अर्ब डलर खर्च हुने अनुमान

    • ५.
      सुडानमा ड्रोन हमलामा २१ जनाको मृत्यु, ४० घाइते

    • ६.
      जोर्डनको आक्रमणमा सिरियामा सात जनाको मृत्यु

    • ७.
      अर्नब चक्रवातबाट नेपालमा वर्षाभन्दा हिमपात बढी हुने अनुमान

    • ८.
      भोटेकोशी बाढीबाट ७९ अर्बको क्षति, ३० प्रतिशत भूमिहीन बन्ने जोखिम

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.