वर्गीय रचनाले आनन्द आउँछ मलाई
नाफा मुखिले त भन्छन् के पाउँछ मलाई
Advertisement
मानव समाजको सेवा गर्नु मानवता हो
आखिर यथार्थ भावले जगाउँछ मलाई
भन्नेले जेसुकै भनुन् फरक पर्दैन म मा
किन कि निमुखा वस्तीले धाउँछ मलाई
शोषण गर्नेहरुको वस्ती भन्दा धेरै अघि
श्रमिकको वस्ती विश्वास लाउँछ मलाई
देशको हित गरी खानेको हित गर्नु पर्छ
मुक्तिको सन्देश देशमा पठाउँछ मलाई
राम गैरे पाल्पाली

