• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, असोज ०५, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी

साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी

लागुपदार्थसहित दम्पती पक्राउ

प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम करिब १५ अर्ब पुग्यो

राष्ट्रियता जोगाउन वामपन्थी एकता आवश्यकः खनाल

नेपालगञ्जमा बाँदरको टोकाइबाट पछिल्लो डेढ महिनामा ४० जना घाइते

कोशी प्रदेशमा डेंगुको संक्रमण उच्च, झापा सबैभन्दा जोखिममा

एसियाली खेलकुद : उसुकी सुम्मिता तेह्रौँ स्थानमा

ढाकावाङ्ग–रुपन्देही सम्पर्क समाजको दोस्रो अधिवेशन सम्पन्न

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ४. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ५. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ६. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ७. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ८. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

  • ९. सर्वदलीय बैठक जारी

  • १०. बाढीपीडितका लागि राहत सङ्कलन गर्दै लुधियानामा तिजी कार्यक्रम

विश्वभर कोरोना भाइरसबाट संक्रमितको संख्या पाँच करोड नाघ्यो


  •   सोमबार, कार्तिक २४, २०७७ मा प्रकाशित
  • काठमाडौं । विश्वभर कोरोनाभाइरस संक्रमण पुष्टि हुने व्यक्तिको जम्मा संख्या पाँच करोड नाघेको छ । जोन्स हप्किन्स विश्वविद्यालयको तथ्यांक अनुसार हालसम्म १२ लाख ५० हजारभन्दा बढी मानिसको मृत्यु कोरोनाभाइरससँग सम्बन्धित कारणले भएको छ।

    Advertisement

    धेरै देशमा परीक्षण अपर्याप्त भएकाले सङ्क्रमितको कुल सङ्ख्या योभन्दा धेरै हुनसक्ने ठानिएको छ । रोयटर्स समाचार संस्थाका अनुसार कोरोनाभाइरसको दोस्रो लहरले मात्रै सङ्क्रमित सङख्याको करिब एक चौथाइ समेट्छ।

    यो वर्षको सुरुमा विश्वव्यापी महामारीको पहिलो केन्द्रविन्दु बनेको युरोपमा अहिले सङक्रमितको सङख्या बढ्न थालेको छ। युरोपमा मात्रै एक करोड २५ लाखभन्दा बढी मानिस सङ्क्रमित छन् भने तीन लाख ५७ सय मानिसको मृत्यु भइसकेको छ।

    बाइडनको प्राथमिकता
    अमेरिकामा मात्रै लगभग एक करोड मानिसमा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भइसकेको छ। विगत तीन दिनमा प्रत्येक दिन त्यहाँ एक लाख २५ हजारभन्दा बढी मानिसहरू सङ्क्रमित भएका छन्।

    अमेरिकी राष्ट्रपति निर्वाचित जो बाइडनले विश्वव्यापी महामारी नियन्त्रणका लागि थप आक्रामक कदमहरू चाल्ने वाचा गरेका छन्।

    राष्ट्रपति डोनल्ड ट्रम्पले मास्क लगाउने र सामाजिक दूरी कायम गर्नेजस्ता सार्वजनिक स्वास्थ्यसम्बन्धी नियमहरू नमानेर कोरोनाभाइरसको महामारीको असरलाई बारम्बार कम आकलन गरेका थिए।

    बाइडनले सोमवार कोरोनाभाइरस नियन्त्रणका लागि वैज्ञानिकको एउटा कार्यदल बनाउने र त्यसको नामाकरण गर्ने वाचा गरेका छन्। उनले घर बाहिर हुँदा वा मानिसको नजिक जाँदा मास्क लगाउन भन्ने र थप परीक्षणहरू गर्ने जनाएका छन्।

    अमेरिकाको खाद्य तथा औषधि प्रशासन निकाय एकडीएका पूर्वआयुक्त डा. स्कट गटलिपले महामारी उच्च विन्दुमा पुगेका बेला बाइडनले जिम्मेवारी सम्हाल्ने देखिएको बताएका छन्।

    डा. गटलिपले नयाँ सङक्रमितको दर ज्यानुअरीको अन्त्यदेखि मात्रै घट्ने सम्भावना रहेको अमेरिकी सञ्चारमाध्यमलाई बताएका छन्।

    युरोपको पछिल्लो अवस्था
    आइतवार फ्रान्समा ३८,६१९ नयाँ सङ्क्रमितको सङ्ख्या पुष्टि भएको छ। शनिवार त्यहाँ ८६,८५२ जनालाई सङ्क्रमण पुष्टि भएको थियो। त्यहाँका स्वास्थ्यमन्त्रीले तथ्याङ्क सङ्कलनमा समस्याहरू रहेको र सोमवार त्यसलाई सच्याउन सकिने बताएका छन्।

    फ्रान्समा २७१ नयाँ मृत्यु पुष्टि भएसँगै त्यहाँ मृत्यु हुनेको सङ्ख्या ४०,४३९ पुगेको छ।

    युरोपमा धेरै सङख्यामा मृत्यु देखिएको यूकेमा २०,५७२ नयाँ सङ्क्रमित छन् भने त्यहाँ थप १५६ सहित मृत्यु हुनेको सङ्ख्या ४९,०४४ पुगेको छ।

    पोर्चुगलमा सोमवारबाट देशभरका धेरै ठाउँमा कर्फ्यू लगाउन लागिएको छ।

    स्वीट्जरल्याण्डमा २०० तालिमप्राप्त सैनिकलाई परिचालन गरिँदैछ।

    अस्पतालमा सङ्क्रमित धेरै भर्ना भएपछि सहायताका लागि ती सैनिकलाई चार महिना तालिम दिइएको थियो।

    अल्जेरियामा पनि देशका ४८ क्षेत्रमध्ये २० मा पहिला नै कर्फ्यु लगाइसकिएको छ र त्यहाँ थप नौ स्थानमा कर्फ्यू लगाइँदैछ। बीबीसी

    सोमबार, कार्तिक २४, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी
    साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी
    लागुपदार्थसहित दम्पती पक्राउ
    प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम करिब १५ अर्ब पुग्यो
    राष्ट्रियता जोगाउन वामपन्थी एकता आवश्यकः खनाल
    नेपालगञ्जमा बाँदरको टोकाइबाट पछिल्लो डेढ महिनामा ४० जना घाइते

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ४.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    • ५.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ६.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    भर्खरै

    • १.
      त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी

    • २.
      साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी

    • ३.
      लागुपदार्थसहित दम्पती पक्राउ

    • ४.
      प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम करिब १५ अर्ब पुग्यो

    • ५.
      राष्ट्रियता जोगाउन वामपन्थी एकता आवश्यकः खनाल

    • ६.
      नेपालगञ्जमा बाँदरको टोकाइबाट पछिल्लो डेढ महिनामा ४० जना घाइते

    • ७.
      कोशी प्रदेशमा डेंगुको संक्रमण उच्च, झापा सबैभन्दा जोखिममा

    • ८.
      एसियाली खेलकुद : उसुकी सुम्मिता तेह्रौँ स्थानमा

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.