काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार ८१७ जनामा कोरोना भाइरसको संक्रमित थपिएका छन्। आइतबार स्वास्थ्य मन्त्रालयको प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले देशभरमा थप २ हजार ८१७ जनामा कोरोना पुष्टि भएको बताउनु भयो ।
Advertisement
काठमाडौं उपत्यकामा १५ सय ३३ संक्रमित
काठमाडौं उपत्यकामा थप १ हजार ५३३ जनामा संक्रमित थपिएका छन् । प्रवक्ता गौतमका अनुसार उपत्यकाका तीन जिल्लामा थप १ हजार ५३३ जनामा कोरोना पुष्टि भएको छ । जस अनुसार काठमाडौंमा १ हजार २९४, भक्तपुरमा ७७ र ललितपुरमा १६२ जनामा संक्रमण देखिएको हो ।
त्यस्तै सक्रिय संक्रमितको संख्या देशभरमा ३५ हजार ४१९ रहेको छ । पछिल्लो २४ घण्टामा थप १२ हजार ३११ परीक्षण भएसँगै अहिलेसम्मको परीक्षणको संख्या १५ लाख ४० हजार ७७ पुगेको छ ।

