• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शनिबार, भदौ २७, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

कङ्गोमा इबोला सङ्क्रमितको सङ्ख्या ७ हजार नाघ्यो

सडक दुर्घटनामा शिक्षक सुवेदी घाइते

वृद्धाश्रममा आगलागी हुँदा १६ जनाको मृत्यु

राहत के गर्दैछौ (तिजीगीत)

भालुबाङ अस्पतालमा एनएसआईको पाँच वर्षे कार्यक्रम

एम्बुलेन्स चालक चौधरीलाई बिदाई

प्रधानमन्त्री राहत कोषमा सहयोग बढ्दै, हालसम्म साढे १३ अर्ब मौज्दात

युएईलाई हराउँदै नेपाल एसिया कपमा छनोट

‘स्वतन्त्र’ को अवमूल्यन (तिजगीत)

लोकप्रिय समाचार

  • १. विपत्तिकाे सामना

  • २. शिवराज–३ मा राजमोको वडाभेला, अध्यक्षमा कुर्मी चयन

  • ३. उद्योगमन्त्री यादवले दिइन् राजीनामा

  • ४. स्वास्थ्य सेवा दिने हेलिकप्टर दुर्घटना, पाँच जनाको मृत्यु

  • ५. ४२ वर्षपछि मञ्चमा उभिएको प्रश्न : सन्दर्भ ‘१२ मई’ नाटक

  • ६. १५ दिनदेखि बेपत्ता छोरी नेहाको खोजी गरिदिन बोहरा परिवारको आग्रह

  • ७. बाढीप्रभावित नुवाकोटमा मसालका महामन्त्री सिंहको स्थलगत अनुगमन

  • ८. मोहनविक्रम सिंहको ‘१२ मई’ नाटक मञ्चन (फोटासहित)

  • ९. युगदर्शन साप्ताहिकको आठौँ वर्षप्रवेशप्रति मूल प्रवाहको शुभकामना

  • १०. बिकानेरमा मूल प्रवाहको महिला नगर विभाग पुनर्गठन

अमेरिकी राष्ट्रपतीय निर्वाचन : कस्तो छ, बाइडन र ट्रम्पको अवस्था ?


  •   शुक्रबार, कार्तिक २१, २०७७ मा प्रकाशित
  • काठमाडौं । अमेरिकी राष्ट्रपतीय निर्वाचनमा मतदान सम्पन्न भएको दुई दिन बितिसकेको छ तर अझै पनि यो प्रक्रियाले विजेताको टुङ्गो लगाइसकेको छैन ।

    Advertisement

    एक करोड ६० लाखभन्दा बढी अमेरिकीहरूको मत गन्ने कार्य जारी रहँदा धमिलो चित्र केही स्पष्ट हुन लागेको हो कि जस्तो देखिँदैछ।

    मिशिगन र विस्कन्सिनमा बाइडनको जित हुने प्रक्षेपण गरिएपछि अब अग्रताको लागि देशव्यापी दौड एरिजोना, नेभाडा, जोर्जिआ र पेन्सिल्भेनियामा आएर केन्द्रित भएको छ।

    बाइडनको पक्षमा २५३ इलेक्टरल कलेज मत देखिएको छ भने ट्रम्पको पक्षमा २१४ छ।

    बाइडनले कसरी जित्न सक्छन् ?
    पछिल्लो अवस्थालाई विचार गरेर सोझै भन्नुपर्दा बाइडनले अहिले एरिजोना र नेभाडामा जुन अग्रता पाएका छन् त्यसलाई कायमै राखे पुग्छ।

    त्यसो हुन सकेमा उनले २७० इलेक्टरल मत पुर्याउन सक्छन् जुन ह्वाइट हाउसमा पुग्ने जित हासिल गर्न आवश्यक न्यूनतम मत सङ्ख्या हो।

    बाइडनले एरिजोनामा आफ्नो अग्रतालाई टिकाएर राखेका छन् र त्यहाँ अझै हुलाकबाट पठाइएका केही मतपत्रहरूको गणना हुन बाँकी नै छ।

    नेभाडामा दुई उम्मेदवार बीचको मतको अन्तर केही हजार मतको मात्रै छ।

    त्यहाँ मतदाता प्रत्यक्ष उपस्थित भएर दिएका मतको सम्पूर्ण गणना सकिएको छ जुन रिपब्लिकनतर्फ ढल्किएको देखिन्छ तर हुलाकबाट प्राप्त मतपत्रहरू गन्न बाँकी छ जुन डेमोक्र्याटको पक्षमा जान सक्ने देखिन्छ।

    यसरी हेर्दा राष्ट्रपति पद तर्फको यात्रामा बाइडनको अगाडि रहेका अवरोध केही थोरै देखिन्छ।

    ट्रम्पको जित कसरी हुन सक्छ ?
    बाइडनको लागि जस्तै ट्रम्पले पनि उनले हाल अग्रता लिइरहेका बाँकीका महत्त्वपूर्ण राज्यहरूमा त्यसलाई कायमै राख्नु पर्छ।

    त्यो भनेको पेन्सिल्भेनिया र जोर्जिआ हो। त्योसँगै रिपब्लिकनहरूले माथि बाइडनको सन्दर्भमा उल्लेख गरिएका कम्तीमा एउटा राज्यमा उनको अग्रतालाई परास्त गर्न सक्नुपर्छ।

    नेभाडामा प्रतिस्पर्धा एकदम निकटको देखिन्छ।

    उक्त राज्यको नतिजा ट्रम्पको पक्षमा जान ठूलो उथलपुथलको आवश्यकता नपर्न पनि सक्छ।

    यदि त्यहाँ निर्वाचनको दिनको छाप लागेको तर ढिलो गरी हुलाकबाट प्राप्त मतपत्रहरू हाल अनुमान भैरहेको जस्तो डेमोक्र्याटहरूको साटो रिपब्लिकन वा ट्रम्प समर्थक स्वतन्त्र उम्मेदवारहरूको पक्षमा परेको देखिएमा राष्ट्रपति को बन्ला भन्ने परिदृश्य एकदमै उज्यालो बन्न सक्छ।

    एरिजोनामा पनि ट्रम्पको पक्षमा जित हुन सक्ने सम्भावना रहेको देखिन्छ। नेभाडामा जस्तै त्यहाँ पनि हुलाकबाट आएका मतपत्रहरूको सूचीकरण गर्न बाँकी छ।

    नेभाडाको दाँजोमा एरिजोना बाइडनको अग्रता ठूलो छ तर त्यहाँ ठूलै उथलपुथल नहोला भन्न सकिन्न। बीबीसी

    शुक्रबार, कार्तिक २१, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कङ्गोमा इबोला सङ्क्रमितको सङ्ख्या ७ हजार नाघ्यो
    सडक दुर्घटनामा शिक्षक सुवेदी घाइते
    वृद्धाश्रममा आगलागी हुँदा १६ जनाको मृत्यु
    भालुबाङ अस्पतालमा एनएसआईको पाँच वर्षे कार्यक्रम
    एम्बुलेन्स चालक चौधरीलाई बिदाई
    प्रधानमन्त्री राहत कोषमा सहयोग बढ्दै, हालसम्म साढे १३ अर्ब मौज्दात

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      विपत्तिकाे सामना

    • २.
      शिवराज–३ मा राजमोको वडाभेला, अध्यक्षमा कुर्मी चयन

    • ३.
      उद्योगमन्त्री यादवले दिइन् राजीनामा

    • ४.
      स्वास्थ्य सेवा दिने हेलिकप्टर दुर्घटना, पाँच जनाको मृत्यु

    • ५.
      ४२ वर्षपछि मञ्चमा उभिएको प्रश्न : सन्दर्भ ‘१२ मई’ नाटक

    • ६.
      १५ दिनदेखि बेपत्ता छोरी नेहाको खोजी गरिदिन बोहरा परिवारको आग्रह

    भर्खरै

    • १.
      कङ्गोमा इबोला सङ्क्रमितको सङ्ख्या ७ हजार नाघ्यो

    • २.
      सडक दुर्घटनामा शिक्षक सुवेदी घाइते

    • ३.
      वृद्धाश्रममा आगलागी हुँदा १६ जनाको मृत्यु

    • ४.
      राहत के गर्दैछौ (तिजीगीत)

    • ५.
      भालुबाङ अस्पतालमा एनएसआईको पाँच वर्षे कार्यक्रम

    • ६.
      एम्बुलेन्स चालक चौधरीलाई बिदाई

    • ७.
      प्रधानमन्त्री राहत कोषमा सहयोग बढ्दै, हालसम्म साढे १३ अर्ब मौज्दात

    • ८.
      युएईलाई हराउँदै नेपाल एसिया कपमा छनोट

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.