• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
बुधबार, असोज ०७, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

एल निनो र युद्धले श्रीलङ्काको अर्थतन्त्रमा जोखिम

श्रीलङ्का विस्फोटमा १५ जना दोषी ठहर

अमेरिका–इरान वार्तापछि तेलको मूल्य घट्यो

एआईका सम्भावित जोखिम व्यवस्थापनका लागि विश्वव्यापी सहकार्यमा जोड : गुटेरेस

ट्रम्पको धम्कीबीच अमेरिका–इरान अधिकारीबीच वार्ता

ट्रम्पद्वारा अमेरिका–इरान संवादलाई प्राथमिकता, शान्तिपूर्ण समाधानको प्रयास

फेसबुक र इन्स्टाग्राममा ठगीविरुद्ध मेटाको अभियान, ३७ लाखभन्दा बढीमाथि कारबाही

युग दर्शनलाई शुभकामना

अमेरिका–इरान वार्तापछि तेलको मूल्य घट्यो

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ४. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ५. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ६. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • ७. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

  • ८. रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

  • ९. संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

  • १०. ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

कर्णाली प्रदेशमा ओली पक्षका मन्त्री हटाइँदै


  •   आइतबार, कार्तिक १६, २०७७ मा प्रकाशित
  • काठमाडौं । नेकपाको कर्णाली प्रदेश जारी विवादका कारण केन्द्रमासमेत नेताहरुबीच तिक्तता बढीरहेका बेला कर्णाली प्रदेशको मन्त्रिमण्डल पुनर्गठन हुने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओली निकट मन्त्रीहरुलाई हटाएर मन्त्रिमण्डल गठन गर्न लागिएको स्रोतले जनाएको छ ।

    Advertisement

    पुनर्गठित मन्त्रिमण्डलमा नेकपाका कार्यकारी अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता माधव नेपाल निकटका नेताहरुलाई मात्रै सामेल गर्ने तयारी छ । प्रचण्डनिकट मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले आफूविरुद्ध अविश्वासको प्रस्तावको पक्षमा उभिने ओलीपक्षका मन्त्रीहरुलाई हटाउने तयारी गरेका स्रोतले जनाएको छ ।

    प्रधानमन्त्री ओली पक्षका सामाजिक विकास मन्त्री दल रावल र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री नन्दसिंह बुढालाई राजीनामा मागिएको बताइएको छ । सामाजिक विकास मन्त्री रावलले आफूसँग मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले राजीनामा मागेपछि त्यसको संकेत सामाजिक सञ्जाल मार्फत् दिएका छन् ।

    मन्त्री रावलले लेखेका छन्, ‘कर्णाली प्रदेश सरकारको सामाजिक विकास मन्त्रीको हैसियतले ३२ महिनाको अवधिमा मन्त्रालयलाई नवजात अवस्थाबाट शिशु अवस्थामा पु¥याउन प्रत्यक्ष वा परोक्ष रुपमा सहयोग गर्नुहुने समआदरणीय महानुभावहरुप्रति ऋणी छु ।’ रावलले यो फेसबुक स्टाटस अहिले हटाइसकेका छन् ।

    यद्यपी रावल र बुढाले पदबाट राजीनामा भने नदिने भएका छन् । प्रधानमन्त्री ओलीको सल्लाह अनुसार राजीनामा नदिने, बरु मुख्यमन्त्री शाहीले हटाए हट्ने, तयारी भएको स्रोतले जनाएको छ ।

    मुख्यमन्त्री शाहीविरुद्ध अविश्वासको प्रस्ताव तयार पार्ने पक्षमा उभिएकाले रावल र बुढालाई हटाएर बरिष्ठ नेता माधवकुमार नेपाल पक्षका तीन जनालाई मन्त्री बनाउने तयारी भएको छ । नेपाल समूहले मन्त्रीका लागि चन्द्रबहादुर शाही, करबिर शाही र अमरबहादुर थापाको नाम सिफारिस गरिसकेको छ ।

    त्यसैगरी माओवादीबाट बिन्दमान विष्ट र गोपाल शर्मालाई मन्त्री बनाउने तयारी छ । स्रोतका अनुसार एक जना महिला मन्त्री बन्नेछन् । महिलामा सीता नेपालीको सम्भावना रहेको स्रोतको दाबी छ ।

    मन्त्रिमण्डल पुनर्गठनको विषयमा मुख्यमन्त्री महेन्द्रबहादुर शाही र आर्थिक मामिलामन्त्री प्रकाश ज्वालासहितको समूहबीच छलफल जारी रहेको एक नेताले बताए ।

    प्रधानमन्त्री ओली पक्षका कर्णालीका नेता यमलाल कँडेलको नेतृत्वमा मुख्मयन्त्री शाहीविरुद्ध असोज २५ मा पार्टीको संसदीय दलमा अविश्वास प्रस्ताव दर्ता भएको थियो।

    सुरुमा मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव ल्याउन ओलीपक्षीय समूहलाई साथ दिएका नेपाल पक्षका सात जना सांसदहरुले अविश्वास प्रस्तावबाट नाम फिर्ता लिएपछि शाहीविरुद्धको प्रस्ताव असफल भएको हो ।

    ओली पक्षले आफूविरुद्ध अविश्वास प्रस्ताव ल्याएपछि मुख्यमन्त्री शाहीले प्रमुख सचेतक गुलाबजंग शाहलाई यसअघि नै हटाइसकेका छन्। कर्णाली प्रकरणमा अध्यक्ष प्रचण्ड र नेपाल पक्ष एक ठाउँमा उभिएपछि ओली पक्ष अल्पमतमा परेको छ ।

    आइतबार, कार्तिक १६, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    एल निनो र युद्धले श्रीलङ्काको अर्थतन्त्रमा जोखिम
    श्रीलङ्का विस्फोटमा १५ जना दोषी ठहर
    अमेरिका–इरान वार्तापछि तेलको मूल्य घट्यो
    एआईका सम्भावित जोखिम व्यवस्थापनका लागि विश्वव्यापी सहकार्यमा जोड : गुटेरेस
    ट्रम्पको धम्कीबीच अमेरिका–इरान अधिकारीबीच वार्ता
    ट्रम्पद्वारा अमेरिका–इरान संवादलाई प्राथमिकता, शान्तिपूर्ण समाधानको प्रयास

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ४.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    • ५.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    भर्खरै

    • १.
      एल निनो र युद्धले श्रीलङ्काको अर्थतन्त्रमा जोखिम

    • २.
      श्रीलङ्का विस्फोटमा १५ जना दोषी ठहर

    • ३.
      अमेरिका–इरान वार्तापछि तेलको मूल्य घट्यो

    • ४.
      एआईका सम्भावित जोखिम व्यवस्थापनका लागि विश्वव्यापी सहकार्यमा जोड : गुटेरेस

    • ५.
      ट्रम्पको धम्कीबीच अमेरिका–इरान अधिकारीबीच वार्ता

    • ६.
      ट्रम्पद्वारा अमेरिका–इरान संवादलाई प्राथमिकता, शान्तिपूर्ण समाधानको प्रयास

    • ७.
      फेसबुक र इन्स्टाग्राममा ठगीविरुद्ध मेटाको अभियान, ३७ लाखभन्दा बढीमाथि कारबाही

    • ८.
      युग दर्शनलाई शुभकामना

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.