• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, असोज ०५, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

सहकारीमा ठगीको जालो पुस्तक विमोचन

दक्षिण फिलिपिन्समा सुरक्षाकर्मीसँगको झडपमा छ जना मारिए

आसियान आर्थिक बैठकमा दिगो वृद्धि र नवप्रवर्तनलाई प्राथमिकता

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ४. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ५. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ६. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ७. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ८. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

  • ९. सर्वदलीय बैठक जारी

  • १०. बाढीपीडितका लागि राहत सङ्कलन गर्दै लुधियानामा तिजी कार्यक्रम

धर्म निरपेक्षता (लेसिते) को आन्दोलनमा फ्रान्स


  •   शनिबार, कार्तिक १५, २०७७ मा प्रकाशित
  • समीर सिंह

    Advertisement

    धर्मबाट संविधान प्रभावित हुने कि नहुने ? धर्म, आस्था र विश्वासको कुरा हो कि राजनीति गर्ने साधन ? राज्य, कुनै एउटा धर्मको समर्र्थनमा उभिने या तटस्थ बस्ने ? यस्ता थुप्रै अन्तरविरोधपूर्ण प्रश्नको आधारमा अहिले विश्व ध्रुवीकरण हुँदै गइरहेको अवस्था छ । यस प्रकारको धु्रवीकरणको प्रक्रियामा एकातर्फ धर्म निरपेक्षता तथा अर्कोतर्पm, धर्म सापेक्षताले आआफ्नै प्रकारले भूमिका निर्वाह गरिरहेका छन् ।

    धर्म निरपेक्षताले संविधान धर्मभन्दा माथि हुने मान्यता राख्दछ । धर्मको नाममा राजनीति गर्न नहुने तथा राज्य कुनै धर्मको पक्षमा उभिन नहुने तर्क गर्दछ । अर्कोतर्फ, धर्म सापेक्षताले त्यसको विपरीत धारणा राख्दछ । धर्म सापेक्षताको सिद्धान्तको आधारमा नै नेपालजस्तो मुलुकमा हिन्दु राज्यको कुरा गरिन्छ । यही सिद्धान्तको आधारमा मुस्लिम देशहरूमा इस्लामिक कट्टरवाद तथा धार्मिक फासिवादले प्रश्रय पाइरहेको अवस्था छ । धर्म सापेक्षताकै आधारमा पोपको साम्राज्य बढ्दै गइरहेको अवस्था छ । धर्म सापेक्षताका कारण नै रोहिङ्ग्या मुसलमान लखेटिन्छन् । यी सबै घटनालाई हामीले धार्मिक आतङ्कको रूपमा परिभाषित गर्न सक्दछौँ । धर्म सापेक्षताका कारण नै यस प्रकारका सामाजिक अराजकताको स्थिति उत्पन्न हुने गर्दछ ।

    धर्म सापेक्षतालाई त्याग गर्दै धर्म निरपेक्षतालाई अवलम्बन गरेको एउटा मुलुक हाम्रो देश हो । २०६२–६३ को जनान्दोलनबाट नै त्यस प्रकारको उपलब्धि प्राप्त भएको हो । विश्वस्तरमा पनि धर्म निरपेक्षताको पक्षमा थुप्रै आन्दोलन हुँदै आएका छन् ।

    सन् १५१७ तिर मार्टिन लुथरले क्याथोलिक चर्चको सुधारको पक्षमा बोल्दै धर्म निरपेक्षताको मान्यताको बिजारोपण भएको पाइन्छ । सोह्रौँ शताब्दीतिर प्रोटेस्टेन्ट र रोमन क्याथोलिकबिचको ३० वर्षे धार्मिक युद्धले पनि थुप्रै नकारात्मक अनुभव प्राप्त भयो । यी सबै अनुभवबाट उदारवादका पिता भनेर चिनिने दार्शनिक जान लाक यो निष्कर्षमा पुगे कि राज्यसित धर्म जोडिदा युद्ध झनै चर्किने गर्दछ ।

    धर्म निरपेक्षताका मूल्यमान्यताको विकास हुँदै जाँदा अमेरिकाका पूर्व राष्ट्रपति थोमस जेफरसनले १८०८ मा धर्म निरपेक्षतासम्बन्धी तीन वटा धारणा प्रस्तुत गरे । ती धारणालाई अवलम्बन गर्दै अमेरिकी संविधानमा संशोधन गर्दै कार्यान्वयनतर्फ अगाडि बढे । उनले अगाडि सारेका तीन मान्यता थिए ः १) राज्यबाट धर्म अलग हुनुपर्दछ; २) सबै नागरिक आआफ्नो धर्म मान्न स्वतन्त्र हुनुपर्दछ । तर कसैले आफ्नो धर्मलाई अवलम्बन गर्दा अन्य धर्मलाई चोट पुर्याउँछ भने राज्यले हस्तक्षेप गर्नुपर्दछ; र, ३) धर्मको आधारमा राज्यले भेदभाव गर्नुहुँदैन । यसरी राष्ट्रपति जेफरसनले स्वतन्त्र समाजका लागि चर्च र राज्यबिचको पर्खाल हुनुपर्ने बताए ।

    ब्रिटेनले भारतमा आफ्नो उपनिवेश बिस्तार गर्र्दै जाँदा विभिन्न धार्मिक सम्प्रदायबिच चर्को द्वन्द्वको अवस्था थियो । त्यस प्रकारको धार्मिक द्वन्द्वको उपयोग गर्दै ब्रिटिसहरूलाई आफ्नो साम्राज्य विस्तार गर्न सहज भइरहेको थियो । त्यस प्रकारको चुनौतीपूर्ण अवस्थामा महात्मा गान्धीले ‘सर्व धर्म समभाव’ को नारा दिए । त्यस्तै जवाहरलाल नेहरूले ‘धर्म राज्यसित जोडिने नभएर निजी विषय भएको’ बताए । यसरी त्यो बेलाको चुनौतीपूर्ण परिस्थिति तथा भारतमा स्वतन्त्रताको आन्दोलनलाई सशक्त रूप दिन पनि धर्म निरपेक्षताको विषय अपरिहार्य विषय बन्न गयो ।

    धर्म निरपेक्षतको लागि विश्वस्तरमा चलेका विभिन्न आन्दोलनको सन्दर्भमा गौरवमय इतिहास बोकेको एउटा मुलुक फ्रान्स पनि हो । धर्म निरपेक्षतालाई अझ सशक्त बनाउँदै जाँदा त्यहाँ केही अराजक तत्त्वहरूले इस्लामको नाममा आतङ्क चर्काउँदै गइरेहेको अवस्था छ ।

    गत १६ अक्टोबरका दिन पैगम्बर मोहम्मदको व्यङ्ग्यचित्र देखाएकै कारण १८ वर्षीय मुस्लिम युवकले एक जना शिक्षक सेमुयल पेटीको हत्या गरिदिए । ‘अभिव्यक्तिको स्वतन्त्रता’ को बारेमा पढाउँदै गर्दा साप्ताहिक पत्रिका साली एब्दोमा प्रकाशित मुस्लिम धर्मगुरुको कार्टुन देखाउदा उनीप्रति यस प्रकारको अमानवीय व्यवहार गरियो । त्यसको विरोधमा फ्रान्सभरि नै प्रदर्शन भइरहेको छ ।

    फ्रान्सको एउटा स्कुलको इतिहास विषयको शिक्षकको हत्याको घटना व्यक्तिगत घटना मात्र होइन, धर्म निरपेक्षता र धर्म सापेक्षताबिचको चर्कंदो अन्तरविरोधको परिणाम हो । फ्रान्समा धर्म निरपेक्षताले सशक्त रूप लिँदै जाँदा त्यसको फरक मत राख्नेहरू आक्रोशित हुँदै गइरहेको अवस्था छ । त्यसको परिणामस्वरूप नै यो घटना भयो । अहिले यो घटना राष्टियस्तरको विषय मात्र नभएर अन्तर्राष्टिय स्वरूप ग्रहण गर्दै गइरहेको अवस्था छ ।

    फ्रान्सेली क्रान्तिको समयदेखि नै त्यहाँ धर्म निरपेक्षताको मान्यता विकास हुँदै आएको हो । राजतन्त्रको अन्त र गणतन्त्रको स्थापनासँगै धर्म निरपेक्षतालाई एउटा महत्त्वपूर्ण सिद्धान्तको रूपमा स्वीकार गरिँदै आइएको छ । कुनै समयमा त्यहाँ रोम क्याथोलिक चर्च र पोपको हालीमुहाली हुने गर्दथ्यो । कसैले धर्मको विरोध गर्यो भने सिधै फासी तथा विभिन्न चरम यातना दिइने गरिन्थ्यो । कोपर्निकसजस्ता खगोलशास्त्रीले ‘पृथ्वीले सूर्यको परिक्रमा गर्दछ’ भन्नु ठुलो दार्शनिक क्रान्ति थियो । न्युटनले गुरुत्वाकर्षणको निमय पत्ता लगाउनु, चाल्र्स डार्बिनले जीवविज्ञानको सिद्धान्त पत्ता लगाउनुले त्यहाँको परम्परागत धार्मिक मूल्यमान्यतालाई ठुला चुनौती दियो । आर्थिक क्षेत्रमा भइरहेको परिवर्तन, राजनीतिक अन्तरविरोधलगायतका भौतिक परिस्थितिले पनि मानिसको दार्शनिक चिन्तनमा गुणात्मक परिवर्तन आउँदै गयो ।

    १९०५ मा कानुनबनाएर नै धर्म निरपेक्षताको सिद्धान्तलाई अझ बलियो बनाइएको थियो । लेसिते (धर्म निरपेक्षतालाई फ्रान्समा लेसिते भन्ने गरिन्छ) लाई स्वीकार गर्ने कि इस्लाम कट्टरवादलाई मान्ने ? त्यहाँ अहिले बहसको विषय बनेको छ । लेसितेले अन्तरात्माको स्वतन्त्रताको ग्यारेन्टी गर्दछ । यो प्रणालीले ‘आफ्नो धर्मलाई आफ्नै प्रकारले पालन गर्ने’ अनुमति दिन्छ । तर धर्म संविधानअन्तर्गत हुनुपर्दछ । धर्मको सन्दर्भमा राज्य तटस्थ हुनुपर्दछ । आस्तिक तथा नास्तिक दुवैलाई लेसिते प्रणालीअन्तर्गत आफ्नो अभिव्यक्तिको स्वतन्त्रता हुन्छ । फ्रान्समा दक्षिणपन्थी तथा वामपन्थी दुवैले यो मान्यता स्वीकार गर्दै आएको विषय हो । तर इसाई धर्माम्वलम्बीपछि दोश्रो ठुलो सङ्ख्यामा रहेका मुस्लिम समुदायका केही कट्टरपन्थी सोचाइ राख्नेहरू लेसितेलाई अझ सशक्त बनाउँदै जाने सरकारको नीतिप्रति सशङ्कित हुँदै गएका छन् । लेसितेमार्फत इस्लाम धर्ममाथि आक्रमण गरिरहेको उनीहरूको आरोप छ ।

    १६ अक्टोबरको आतङ्कवादी घटनाका सन्दर्भमा राष्ट्रपति इमायुल म्याक्रो मारिएका शिक्षकको पक्षमा आफ्नो धारणा राखिरहेका छन् । शिक्षकको हत्यापछि राष्ट्रपति म्याक्रोले ‘इस्लाम सङ्कटमा छ’, ‘शिक्षकको हत्या इस्लामिक आतङ्कवादी हमला भएको’ बताएका थिए । म्याक्रोले स्पष्ट रूपले घोषणा गरेका छन्– ‘फ्रान्समा एउटा मात्र समुदाय छ, त्यो भनेको राष्टिय समुदाय हो’ ।

    इस्लामिक मुलुकहरू लेसितेलाई अझ बलियो पार्दै जाने फ्रान्सेली सरकारको रुझानले फ्रान्स र त्यहाँका सामान बहिष्कार गर्ने बताइरहेका छन् । थुप्रै मुस्लिमबाहुल्य देशमा राष्ट्रपति म्याक्रोको विरोधमा प्रदर्शन भइरहेका छन् । मुस्लिमबाहुल्य मुलुक कतार, जोर्डन, कुवेत, पाकिस्तान, इरान, बङ्गलादेश, तुर्कीलगायतका देशमा फ्रान्सको विरोधमा प्रदर्शन तथा त्यहाँको सरकारको सामान बहिष्कार गरिरेहका छन् । भारतका केही राज्य भोपाल, मुम्बई, अलिगढका मुस्लिम समुदायका मानिस तथा बङ्गलादेशमा हजारौँको सङ्ख्यामा जनता सडकमा उत्रेर फ्रान्सेली राष्ट्रपतिको पुतला दहन गरिरहेका छन् । तुर्कीका राष्ट्रपति अर्दवानले त ‘फ्रान्सका राष्ट्रपतिको दिमाग खुस्किएको’ बताइरहेका छन् । मलेसियाका पूर्व राष्ट्रपतिले ‘मुस्लिम धर्मको विरोध गर्ने फ्रान्सेलीको ठुलो सङ्ख्यामा हत्या गर्नुपर्ने’ जस्तो अराजक विचारसमेत व्यक्त गरिरहेको अवस्था छ ।

    फ्रान्सले विशेष गरेर हवाइजहाजका तथा परिवहनका पुर्जा, कृषि तथा फेसनसम्बन्धी सामान निर्यात गर्दछ । मुस्लिम देशबाट सामान बहिष्कार गरेपछि फ्रान्सको आर्थिक प्रणाली केही न केही रूपमा प्रभावित त हुने नै छ । तर फ्रान्सेली राष्ट्रपति भन्दै छन्– ‘हामी आतङ्कवादको अगाडि समर्पण गर्ने छैनाँै’ । फ्रान्स तथा फ्रान्सेली राष्ट्रपतिको पक्षमा विश्वका विभिन्न देशले समर्थन गरिरहेको सन्दर्भमा पनि धर्म निरपेक्षताको मोर्चा तथा त्यसको पक्षमा आन्दोलन अझ सशक्त हुँदै जाने प्रष्ट नै छ ।

    हिंसात्मक आतङ्कवादी क्रियाकलाप बढ्दै जाँदा २९ अक्टोबरका दिन निस सहरको एउटा चर्चनजिकै तीन जनाको हत्या गरिएको छ । हत्या गरिएकामध्ये एक जना ६० वर्षे महिलाको घाँटी रेटेर हत्या गरिएको थियो । हत्या गर्ने व्यक्तिले इस्लामको नारा लगाइरहेको थिए । त्यस्तै, सोही दिन फ्रान्सेली सहर एविन्यूमा पनि एक जनाको हत्या गरिएको छ । सउदी अरबको वाणिज्यदूतावासको अगाडि एउटा सुरक्षा गार्डमाथि आक्रमण भएको छ । यसरी अझ केही दिन यस प्रकारका हिंसात्मक गतिविधि अझ बढ्दै जाने सङ्केत देखिएको छ ।

    धर्म निरपेक्षताको नयाँ संरचना निर्माणको दिशामा अहिले फ्रान्स चुनौतीपूर्ण अवस्थाबाट अगाडि बढिरहेको छ । कानुनमा अझ परिवर्तन गर्दै इस्लाम धर्मलाई लेसितेको मान्यतानुरूप परिवर्तन गर्ने वर्तमान राष्ट्रपतिले उद्घोष गरिरहेका छन् । धर्मभन्दा माथि संविधान हुन्छ, लेसिते गणतन्त्रको धर्म हो, त्यसैले सबै फ्रान्सेली नागरिक संविधानअनुसार अगाडि बढ्नुपर्ने वर्तमान फ्रान्स सरकारको मान्यता छ । अभिव्यक्तिको स्वतन्त्रताकै आधारमा आतङ्क फैलाउन नहुने विषयमा फ्रान्स सरकार दृढ देखिन्छ । त्यसरी आतङ्क फैलाउनेका विरुद्ध कडा रूपमा प्रस्तुत हुने पनि प्रष्ट देखिन्छ ।

    प्रजातन्त्रलाई बलियो बनाउने हो भने धर्म निरपेक्षता एउटा अनिवार्य शर्त हो । धर्म निरपेक्षता र प्रजातन्त्रबिच अभिन्न सम्बन्ध रहने गर्दछ । धर्म सापेक्षताले प्रजातन्त्रलाई कमजोर गराउने हुँदा न्यायपूर्ण समाजका लागि धर्म निरपेक्षता नै उत्तम विकल्प हो । प्रजातन्त्र तथा गणतन्त्रलाई बलियो बनाउँदै जाँदा विश्वका विभिन्न मुलुकमा धर्म निरपेक्षतालाई अवलम्बन गर्दै गइरहेको प्रष्ट नै छ । प्रजातन्त्रले सबैलाई समान अधिकारको कुरा गर्दछ भने धर्म निरपेक्षताले धार्मिक समानताको कुरा गर्दछ । त्यसैले न्यायमा आधारित स्वतन्त्र समाजका लागि प्रजातन्त्र र धर्म निरपेक्षताबिच अभिन्न सम्बन्ध हुनुपर्दछ । न्याय र समानताको दिशामा राज्य तथा समाजलाई अगाडि बढाउने हो भने धर्म निरपेक्षता पनि एउटा अनिवार्य शर्त हो ।

    लेसितेलाई अझ सशक्त बनाउँदै अगाडि बढिरहेको फ्रान्सेली जनताको भूमिकालाई उपलब्धिमूलक नै मान्नुपर्दछ । अभिव्यक्तिको स्वतन्त्रता, फ्रान्सेली समाजको संस्कृति हो । कसैले कुनै धर्मको विरुद्ध मत प्रकट गर्नु पनि अभिव्यक्तिको स्वतन्त्रता हो । साली एब्दो पत्रिकाले मुस्लिम धर्मगुरुको मात्रै कार्टुन प्रकाशित गर्ने होइन, पोपको पनि त्यसरी नै व्यङ्ग्य कार्टुन प्रकाशित गर्ने गर्दछ । यदि त्यो मन परेन भने पत्रिकाको विरोधमा प्रर्दशन गर्न सकिन्छ; पत्रिकाको बहिष्कार गर्न सकिन्छ । तर कुनै विचार व्यक्त तथा तस्बिर प्रकाशित गरेकै आधारमा घाँटी रेटेर मार्नु, विभिन्न आतङ्कको स्थिति सिर्जना गर्नु न्यायोचित कदम हुन सक्दैन । राष्ट्रपतिले मेक्रोले ‘इस्लाम धर्म सङ्कटमा छ’ भनेका छन् ।

    वास्तवमा इस्लाम मात्र होइन, हिन्दु धर्म पनि सङ्कटमा छ तथा इसाई धर्म पनि सङ्कटमा छ । कट्टर मुस्लिम धर्मको आधारमा बनेको आइएसआइएसले सिया मुसलमानको नरसंसहार गरिरहेको छ । तालिबानी आतङ्क जारी छ । यस प्रकारका कट्टरवादीको सन्दर्भमा नै ‘इस्लाम धर्म सङ्कटमा छ’ भनिएको हो । मानिसका आधारभुत समस्याप्रति सचेत हुन नदिन हिन्दुत्वको आधारमा राजनीति गर्ने प्रयास गरिन्छ । विश्वव्यापी रूपमा इसाईकरणका आधारमा आफ्नो साम्राज्य कायम गर्ने प्रयास गरिँदै छ । यी सन्दर्भमा ‘हिन्दु धर्म तथा इसाई धर्म सङ्कटमा छ’ भन्नुपर्ने नै हुन्छ । फेरि पनि धर्म निरपेक्षताको आन्दोलन जारी छ । यो आन्दोलनको पक्षमा विश्वस्तरमा चलिरहेका विभिन्न आन्दोलनका सन्दर्भमा फ्रान्सेली जनताको आन्दोलन तथा भूमिकालाई सलाम गर्नुपर्ने नै हुन्छ ।

    शनिबार, कार्तिक १५, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नेपाली राजनीति र नियति
    धर्मप्रति मजदुरको धारणा
    राष्ट्रिय सार्वभौमिकतासामु अमेरिकी हस्तक्षेप बढ्दो
    दाङबाङ : पहिचान, भूगोल र सम्भावना
    रसुवाबाढीसम्बन्धी २९ तथ्यको निष्कर्ष : ‘ग्लोबल वार्मिङ’ नियन्त्रण गरौँ
    हरेक चुनौतीको सामना गर्दै निरन्तर अगाडि बढ्नेछौँ

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ४.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    • ५.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ६.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    भर्खरै

    • १.
      ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

    • २.
      हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

    • ३.
      रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

    • ४.
      ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

    • ५.
      इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    • ७.
      सहकारीमा ठगीको जालो पुस्तक विमोचन

    • ८.
      दक्षिण फिलिपिन्समा सुरक्षाकर्मीसँगको झडपमा छ जना मारिए

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.