हेम बिजी
Advertisement
भरखर भरखर
जस्तै लाग्छ
आगो निभाएको समय पनि
जब
घर नै खरानी हुने गरी
दन दन आगो
सल्किरहेको थियो घरबाटै
हुर्किरहेको थियो बन्धुहरुबाटै
आखिर
हामी सबै बन्धुहरु मिल्यौं
र आगो निभायौं
गाग्रीका गाग्री पानी खनायौं
र प्रतिवद्धता गर्यौं
आगो नसल्काउने हामी अब
आगो नहुर्काउने हामी अब !
तर
आज फेरि
बिस्तारै बिस्तार आगो सल्किन
थाल्दै छ
धुवाँ निस्कदै छ
झिल्का देखिदै छ
फेरि
उहि ठाउँबाट
उहि रुपबाट !
प्रिय बन्धुहरु !
आगो निभाएकै समयमा
हामी
प्रतिवद्धता गरेका थियौं
अब
घर खरानी हुने गरि
आगो नसल्काउने सर्तमा
आगो नहुर्काउने सर्तमा
तर
आज अचम्मै लाग्दै छ
निभि सकेको आगो
फेरि आज
किन सल्काउन खोजिदै छ
किन दन्काउन खोजिदै छ !!