• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
बुधबार, असोज ०७, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

एल निनो र युद्धले श्रीलङ्काको अर्थतन्त्रमा जोखिम

श्रीलङ्का विस्फोटमा १५ जना दोषी ठहर

अमेरिका–इरान वार्तापछि तेलको मूल्य घट्यो

एआईका सम्भावित जोखिम व्यवस्थापनका लागि विश्वव्यापी सहकार्यमा जोड : गुटेरेस

ट्रम्पको धम्कीबीच अमेरिका–इरान अधिकारीबीच वार्ता

ट्रम्पद्वारा अमेरिका–इरान संवादलाई प्राथमिकता, शान्तिपूर्ण समाधानको प्रयास

फेसबुक र इन्स्टाग्राममा ठगीविरुद्ध मेटाको अभियान, ३७ लाखभन्दा बढीमाथि कारबाही

युग दर्शनलाई शुभकामना

अमेरिका–इरान वार्तापछि तेलको मूल्य घट्यो

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ४. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ५. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ६. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • ७. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

  • ८. रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

  • ९. संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

  • १०. ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

देहरादुन घटनाका दोषीलाई कारबाहीको दायरामा ल्याउन मसालको माग


  •   बिहिबार, कार्तिक १३, २०७७ मा प्रकाशित
  • काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (मसाल) ले भारतको देहरादुनमा नेपाली विद्यार्थीमाथि कुटपिट तथा ज्यादती गर्नेमाथि कारबाही गर्न माग गरेको छ ।

    Advertisement

    बिहीबार एक वक्तव्य प्रकाशित गरी प्रवक्ता रामप्रकाश पुरीले घटनाको निन्द गर्दै दोषीलाई कारबाहीको दायरामा ल्याउन पहलकदमीका लागि सरकारसँग माग गर्नुभएको छ ।

    बौद्ध लामा पढाई हुने सो विद्यालयमा दसैँमा विदा लिएर घर आउने योजना बनाएका नेपाली विद्यार्थीहरुमाथि विद्यालयका शिक्षकले निर्घात कुटपिट गरेका थिए । नेकपा (मसाल) ले नेपाली विद्यार्थी रहेका भारतका अन्य शैक्षिक संस्थामा पनि उनीहरुको स्थितिबारे खोजतलास गरी उनीमाथि हुने सबैखाले ज्यादती अन्त गर्न माग गरेको छ ।

    ‘दशैँ–तिहारको विदामा घर जान पाउँ भनी माग गरेका भारतको देहरादूनको डिकिलिडस्थित शाक्य एकेडीमीमा अध्ययनरत ५१ नेपाली विद्यार्थीहरुमाथि उक्त एकेडीमीका अध्यक्ष एवम् प्रमुख लामा रिम्पोचे ज्ञानबज्रले कुटपीट गर्दै उनीहरुलाई बन्धक बनाएको घटनाप्रति हाम्रो पार्टीले निन्दा र भ्रत्र्सना गर्दछ । कुटिएका सबै विद्यार्थी ६ वर्षदेखि १७ वर्षसम्मका रहेको विवरण पनि सार्वजनिक भएका छन्’ वक्तव्यमा भनिएको छ, ‘त्यो निन्दनीय घटनाप्रति ध्यान आकर्षित गर्दै उक्त घटनाको दोषीलाई कारवाहीको दायरामा ल्याउन तुरुन्त कदम उठाउनका लागि हामीले नेपाल सरकारसँग माग गर्दछौँ । यसका साथै नेपाली विद्यार्थी रहेका भारतका अन्य शैक्षिक संस्थामा पनि उनीहरुको स्थितिबारे खोजतलास र अनुसन्धान गरी उनीहरुमाथि भएका सबै ज्यादतीको अन्त गर्नका लागि सरकारले पहलकदमी गर्नुपर्ने आवश्यकताप्रति पनि हाम्रो पार्टीले जोड दिन्छ ।’

    सो स्कुलमा अध्ययरत ५३ जना नेपालीले दशैँमा घर जानका लागि स्कुलमा निवेदन दिएका थिए । बौद्ध लामा तथा अंग्रेजी पढाई हुने शाक्य एकेडेमीमा नेपालका विभिन्न ठाउँबाट विद्यार्थीहरु जाने गरेका छन् । सो स्कुलमा अहिले झण्डै दुई सय जना नेपाली विद्यार्थी अध्ययनरत रहेका त्यहाँबाट फर्किएका विद्यार्थीहरु बताउँछन् ।

    उनीहरुले विदा मागेको निहुँमा एकेडेमीका अध्यक्ष एवम् गुरु ज्ञाना बज्रा रिम्पोचेले नेपाली विद्यार्थीहरुमाथि निर्घात कुटपिट गरेको विद्यार्थीहरु बताउँछन् ।

    गुरुले स्कुलमा विद्यार्थीमाथि कुटपिट गरेपछि त्यहाँबाट विद्यार्थी भागेर आउन बाध्य भएका छन् । सोही स्कुलबाट भागेका ३ जना बिहीवार कञ्चनपुरको पश्चिमी सिमानाका गड्डाचौकी पुगे । बुधवार राति स्कुलबाट भागेका नविन, भुमिराज र दार्जलिङका ससन लामा बिहीवार बिहान गड्डाचौकी नाका पुगेका हुन् ।

    उनीहरुसँगै सोही ठाउँको अन्य स्कुलबाट भागेका दार्जिलिङका दुई जना पनि थिए । प्रहरीका अनुसार दार्जिलिङका तीन जनालाई भारतीय प्रहरीसँग समन्वय गरेर त्यहीँको बाटो दार्जिलिङ पठाइएको छ ।
    यो पनिः

    देहरादुनमा कुटिएका दुई नेपालीसहित पाँच विद्यार्थी नेपाल आइपुगे

    बिहिबार, कार्तिक १३, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    एल निनो र युद्धले श्रीलङ्काको अर्थतन्त्रमा जोखिम
    श्रीलङ्का विस्फोटमा १५ जना दोषी ठहर
    अमेरिका–इरान वार्तापछि तेलको मूल्य घट्यो
    एआईका सम्भावित जोखिम व्यवस्थापनका लागि विश्वव्यापी सहकार्यमा जोड : गुटेरेस
    ट्रम्पको धम्कीबीच अमेरिका–इरान अधिकारीबीच वार्ता
    ट्रम्पद्वारा अमेरिका–इरान संवादलाई प्राथमिकता, शान्तिपूर्ण समाधानको प्रयास

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ४.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    • ५.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    भर्खरै

    • १.
      एल निनो र युद्धले श्रीलङ्काको अर्थतन्त्रमा जोखिम

    • २.
      श्रीलङ्का विस्फोटमा १५ जना दोषी ठहर

    • ३.
      अमेरिका–इरान वार्तापछि तेलको मूल्य घट्यो

    • ४.
      एआईका सम्भावित जोखिम व्यवस्थापनका लागि विश्वव्यापी सहकार्यमा जोड : गुटेरेस

    • ५.
      ट्रम्पको धम्कीबीच अमेरिका–इरान अधिकारीबीच वार्ता

    • ६.
      ट्रम्पद्वारा अमेरिका–इरान संवादलाई प्राथमिकता, शान्तिपूर्ण समाधानको प्रयास

    • ७.
      फेसबुक र इन्स्टाग्राममा ठगीविरुद्ध मेटाको अभियान, ३७ लाखभन्दा बढीमाथि कारबाही

    • ८.
      युग दर्शनलाई शुभकामना

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.