जनकराज पौडेल
कोरोना महामारीसँगै आयो दसैँ
केही अपवाद छोडी
सबैलाई लाग्यो दसैँ
केही अदृष्य पर्दा उघार्यो दसैँ
थुनेको बिरालो म्याउँ गरिछाड्यो दसैँ
आयो दसैँ केही सन्देश छोडिगयो दसैँ ।
निधारभरि टिका शिरमा
जमरामा लपक्कै लाग्यो दसैँ
धर्म, संस्कृति एउटै होइन
तर धर्मको आँडमा प्रायःमा छायो दसैँ
संस्कृति समयानुसार परिवर्तन
भएको छैन दसैँ
भौतिकवादमा विश्वास अझै मानेन दसैँ ।
जनै काड्दै हिड्नेहरूलाई
झन् धेरै लाग्यो दसैँ
ब्राह्मणवाद भन्दै निम्छरिलो सोच
वर्ग नचिन्नेहरूलाई
विचित्रसँग छायो दसैँ
नाटक, नाटक हो भन्ने सन्देश
छोडिगयो दसैँ
जनता, जनता नै हुन्
तर कट्टर भौतिकवादीको
चिनारी दिइछाड्यो दसैँ ।
धर्म र संस्कृति फरक हुन्
हामीलाई बुझाउन सकेन दसैँ
प्रगतिवादी नभए पनि
प्रगतिशील पनि हुन सकेन दसैँ
वस्तुको प्रर्दशनीमा डुब्यो दसैँ
तड्कभड्क, हैसियतग्रस्त भयो दसैँ
संस्कृति प्रबद्र्धन भएन दसैँ
विकृति, विसङ्गति सङ्क्रमित भयो दसैँ
गरिवको लागी दशा हुदै आयो दशै
अहिले पनि यही सन्देश दिएर गयो दसैँ ।

