• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

आगलागीबाट रु.एक लाख बराबरको क्षति

सुरतमा २५ सदस्यीय महिला विभाग गठन

जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ५. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. जुन गाउँले मलाई धेरै दियो

  • ८. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ९. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

चीनसँग सम्बन्ध चिस्सिँदै गएको बेला भारत र अमेरिकाबीच ‘बेका’ सम्झौता


  •   बुधबार, कार्तिक १२, २०७७ मा प्रकाशित
  • काठमाडौं । अमेरिकाका रक्षामन्त्री मार्क एस्पर र विदेशमन्त्री माइक पोम्पेओले भारतका रक्षामन्त्री राजनाथ सिंह र विदेशमन्त्री एस जयशंकरसँग भेटवार्ता गरेका छन् ।

    Advertisement

    चीनसँग चर्को सिमाना तनावका माझ भारत र अमेरिकाले भूउपग्रहमार्फत् प्राप्त हुने सम्वेदनशील डेटा एक अर्कासँग बाँड्ने सैन्य सम्झौता गरेका छन्।

    त्यस्तो डेटाको सहयोग क्षेप्यास्त्र, ड्रोन तथा अन्य निशानाहरूमा ठीक निशाना लगाउन महत्त्वपूर्ण हुने बताइएको छ।

    दिल्लीमा भएको ‘२+२’ उच्चस्तरीय भेटवार्तापश्चात् मंगलवार उक्त सम्झौताको घोषणा गरिएको छ।

    अमेरिकाका विदेशमन्त्री माइक पोम्पेओ र रक्षामन्त्री मार्क एस्परले भारतका विदेशमन्त्री एस जयशंकर र रक्षामन्त्री राजनाथ सिंहसँग भेटवार्ता गरेका हुन्।

    के हो ‘बेका’ सम्झौता ?
    बेसिक एक्सचेन्ज एन्ड कोअपरेशन एग्रिमेन्ट अन जियोस्पाचियल कोअपरेशन वा छोटकरीमा बेका सम्झौता अन्तर्गत भारतलाई सैन्य विकल्पहरूमा सघाउन आवश्यक सम्वेदनशील जियोस्पाचियल तथा एअरोनटिकल डेटा अमेरिकाले उपलब्ध गराउनेछ।

    दुई पक्षले परमाणु ऊर्जा, भू–विज्ञान तथा वैकल्पिक औषद्योपचारसम्बन्धी अन्य सम्झौता पनि गरेका छन्। तर सबभन्दा महत्त्वपूर्ण बेका सम्झौता मानिएको छ।

    यो सम्झौता अन्तर्गत अमेरिकाले भारतलाई प्रदान गरेका सैन्य विमानहरूमा नेभिगेशन तथा एभियोनिक्ससम्बन्धी अत्याधुनिक सुविधा राखिने एकजना भारतीय रक्षा सूत्रले रोयटर्स समाचार संस्थालाई बताए।

    चीनप्रति संशय
    भारत र अमेरिकाबीचको पछिल्लो सैन्य सम्झौता त्यतिखेर भएको छ जतिखेर हिमाली लद्दाख क्षेत्रमा भारत र चीनबीच सिमाना विवाद चर्किएको छ।

    गत जुनमा भएको झडपमा २० जना भारतीय सैनिकको ज्यान गएको थियो। भारत र चीनबीच महिनौँदेखि सिमानामा तनाव कायम छ

    महिनौँ यता भएका विभिन्न चरणका कूटनीतिक तथा सैन्य वार्ताले पनि स्थिति सहज भइसकेको छैन।

    यही समयमा अमेरिका र चीनबीच पनि सम्बन्ध विग्रिएको छ। राष्ट्रपति ट्रम्पले बेइजीङको कोरोनाभाइरस व्यवस्थापनको चर्को आलोचना गरेका छन्।

    भारत र अमेरिकाबीचको सैन्य सम्बन्धमा पछिल्लो सम्झौता थप एक कदम मानिएको छ।

    भारत विश्वकै सबभन्दा ठूलो रक्षा सामग्री आयातकर्तामध्ये पर्छ। तर उसका ६०/७० प्रतिशत रक्षा सामग्री तथा हातहतियार रुसबाट आयात गरिन्छ। बीबीसी

    बुधबार, कार्तिक १२, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो
    सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन
    आगलागीबाट रु.एक लाख बराबरको क्षति

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ५.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • २.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ३.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ४.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ५.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    • ६.
      सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

    • ७.
      आगलागीबाट रु.एक लाख बराबरको क्षति

    • ८.
      सुरतमा २५ सदस्यीय महिला विभाग गठन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.