काठमाडौं । भारतीय गुप्तचर संस्था रिसर्च एण्ड एनालाईसिस विङ (रअ) का प्रमुख सामन्त कुमार गोयलसँग प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा गरेको भेटवार्ताप्रति संविधानविद डा. भिमार्जुन आचार्यले कडा टिप्पणी गर्नुभएको छ ।
प्रधानमन्त्रीको सो कदमलाई लिएर चौतर्फी आलोचना भइएका बेला आचार्यले सार्वभौम मुलुकको सरकार प्रमुखलाई यसो गर्न के आवश्यकत्ता थियो र ? भन्दै गम्भीर प्रश्न उठाउनुभएको छ । प्रधानमन्त्रीले प्रचण्ड, नेपाल वा अरू सबैभन्दा सक्कली ‘मै हु भन्ने प्रमाणित गर्न खोजेको आचार्यको आरोप छ ।
सामाजिक सञ्जाल ट्विटरमा डा. आचार्यले लेख्नुभएको छ, ‘धेरैको राष्ट्रवाद पहिले पनि देखिएकै हो। सत्तासीन कम्युनिष्टहरुको ‘अन्तिम’ राष्ट्रवाद यसपटक देख्न पाइयो । नागरिक जीवन धन्य भयो । ओली सरकारको जय होस । सबै मर्यादा बिर्सेर प्रधानमन्त्रीले प्रचण्ड, नेपाल वा अरू सबैभन्दा सक्कली… मै हु भन्ने प्रमाणित गर्न खोजेका होलान। अन्यथा, एउटा सार्वभौम मुलुकको सरकार प्रमुखलाई यसो गर्न के आवश्यकता थियो र ?’
सबै मर्यादा बिर्सेर प्रधानमन्त्रीले प्रचण्ड, नेपाल वा अरू सबैभन्दा सक्कली …मै हु भन्ने प्रमाणित गर्न खोजेका होलान। अन्यथा, एउटा सार्वभौम मुलुकको सरकार प्रमुखलाई यसो गर्न के आवश्यकता थियो र ?
— Bhimarjun Acharya (@BhimarjunPhD) October 22, 2020