काठमाडौं । भारतको उत्तर प्रदेशको बागपतमा मुस्लिम प्रहरी सवइन्स्पेक्टर (उप-निरीक्षक)लाई अनुमतिविना दाह्री पालेको भनेर निलम्बन गरिएको छ । पुलिस अधीक्षक अभिषेक सिंहले कानूनको दायराभित्रै यो कारवाही गरेको बीबीसीलाई बताएका छन् ।
Advertisement
अभिषेक सिंहले भने, ‘यदि कसैले यस कारबाहीको बिरुद्द अदालत जान्छ भने हामी यसको लागि तयार छौं ।’
तर उप–निरीक्षक इन्तेसर अली भन्छन्, कि उनले गत वर्ष नोभेम्बरमा दाह्री खडा गर्ने अनुमति मागेका थिए तर, नपाएको बताउँछन् । उनले आवश्यक परेमा अदालत पनि जाने बताएका छन् ।
बागपतको रमाला पुलिस स्टेशनका उपनिरीक्षक इन्तेसर अलीको निलम्बनको कार्यवाहीलाई लिएर धेरैले सोशल मीडियामा प्रश्न उठाएका छन् । यूपी पुलिसलाई धर्मबाट उत्प्रेरित भएको आरोप पनि लगाएका छन् ।