• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
बुधबार, साउन १३, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

मगर जातिमा थर/उपथर विभाजनको सन्दर्भ

सुनसरी घटनाको सन्दर्भमा

आईएलओ महासन्धि नम्बर १६९ पालना गर्न सरकारलाई आग्रह

नारायणगढ–मुग्लिन सडकको खहरे खोलामा पुन : पहिरो

कङ्ग्रेस नेता गोपालमान श्रेष्ठको निधन

मोदी सरकारलाई सर्वोच्चको झट्का, पक्राउ परेका विद्यार्थीलाई रिहा गर्न आदेश

देवानगञ्ज हिंसा : सुरक्षा नेतृत्वको रिक्तता, गृहमन्त्री र प्रधानमन्त्रीमाथि नैतिक प्रश्न

प्रतिबन्ध लगाइएका वस्तुको बिक्रीवितरण नगर्न विभागको आग्रह

कास्कीमा पहिरोबाट पाँच परिवार प्रभावित

लोकप्रिय समाचार

  • १. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ४. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • ५. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

  • ६. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • ९. भारतीय विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ

  • १०. जनजाति मुक्ति आन्दोलन

कर्णाली विवादले बालुवाटार र खुमलटारबीच ‘शीतयुद्ध’


  •   बुधबार, कार्तिक ०५, २०७७ मा प्रकाशित
  • काठमाडौं । कर्णाली प्रदेशमा चर्किएको नेकपा भित्रका सत्ता संघर्षले पार्टीका दुई अध्यक्षबीच शीतयुद्ध सुरु भएको छ । केही समय मथ्थर देखिएको नकपाको आन्तरिक किचलो कर्णाली विवादपछि फेरि सतहमा आएको छ ।

    Advertisement

    प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीको सचिवालय बालुवाटार र अर्का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सचिवालय खुमलटारबीच शीतयुद्ध सुरु भएको छ । मंगलबार बालुवाटारले निकालेको विज्ञप्ति खुमलटारले खण्डन गरेर कर्णालीको आगो भित्रभित्रै सल्किरहेको संकेत गरेको हो ।

    मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध ओली र माधव नेपाल पक्ष मिलेर ल्याएको अविश्वासको प्रस्ताव केन्द्रमा प्रचण्ड र नेपाल पक्ष मिलेपछि असफल भएको थियो । त्यस लगत्तै मुख्यमन्त्री शाहीले मुख्य सचेतक र सचेतक हटाएर नयाँ नियुक्त गर्नुका साथै प्रदेश मन्त्रिमण्डल पुनर्गठन गर्न तयार भएका थिए ।

    तर, यो घटनाले ओली पक्ष एक्लै पर्ने देखिएपछि प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीले अर्का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई बोलाएर मंगलबार लामो छलफल गरी मुख्यमन्त्री शाहीले गरेका निर्णय बदर गर्नेबारे छलफल गरेका थिए ।

    सोही विषयलाई लिएर प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले दुई अध्यक्षबीच कर्णालीको समस्याबारे चार निर्णय भएको सञ्चारमाध्यमलाई बताएका थिए ।

    थापाका अनुसार ‘कर्णाली प्रदेश संसदीय दलका प्रमुख सचेतक गुलाबजंग शाहलाई मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले हटाउने निर्णय बदर गर्ने र प्रमुख सचेतकमा उहाँद्वारा नियुक्त सीता नेपालीको निर्णय बदर गरी पूर्ववत् रूपमा सचेतकमा कायम गर्ने, मुख्यमन्त्रीविरूद्द दर्ता भएको अविश्वास प्रस्ताव फिर्ता लिने र अन्य विषयहरूमा सल्लाह र समझदारीका साथ आवश्यक निर्णय लिने’ निर्णय भएको थियो ।

    थापाको विज्ञप्ति सार्वजनिक गरेको केही समयमै अध्यक्ष प्रचण्डको सचिवालयले अर्को विज्ञप्ति सार्वजनिक गरी बालुवाटारको विज्ञप्तिको खण्डन गरेको थियो । प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटाले प्रकाशित गरेको विज्ञप्तिमा दुई अध्यक्षबीच मंगलबार बिहान कर्णालीको विषयमा छलफल भए पनि निर्णय भने नभएको उल्लेख छ ।

    ‘नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटघाटमा कर्णाली प्रदेशको विषयमा छलफल भएको हो’, विज्ञप्तिमा भनिएको छ, ‘उक्त छलफलमा अविश्वासको प्रस्ताव फिर्ता लिने वा खारेज गर्ने र प्रमुख सचेतक सम्बन्धी बिषय पनि प्रदेश पार्टी कमिटी र प्रदेश सरकारले नै समाधान गर्न सुझाव दिने समझदारी भएको हो। यसबारे कुनै भ्रममा नपर्न सबैसँग आग्रह गरिन्छ।’

    माधव नेपालसँग सहकार्य गर्न ओलीको प्रस्ताव
    प्रचण्डसँग विवाद बढ्दै जाँदा प्रधानमन्त्री ओलीले नेता माधव नेपालसँग सहकार्यको प्रस्ताव राखेका छन् । प्रधानमन्त्री ओली र वरिष्ठ नेता माधव कुमार नेपालबीच मंगलबार साँझ अढाई घण्टा लामो छलफल भएको स्रोतले जनाएको छ ।
    स्थायी कमिटीका निर्णय कार्यान्वयन र कर्णाली प्रदेशका कारण सिर्जना भएको विवादले प्रधानमन्त्री ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच मनमुटाव बढ्दै जाँदा ओली र नेपालबीच एक्लाएक्लै भेटवार्ता भएको हो। त्यसक्रममा ओलीले नेपालसँग नयाँ समीकरणको प्रस्ताव गरेका छन् ।

    स्रोतका अनुसार भेटमा प्रधानमन्त्री ओलीले अहिलेसम्मका अविश्वास हट्ने गरी सँगै मिलेर अघि बढ्न नेपाललाई आग्रह गरेका छन् । ओलीले प्रचण्डसँग भन्दा आफूसँग मिलेर जान नेपाललाई छलफलमा नेता नेपालले भने पार्टी र सरकारलाई संस्थागत निर्णयको स्पिरिटका आधारमा सञ्चालन गर्नेबित्तिकै स्वतस्फुर्त विश्वासको वातावरण बन्ने जवाफ फर्काएका छन्।

    कर्णाली प्रदेशमा नेकपाकै सदस्यहरूले संसदीय दलमा मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव दर्ता गरेपछि त्यहाँको विवादको आगो पार्टीको केन्द्रसम्म सल्किएको हो ।

    बुधबार, कार्तिक ०५, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आईएलओ महासन्धि नम्बर १६९ पालना गर्न सरकारलाई आग्रह
    नारायणगढ–मुग्लिन सडकको खहरे खोलामा पुन : पहिरो
    कङ्ग्रेस नेता गोपालमान श्रेष्ठको निधन
    मोदी सरकारलाई सर्वोच्चको झट्का, पक्राउ परेका विद्यार्थीलाई रिहा गर्न आदेश
    देवानगञ्ज हिंसा : सुरक्षा नेतृत्वको रिक्तता, गृहमन्त्री र प्रधानमन्त्रीमाथि नैतिक प्रश्न
    प्रतिबन्ध लगाइएका वस्तुको बिक्रीवितरण नगर्न विभागको आग्रह

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ४.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    • ५.
      प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

    • ६.
      रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

    भर्खरै

    • १.
      मगर जातिमा थर/उपथर विभाजनको सन्दर्भ

    • २.
      सुनसरी घटनाको सन्दर्भमा

    • ३.
      आईएलओ महासन्धि नम्बर १६९ पालना गर्न सरकारलाई आग्रह

    • ४.
      नारायणगढ–मुग्लिन सडकको खहरे खोलामा पुन : पहिरो

    • ५.
      कङ्ग्रेस नेता गोपालमान श्रेष्ठको निधन

    • ६.
      मोदी सरकारलाई सर्वोच्चको झट्का, पक्राउ परेका विद्यार्थीलाई रिहा गर्न आदेश

    • ७.
      देवानगञ्ज हिंसा : सुरक्षा नेतृत्वको रिक्तता, गृहमन्त्री र प्रधानमन्त्रीमाथि नैतिक प्रश्न

    • ८.
      प्रतिबन्ध लगाइएका वस्तुको बिक्रीवितरण नगर्न विभागको आग्रह

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.