काठमाडौँ । डा. बाबुराम भट्टराई जनता समाजवादी पार्टी (जसपा) को सङ्घीय परिषद् अध्यक्षमा चयन हुनुभएको छ । पार्टीको मङ्गलबार बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकले भट्टराईलाई सङ्घीय परिषद्को अध्यक्ष बनाएको हो ।
Advertisement
राष्ट्रिय जनता पार्टी र समाजवादी पार्टीबिच गत वैशाख ९ गते पार्टीएकता भएर जनता समाजवादी गठन भएको थियो । पार्टी एकतापछि निर्वाचन आयोगमा दल दर्ता गर्दा कुरा नमिलेपछि डा. भट्टराई वरिष्ठ नेतामा रहेर दल दर्ता गरिएको थियो ।
जसपाको केन्द्रीय समितिको अध्यक्षमा महन्थ ठाकुर र उपेन्द्र यादव रहेका छन् । जारी केन्द्रीय कार्यकारिणी बैठकले सङ्घीय परिषद्लाई केन्द्रीय समितिभन्दा शक्तिशाली बनाएको छ । एक नेताका अनुसार अब केन्दीय समिति सङ्घीय परिषदको मातहत हुने छ ।
