• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
बुधबार, असोज ०७, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

अमेरिका–इरान वार्तापछि तेलको मूल्य घट्यो

एआईका सम्भावित जोखिम व्यवस्थापनका लागि विश्वव्यापी सहकार्यमा जोड : गुटेरेस

ट्रम्पको धम्कीबीच अमेरिका–इरान अधिकारीबीच वार्ता

ट्रम्पद्वारा अमेरिका–इरान संवादलाई प्राथमिकता, शान्तिपूर्ण समाधानको प्रयास

फेसबुक र इन्स्टाग्राममा ठगीविरुद्ध मेटाको अभियान, ३७ लाखभन्दा बढीमाथि कारबाही

युग दर्शनलाई शुभकामना

अमेरिका–इरान वार्तापछि तेलको मूल्य घट्यो

युगदर्शन डटकमको आठौँ वर्ष प्रवेशमा शुभकामना

युगदर्शन अनलाइनको आठौँ वर्ष प्रवेशमा हार्दिक बधाई तथा शुभकामना

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ४. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ५. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ६. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • ७. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

  • ८. रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

  • ९. संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

  • १०. ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

दसैँ भत्ता मात्रै होइन, अन्य खर्च कटौती गरेर भए पनि कोरोना संक्रमितको उपचार गर्नुपर्छ : सांसद पौडेल


  •   मङ्गलबार, कार्तिक ०४, २०७७ मा प्रकाशित
  • काठमाडौँ । राष्ट्रिय जनमोर्चाले दसैँ भत्ता मात्रै होइन, अन्य खर्च कटौती गरेर भए पनि सरकारले नै कोरोना सङ्क्रमितको उपचार गर्नुपर्ने आवश्यकतामा जोड दिएको छ । राजमोले आफ्ना जनप्रतिनिधिले दसैँ भत्ता नलिने निर्णय भइसकेको पनि जानकारी गराएको छ ।

    Advertisement

    राजमो केन्द्रीय उपाध्यक्ष, प्रवक्ता तथा प्रतिनिधि सभाकी सांसद दुर्गा पौडेलको हस्ताक्षरमा २०७७ कार्तिक ४ गते जारी प्रेसवक्तव्यमा कोरोना सङ्क्रमितको उपचार गर्न सङ्घीयताको खारेजी र सांसद विकास कोषको रकमसमेत लगाउन संसदमा प्रस्तावसमेत राखेको स्मरण गराएको छ ।

    कोरोना सङ्क्रमितको उपचारका लागि यसरी खडा गरिने कोषको सदुपयोगप्रति आशङ्का व्यक्त गर्दै वक्तव्यमा खर्चको जिम्मेवारी र पारदर्शिताप्रति ध्यान दिन सरकारसित माग पनि गरिएको छ ।

    वक्तव्यको पूर्ण यस प्रकार रहेको छ–

    “राष्ट्रिय जनमोर्चाले कोरोना भाइरस महामारी अथवा त्यसबाट देशमा देखा परेका आर्थिक, सामाजिक सङ्कट र बेरोजगारीमाथि ध्यान दिँदै सङ्घीयता, प्रादेशिक संरचना र स्थानीय पूर्वाधार विकास कोष (संसद विकास कोष) समेतको सम्पूर्ण रकम कोरोना भाइरसबाट उत्पन्न सङ्कटको निवारणका लागि खर्च गर्न संसदमा प्रस्तावसमेत राखेको थियो । तर हाम्रो त्यो प्रस्तावमाथि ध्यान दिइएन । अहिले कोरोना भाइरसबाट देशमा गम्भीर स्थिति उत्पन्न भएको छ । त्यसप्रति समयमै ध्यान नदिने हो भने स्थिति अझै भयानक हुने कुरा निश्चित छ ।

    अहिलेको गम्भीर स्थितिप्रति सरकार जिम्मेवार भएको देखिँदैन । संविधानको मौलिक अधिकार र सर्वाेच्च अदालतको फैसलासमेतको उपेक्षा गरेर सर्वसाधारणले आफ्नै खर्चमा कोरोना भाइरसको उपचार गर्नुपर्ने सरकारको निर्देशनले हद दर्जाको गैरजिम्मेवारीपनलाई बताउँछ ।

    आर्थिक अभावको कारणले सरकारले त्यस प्रकारको निर्णय गरेको बताएको छ । तर सङ्घीय संरचना र स्थानीय पूर्वाधार विकासको रकम कोरोना भाइरसको लागि खर्च गर्न तयार नभएको मात्रै होइन, सरकार एकपछि अर्काे गर्दै अनावश्यक खर्च गर्न तयार भएको छ । दसैँका बेलामा सांसदहरूलाई दिइने सांसद भत्ता त्यसको एउटा उदाहरण हो । अहिलेको कोरोना भाइरसले पैदा गरेको सङ्कटको समयमा त्यस प्रकारको भत्ता दिने निर्णय गलत थियो ।

    हाम्रो जोड यो कुरामा छ कि दसैँ भत्ता मात्रै होइन, अरू पनि खर्च कटौती गरेर कोरोना भाइरस रोकथाममा मद्दत पु¥याउने नीति अपनाउनुपर्दछ । हामीले यो कुरामा जोड दिँदै आएका छौँ कि कोरोना भाइरससम्बन्धी सम्पूर्ण खर्च केन्द्रीय सरकारले नै बेहोर्नुपर्दछ । अहिलेको देशको गम्भीर स्थितिमाथि ध्यान दिँदै सरकारले त्यसका लागि विशेष बजेट नै छुट्याउनुपर्दछ ।

    अहिलेको स्थितिमा दसैँ भत्ता दिने सरकारको निर्णय नै गलत भएको हुनाले राष्ट्रिय जनमोर्चाले त्यो भत्ता नलिने निर्णय गरेको छ । उक्त भत्ता फिर्ता गरी कोरोना भाइरस नियन्त्रण कोषमा जम्मा गर्नका लागि मैले संसद सचिवालयमा सूचना पनि गरिसकेकी छु ।

    हाम्रो पार्टीले प्रदेशका सांसद वा स्थानीयतहका जनप्रतिनिधिलाई पनि कोरोना नियन्त्रण कोषमा दसैँ भत्ता जम्मा गर्नको लागि अनुरोध गर्दछ । हामीले के स्पष्ट गर्न चाहन्छौँ भने सरकारको व्यवस्थासम्बन्धी अनियमितता र भ्रष्ट कार्यप्रणालीमाथि ध्यान दिँदा यसरी कोरोना भाइरस नियन्त्रण कोषमा जम्मा भएको रकमको सदुपयोग हुने छ भन्ने कुरामाथि पूरा विश्वास गर्न मुस्किल पर्दछ । गत कालमा कतिपय उदाहरणबाट त्यस प्रकारको प्रश्न उठाउनका लागि ठाउँ छ । त्यसैले कोरोना भाइरस नियन्त्रणसम्बन्धी सम्पूर्ण खर्चको व्यवस्था जिम्मेवारीपूर्वक गर्न तथा हिसाबको पारदर्शिता देखाउनको लागि हामीले सरकारसँग माग गर्दछौँ ।”

    मङ्गलबार, कार्तिक ०४, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    अमेरिका–इरान वार्तापछि तेलको मूल्य घट्यो
    एआईका सम्भावित जोखिम व्यवस्थापनका लागि विश्वव्यापी सहकार्यमा जोड : गुटेरेस
    ट्रम्पको धम्कीबीच अमेरिका–इरान अधिकारीबीच वार्ता
    ट्रम्पद्वारा अमेरिका–इरान संवादलाई प्राथमिकता, शान्तिपूर्ण समाधानको प्रयास
    फेसबुक र इन्स्टाग्राममा ठगीविरुद्ध मेटाको अभियान, ३७ लाखभन्दा बढीमाथि कारबाही
    अमेरिका–इरान वार्तापछि तेलको मूल्य घट्यो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ४.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    • ५.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    भर्खरै

    • १.
      अमेरिका–इरान वार्तापछि तेलको मूल्य घट्यो

    • २.
      एआईका सम्भावित जोखिम व्यवस्थापनका लागि विश्वव्यापी सहकार्यमा जोड : गुटेरेस

    • ३.
      ट्रम्पको धम्कीबीच अमेरिका–इरान अधिकारीबीच वार्ता

    • ४.
      ट्रम्पद्वारा अमेरिका–इरान संवादलाई प्राथमिकता, शान्तिपूर्ण समाधानको प्रयास

    • ५.
      फेसबुक र इन्स्टाग्राममा ठगीविरुद्ध मेटाको अभियान, ३७ लाखभन्दा बढीमाथि कारबाही

    • ६.
      युग दर्शनलाई शुभकामना

    • ७.
      अमेरिका–इरान वार्तापछि तेलको मूल्य घट्यो

    • ८.
      युगदर्शन डटकमको आठौँ वर्ष प्रवेशमा शुभकामना

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.