• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
बुधबार, असोज ०७, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

अमेरिका–इरान वार्तापछि तेलको मूल्य घट्यो

एआईका सम्भावित जोखिम व्यवस्थापनका लागि विश्वव्यापी सहकार्यमा जोड : गुटेरेस

ट्रम्पको धम्कीबीच अमेरिका–इरान अधिकारीबीच वार्ता

ट्रम्पद्वारा अमेरिका–इरान संवादलाई प्राथमिकता, शान्तिपूर्ण समाधानको प्रयास

फेसबुक र इन्स्टाग्राममा ठगीविरुद्ध मेटाको अभियान, ३७ लाखभन्दा बढीमाथि कारबाही

युग दर्शनलाई शुभकामना

अमेरिका–इरान वार्तापछि तेलको मूल्य घट्यो

युगदर्शन डटकमको आठौँ वर्ष प्रवेशमा शुभकामना

युगदर्शन अनलाइनको आठौँ वर्ष प्रवेशमा हार्दिक बधाई तथा शुभकामना

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ४. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ५. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ६. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • ७. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

  • ८. रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

  • ९. संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

  • १०. ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

नेकपा (मसाल) का नेता दुर्गा महर्जनको निधन


  •   आइतबार, कार्तिक ०२, २०७७ मा प्रकाशित
  • काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (मसाल) का सदस्य दुर्गा महर्जनको निधन भएको छ । ललितपुरको हरिसिद्धि–८ का बासिन्दा महर्जनको ६३ वर्षको उमेरमा आइतबार बिहान निधन भएको हो ।

    Advertisement

    लामो समयसम्म अखिल नेपाल ट्रेड युनियम महासंघ (अन्टुक) को नेतृत्वदायी भूमिकामा रहनुभएका महर्जन मजदुर आन्दोलनका स्थापित नेता हुनुहुन्थ्यो । उहाँकै पहल र अगुवाईमा हरिसिद्धी इँटा उद्योगमा मजदुर आन्दोलन भएको थियो ।

    आफ्नै निवास हरिसिद्धीमा निधन भएका स्वर्गीय महर्जनको पार्थिव शरीरमा नेकपा (मसाल) को झण्डा ओढाएर सम्मान व्यक्त गरिएको थियो । उहाँप्रति राष्ट्रिय जनमोर्चाका नेता आनन्द ढुंगाना, अखिल नेपाल कानुन व्यवसायी संघका अध्यक्ष पदम रोका, राजमो बागमती प्रदेश सदस्य निलगोविन्द महर्जन, ललितपुर जिल्ला अध्यक्ष दिपराम महर्जन लगायतका नेताहरुले अन्तिम श्रद्धाञ्जली व्यक्त गर्नुभएको थियो ।

    यसैबीच नेकपा (मसाल) का महामन्त्री मोहनविक्रम सिंहले महर्जनको निधनप्रति गहिरो शोक व्यक्त गर्दै ‘पार्टीले एक अनुशासित र प्रतिवद्ध सदस्यलाई गुमाउनुपर्दा अपुरणीय क्षति बेहोर्नु परेको’ बताउनुभएको छ ।

    आइतबार श्रद्धाञ्जली वक्तव्य प्रकाशित गर्दै महामन्त्री सिंहले दुर्गा महर्जन चार दशक भन्दा बढी पार्टी सदस्यको रुपमा निरन्तर सक्रिय रहँदै आउनुभएको र सही सिद्धान्त र दर्शनप्रति सधैँ प्रतिवद्ध रहनुभएको बताउनुभएको छ । वक्तव्यमा सिंहले नयाँ पुस्तामा पनि महर्जनकै जस्तो अनुशासन र प्रतिवद्धता भएमा नै सुदृढ कम्युनिष्ट पार्टी निर्माण हुनसक्ने पनि स्पष्ट पार्नुभएको छ ।

    यस्तो छ, वक्तव्य
    का. दुर्गा महर्जन(कामरेड राकेश)को ६३ वर्षको उमेरमा निधन भएको छ । उहाँ ललितपुर हरिसिद्धि–८ का स्थायी वासिन्दा हुनुहुन्थ्यो । का. दुर्गा महर्जन २०२८ सालदेखि नेपाल कम्युनिस्ट पार्टीमा सक्रिय हुनुभएको थियो र २०३१ सालमा पार्टी सदस्यता प्राप्त गर्नुभएको थियो । पार्टी सदस्यता प्राप्त गरेपछिका वर्षहरुमा उहाँ निरन्तर रुपमा हाम्रो पार्टीमा कार्यरत रहँदै आउनुभएको थियो ।

    उहाँ अनुशासित र प्रतिवद्ध सदस्य हुनुहुन्थ्यो । पार्टी जीवनमा आएका आरोह–अवरोहले उहाँको सही सिद्धान्त र दर्शनप्रतिको प्रतिवद्धतालाई कहिल्यै हल्लाउन सकेनन् । जस्तोसुकै परिस्थितिमा पनि उहाँले आफ्नो क्षमताले भ्याएसम्म पार्टीमा योगदान पु-याउँदै आउनुभयो । त्यसरी उहाँ साढे चारदशक भन्दा बढी कम्युनिस्ट पार्टीको सदस्य रहनुभयो र पार्टी सदस्य रहेकै अवस्थामा मृत्युवरण गर्नुभयो ।

    का. महर्जनको मृत्युबाट पार्टीले एक अनुशासित र प्रतिवद्ध सदस्यलाई गुमाउनुपर्दा अपुरणीय क्षति बेहोर्नु परेको छ । हामीले का. महर्जनको जस्तो अनुशासन र प्रतिवद्धताको मूल्यलाई नयाँ पुस्तामा समृद्ध पार्दै लिन सकेमा नै एउटा सुदृढ कम्युनिस्ट पार्टी निर्माण गर्न सक्दछौँ र उहाँका सपना पनि पूरा हुँदै जानेछन् । हामीले कम्युनिस्ट पार्टीका सदस्यका आर्दश र मूल्यलाई सदैब पार्टी जीवनको व्यवहारमा जीवन्त राख्ने प्रयत्न गर्नुपर्दछ । यही कुरा का. महर्जनको जीवनबाट प्राप्त हुने महत्वपूर्ण शिक्षा हो ।

    अन्तमा का. महर्जनलाई गुमाउनुपर्दा प्रत्यक्ष पीडाको सामना गर्नुपरेका ललितपुरका सबै साथीहरु तथा का. महर्जनका परिवारजनप्रति हार्दिक सहानुभुति तथा समवेदना प्रकट गर्दै का. महर्जनप्रति श्रद्धाञ्जली व्यक्त गर्दछौँ ।
    २०७७ कार्तिक ०२ गते ।

    आइतबार, कार्तिक ०२, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    अमेरिका–इरान वार्तापछि तेलको मूल्य घट्यो
    एआईका सम्भावित जोखिम व्यवस्थापनका लागि विश्वव्यापी सहकार्यमा जोड : गुटेरेस
    ट्रम्पको धम्कीबीच अमेरिका–इरान अधिकारीबीच वार्ता
    ट्रम्पद्वारा अमेरिका–इरान संवादलाई प्राथमिकता, शान्तिपूर्ण समाधानको प्रयास
    फेसबुक र इन्स्टाग्राममा ठगीविरुद्ध मेटाको अभियान, ३७ लाखभन्दा बढीमाथि कारबाही
    अमेरिका–इरान वार्तापछि तेलको मूल्य घट्यो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ४.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    • ५.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    भर्खरै

    • १.
      अमेरिका–इरान वार्तापछि तेलको मूल्य घट्यो

    • २.
      एआईका सम्भावित जोखिम व्यवस्थापनका लागि विश्वव्यापी सहकार्यमा जोड : गुटेरेस

    • ३.
      ट्रम्पको धम्कीबीच अमेरिका–इरान अधिकारीबीच वार्ता

    • ४.
      ट्रम्पद्वारा अमेरिका–इरान संवादलाई प्राथमिकता, शान्तिपूर्ण समाधानको प्रयास

    • ५.
      फेसबुक र इन्स्टाग्राममा ठगीविरुद्ध मेटाको अभियान, ३७ लाखभन्दा बढीमाथि कारबाही

    • ६.
      युग दर्शनलाई शुभकामना

    • ७.
      अमेरिका–इरान वार्तापछि तेलको मूल्य घट्यो

    • ८.
      युगदर्शन डटकमको आठौँ वर्ष प्रवेशमा शुभकामना

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.