• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, असोज ०४, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

सहकारीमा ठगीको जालो पुस्तक विमोचन

दक्षिण फिलिपिन्समा सुरक्षाकर्मीसँगको झडपमा छ जना मारिए

आसियान आर्थिक बैठकमा दिगो वृद्धि र नवप्रवर्तनलाई प्राथमिकता

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ४. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ५. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ६. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ७. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ८. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

  • ९. सर्वदलीय बैठक जारी

  • १०. बाढीपीडितका लागि राहत सङ्कलन गर्दै लुधियानामा तिजी कार्यक्रम

दसैँ : के दसैँ ?


  •   शनिबार, कार्तिक ०१, २०७७ मा प्रकाशित
  • खगेन्द्रा विष्ट ।।

    Advertisement

    गाउँमा छुट्टै चहलपहल
    गोजीमा डलर
    अनि तलैतलाको महल
    र, आफूलाई अरूको अगाडि
    मुखिया, काजी, सर्वोच्च ठान्नेको लागि
    यो दसैँ आयो रे !
    हामीजस्ता निमुखा
    साँझबिहान छाक टार्न
    मुस्किल मान्नेका लागि त
    दसैँ : के दसैँ ?

    न खसी ढाल्ने औकात छ
    न त सुनको रानीहार लगाउने क्षमता
    न त पल्लाघरे कान्छीको परिवारसित
    दसैँको मौका छोपी सिक्किम घुम्ने औकात
    हामीजस्तो
    सागसिस्नो, रुखोभुखो खाएर
    मासुको तिर्सना मेट्ने
    घाँटीमा पित्तलको सानो लर्काे लाएर
    सुनको तिर्सना मेट्ने
    अनि,
    बिहान जुरुक्क उठेर
    साँझको गास जुटाउन भनी
    त्यो राम्चे बजारमा भारी बोक्दै
    सिक्किमको तिर्सना मेट्नेका लागि
    दसैँ : के दसैँ ?

    स्रोतसाधनले भरिपूर्ण देश हाम्रो
    सबै छ—नभा’को केही होइन
    तर, विडम्बना !
    स्रोतसाधनको उपयोग छैन
    दक्षतानुसार काम
    अनि, कामअनुसार दाम छैन
    सहजै भनुम् त !
    देशमा रोजगार नै छैन
    यो बिचल्ली पनि
    घरमा ऋणले उकुसमुकुस पारिरहन्छ
    त्यही ऋण चुक्ता पार्न भनी
    आफ्नो परिवार, जहानबाला,
    साथीसँगी र मातृभूमि छोडेर
    सात समुद्रपारिका परदेशीका लागि
    दसैँ : के दसैँ ?

    फर्किने आशाले
    परदेशी छोराको पखाईमा रहेका
    आमाबाबु,
    परदेशी स्वामी सःकुशल फिर्तीको
    बाटो कुरिरहेकी पत्नी
    सात समुद्रपारिका दाजुभाइको
    प्रतीक्षा गर्दै बसेका दिदीबहिनी,
    परदेशबाट बुबाले नयाँ लुगा,
    मिठो खानेकुरा ल्याइदेलान् भन्ने
    आश्वासनमा बसिरहेका
    अबोध ती सन्तानका लागि
    दसैँ : के दसैँ ?

    आजको कमाइले भोलि धान्दैन
    भोलिकोले पर्सि कुर्दैन
    जसोतसो
    बिहान–बेलुकाको गुजारा चलाउन
    यो सहरभित्र सङ्घर्ष गरिरहेका
    भरिया
    कमैया
    दासी
    अनि, स्वदेशी उद्योग, कलकारखाना
    र, इँटाभत्ताको मजदुरका लागि
    दसैँ : के दसैँ ?

    पूर्णिमाको जुन होस्
    या त औँसीको कालो रात
    बिहान होस् या त दिउँसो
    साँझ होस् या त राति
    एक्लैले होस् या त समूहले
    बादल, चट्याङ वा झरी परोस्
    या त क्षितिज रङ्गाई घाम
    उडेर होस् या त गुडेर
    आफ्नो केही वास्ता नगरी
    राष्ट्रको सेवामा समर्पितका लागि
    दसैँ : के दसैँ ?

    न बासका लागि
    आफ्नै सानो टहरो छ
    न गासको लागि थोरै अन्नपात
    न त कपासको लागि
    एक सर्काे वस्त्र नै शरीरमा
    छ त, मात्र एक मुठ्ठी सास
    यसरी,
    आर्थिक, सामाजिक, प्राकृतिक
    बिपत्तिको सामना गरिरहेका ती
    दुखी विपन्नवर्ग
    अनाथ, बेसहारा, उत्पीडित
    सर्वहारा, सुकुम्बासीका लागि
    दसैँ : के दसैँ ?

    न त प्रसन्न छ मन
    न त हर्षोल्लास नै
    मात्र, चाहना जमरासरि मौलाएको हुन्छ
    वेदनाको छट्पटीमा मन बहुलाएको हुन्छ
    न त परिवारमा शान्ति हुन्छ
    न त दीनदुखीको अनुहारमा कान्ति नै
    न त मनमा खुशीको आभास हुन्छ
    बिपत्को घडीसँग लडिरहेका ती
    लडाकुका लागि
    दसैँ : के दसैँ ?

    आऊ
    वर्गविभेद, वर्गसङघर्ष
    र, वर्गीय लडाइँको विरुद्ध हातेमालो गरौँ
    हातमा हात मिलाऔँ
    काँधमा काँध जोडाँ
    अनि, समाजवादतर्फ अघि बढौँ
    जहाँ,
    धनीगरिबको अन्तर नहोस्
    सानोठुलोको तुलना नहोस्
    पीडितलाई राहत मिलोस्
    बेसहाराले सहारा पाउन्
    धनीगरिबमाझको भेदभाव अन्त्य होस्
    जातिपाती छुवाछूतको सकियोस्
    हो, त्यति बेला मनाउँला
    वर्गीय माया साँचेर
    विजयोत्सवको दिन
    त्यो दसैँको दिन ।

    शनिबार, कार्तिक ०१, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ‘अग्निस्पन्दन’ कवितासङ्ग्रहको शल्यक्रिया
    आदर्शको पहाड
    रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न
    वीरेन्द्रभक्त श्रेष्ठले पाँचौँपटक जिब्रो छेड्ने
    लघुकथा : प्रकृति
    गजल

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ४.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    • ५.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ६.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    भर्खरै

    • १.
      ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

    • २.
      हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

    • ३.
      रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

    • ४.
      ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

    • ५.
      इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    • ७.
      सहकारीमा ठगीको जालो पुस्तक विमोचन

    • ८.
      दक्षिण फिलिपिन्समा सुरक्षाकर्मीसँगको झडपमा छ जना मारिए

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.