• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, असोज ०५, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

सहकारीमा ठगीको जालो पुस्तक विमोचन

दक्षिण फिलिपिन्समा सुरक्षाकर्मीसँगको झडपमा छ जना मारिए

आसियान आर्थिक बैठकमा दिगो वृद्धि र नवप्रवर्तनलाई प्राथमिकता

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ४. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ५. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ६. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ७. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ८. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

  • ९. सर्वदलीय बैठक जारी

  • १०. बाढीपीडितका लागि राहत सङ्कलन गर्दै लुधियानामा तिजी कार्यक्रम

चाडपर्व र श्रमिक नेपालीको पीडा


  •   शनिबार, कार्तिक ०१, २०७७ मा प्रकाशित
  • जनकराज पौडेल ।।

    Advertisement

    देशमा रोजगारको अभावले संसारका कुनाकाप्चामा श्रम बेच्न बाध्य नेपाली श्रमिकका लागि वर्षमा एक पटक आउने चाडपर्वले सधैँ मन कुडाउने गर्दछ । विदेशमा कडा श्रम, त्यसमाथि अनिश्चित र अपहेलित जीवन, साहुको दैनिक टर्चर, श्रमअनुसार वेतनमा अन्याय, झन्झटिला विदेशका ऐनकानुन, ज्ञानको अभाव एवम् चुनौतीको सामना गर्न अत्यन्तै गाह्रो र पीडादायी छन् । त्यसपछि घरको गरिबी र अभाव, पछिल्लो समय समाजमा उत्पन्न हुँदै आएको भड्किलो संस्कृति, त्यसले मानसिक रूपमा पार्दै आएको प्रभाव र सामान्य समस्या समाधान गर्न असफल हुँदाको हीनताबोधले गरिबका जीवन थप कष्टकर हुँदै आएको छ । वैदेशिक रोजगारीमा जाँदा दलाललाई बुझाइने चर्को ब्याजदरको ऋण, दलालद्वारा ठगिएका पीडा, सम्झौता र आश्वासन विपरीत श्रम र वेतनमा बदमासी, त्यसबाट भोग्नुपरेका दुःखकष्टको वर्णन गरिसाध्य छैन ।

    ती तमाम समस्यासँग पौठेजोरी खेल्दै हत्केलामा जीवन राखी घरपरिवार, बुढा बाबाआमा र साना लालाबालाको माया मनमा साँची नेपाली श्रमिकहरू विदेशमा जीवन ब्यतित गर्दै आएका छन् । त्यसमाथि अहिलेको परिस्थितिले विदेशमा श्रम गर्ने नेपाली मजदुरका लागि अरू असुरक्षित हुँदै भविष्य अनिश्चिततातर्फ धकेलिएको छ ।
    जब कोभिड–१९ कोरोना भाइरस महामारीको आतङ्क विश्वभरि फैलिँदै गयो, त्यसबाट ठुलो थप अभाव, अनिश्चितता, खासगरी असङ्गठित विदेशस्थित नेपाली मजदुरलाई पार्यो । त्यो परिस्थितिबाट विदेशमा श्रम गर्ने नेपाली मजदुर ठुलो मात्रामा प्रभावित हुँदै आए ।

    दैनिक ज्यालादारी श्रम गरी जीवकोपार्जन गर्दै आएका लाखौँ नेपाली श्रमिक रोजगारविहीन हुँदै विचल्लीमा पर्न पुगे । विदेशका कैयौँ स्थानमा पछिल्लो कष्टकर परिस्थितिले सिर्जना गरेको र समाधानको कुनै विकल्प नदेखी कमजोर मानसिकताको उपज आत्महत्याजस्ता पीडादायी घटना भएका छन् । ती घटना कमजोर मानसिकताका परिणाम हुन् । समस्या समाधानको विकल्पको रूपमा आत्महत्या रोज्नु दुखद पक्ष हो । यद्यपि पुँजीवाद र त्यसको प्रभावस्वरूप गरिबी र अभाव मुख्य कारण अवश्य हो, तथापि आत्महत्या समाधान होइन । समाधानको निकास त्यो बाटो हुनै सक्दैन ।

    कोरोना भाइरसको कारणले पछिल्लो समय ती श्रमिक घरनघाट भएको अवस्था छ । रोजगारी गुमाएका छन् । देश फर्कने परिस्थिति सहज छैन । यस्तो परिवेशमा आफ्ना नागरिकप्रति शासक गम्भीर भएको देखिएन ।

    राज्यका निकायद्वारा विभिन्न देशमा खडा गरिएका संयन्त्रले पनि श्रमिक नेपालीको समस्यालाई नजरअन्दाज गर्दै आएका छन् । यसरी विदेशमा श्रम गर्ने नेपालीको भविष्य असुरक्षित र अनिश्चित भएको छ ।

    दुःखकष्ट मनभित्र गुम्साउँदै विगतका वर्षमा झैँ प्रमुख चाड दसैँतिहारमा सम्भव भएसम्म श्रमिक नेपाली देश फर्किने लर्काे नै हुन्थ्यो । त्यसको एउटा प्रमुख कारण हो, गाउँघर, परिवार, सँगीसाथीसँग भेटघाट हुने सन्दर्भ दसैँतिहार हँुदै आएका छन् ।

    सम्भव भएसम्म विदेशमा कार्यरत नेपाली मजदुरमा देश फर्किने हुट्हुटी हुन्थ्यो । छुट्टी मिलाउन नसक्नेहरू मन कुडाउदै बस्नुपर्ने बाध्यता हुन्थ्यो । देशमा रहनेलाई भन्दा विदेशमा रहने नेपालीका निम्ति चाडपर्व महत्त्वपूर्ण हुन्छ । वर्षौंसम्म भेटघाट नभएका आफन्तजन, सँगीसाथी र घरपरिवार सँगै बस्नु, रमाइलो गर्न पाउनुले ठुलो महत्त्व राख्ने गर्दछ । त्यो मौका यिनै चाडपर्वले जुराइदिने गर्दछन् ।

    भारतमा कोरोना महामारीले रोजगार गुमाई पोकापुन्तुरा बोकी हजारौँ माइल पैदलयात्रापछि नेपाल पुगेका नेपाली मजदुर चाडवाडको मुखमा दलालद्वारा लुटिँदै पिटिँदै मजदुरीका लागि भारततिर लर्काे लागेका उदेकलाग्दा दृष्य छन् । उनीहरू सबैको एउटै स्वर छ कि हामी बेरोजगार भयौँ। दैनिक जीविका धान्न टार्न गाह्रो भयो ।

    जतिखेर भारतमा कोरोना समुदायमा फैलिएको थिएन, सुरुवात मात्र थियो, त्यसको नियन्त्रणका लागि देश बन्दाबन्दीमा गयो । होटल, रेस्टुरेन्ट, दैनिक रोजगारी बन्द भए । नेपाली मजदुरको मानसपटलमा नेपाल फर्किने एउटा मात्र निकास निस्कियो । त्यही कारण तमाम कष्ट ब्यहोर्दै देश फर्के ।

    अहिले भारतमा कोरोनाको सङ्क्रमण समुदायमा व्यापक छ । देश बन्दाबन्दीबाट बाहिर निस्कियो । सामान्य रूपमा होटल, रेस्टुरेन्ट, यातायात खुलेका छन् । यद्यपि सङ्क्रमण तीव्र छ । परिस्थिति सामान्य भएको छैन । रोजगार पाउन वा गर्न सहज छैन ।

    सधँै देश बन्दाबन्दी राख्न सम्भव थिएन । कोरोनाले भन्दा भोकमरीको समस्या जटिल हुने दृष्य सतहमा आएपछि भारत सरकार त्यो निर्णयमा पुग्न बाध्य भयो कि कोरोना महामारीसँगै जीवनयापन गर्नुको विकल्प रहेन ।

    नेपाल फर्किएका मजदुर एकातिर चाडवाडको मुखमा भारततर्फ रोजगारीको विकल्प देख्नु र लर्काे लाउने बाध्यता छ भने अर्कोतर्फ, भारतमा कोरोना सङ्क्रमितमा कमी आएको छैन । पहिला झैँ सामान्य प्रकारले रोजगार वा होटल व्यवसाय चलेका छैनन् । यहाँभन्दा विडम्बना नेपाली श्रमिकका लागि अरू के हुन सक्ला ? सहजै अनुमान गर्न सकिन्छ ।

    नेपाल सरकार श्रमिक नेपालीको बाध्यता र विवशताप्रति गैरजिम्मेवार हँुदै आएको छ । समाजवादउन्मुख भनिएको सरकारले विदेशबाट फर्किने आम नेपाली श्रमिकको सिप प्रयोग गर्ने वातावरण तयार पार्ने र देशमा नै रोजगारको व्यवस्थापन नगर्दासम्म देशको विकास असम्भव छ । यतातिर सरकारको ध्यान जानुपर्ने थियो, तर गएको छैन ।

    यस्तो विषम परिस्थितिमा सरकार भ्रष्टाचारी, अपराधी, दलाल, माफियाको संरक्षण र आसेपासेको भलोमा केन्द्रित भएको देखिन्छ । श्रमिक नेपालीको बारेमा सरकारबाट ठोस नीति आउँदैन; कार्यक्रम पनि छैन; अथवा देशमा रोजगारी सुनिश्चित गर्नेतर्फ गम्भीरता पनि छैन । सरकारको ध्यान त्यहाँ नपुग्दासम्म समृद्धि र सुखी नेपाली भन्ने कुरा त आकासको फल आँखा तरी मर भन्ने उखानजस्तै हुने छ ।

    शनिबार, कार्तिक ०१, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नेपाली राजनीति र नियति
    धर्मप्रति मजदुरको धारणा
    राष्ट्रिय सार्वभौमिकतासामु अमेरिकी हस्तक्षेप बढ्दो
    दाङबाङ : पहिचान, भूगोल र सम्भावना
    रसुवाबाढीसम्बन्धी २९ तथ्यको निष्कर्ष : ‘ग्लोबल वार्मिङ’ नियन्त्रण गरौँ
    हरेक चुनौतीको सामना गर्दै निरन्तर अगाडि बढ्नेछौँ

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ४.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    • ५.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ६.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    भर्खरै

    • १.
      ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

    • २.
      हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

    • ३.
      रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

    • ४.
      ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

    • ५.
      इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    • ७.
      सहकारीमा ठगीको जालो पुस्तक विमोचन

    • ८.
      दक्षिण फिलिपिन्समा सुरक्षाकर्मीसँगको झडपमा छ जना मारिए

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.