• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
बुधबार, असोज ०७, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

फेसबुक र इन्स्टाग्राममा ठगीविरुद्ध मेटाको अभियान, ३७ लाखभन्दा बढीमाथि कारबाही

युग दर्शनलाई शुभकामना

अमेरिका–इरान वार्तापछि तेलको मूल्य घट्यो

युगदर्शन डटकमको आठौँ वर्ष प्रवेशमा शुभकामना

युगदर्शन अनलाइनको आठौँ वर्ष प्रवेशमा हार्दिक बधाई तथा शुभकामना

भारी वर्षाको प्रक्षेपणपछि काभ्रेमा सचेतना

युरेनियम उत्खनन्‌बारे गम्भीर भुल नगरौँ

युगदर्शन तिमीलाई जन्मदिनको शुभकामना !

फुलमाया कुमालको सम्झनामा भिवाडीमा श्रद्धाञ्जली सभा

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ४. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ५. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ६. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • ७. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

  • ८. नेपाली राजनीति र नियति

  • ९. रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

  • १०. संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

मानवअधिकार उल्लंघनकर्तामाथि कारबाही नहुनु गम्भीर चिन्ताको विषय : मसाल


  •   शनिबार, कार्तिक ०१, २०७७ मा प्रकाशित
  • काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (मसाल) ले राष्ट्रिय मानवअधिकार आयोगले सार्वजनिक गरेको मानवअधिकार उल्लंघनकर्ताहरुको सूचीप्रति ध्यानाकर्षण भएको जनाएको छ । गम्भीर मानवअधिकारको उल्लंघन गर्नेहरुमाथि कारबाही नहुनुले भविष्यमा पनि मानवअधिकार उल्लंघनका घटना निरन्तर हुँदै जाने मसालले चिन्ता व्यक्त गरेको छ ।

    Advertisement

    शुक्रबार राष्ट्रिय मानवअधिकार आयोगले तत्कालिन सशस्त्र द्वन्द्वका क्रममा मानवअधिकार उल्लंघन गर्ने राज्य र तत्कालिन माओवादी पक्षका २८६ व्यक्तिहरुको नाम सार्वजनिक गरेको छ ।

    महामन्त्री मोहनविक्रम सिंहले शनिबार जारी गर्नुभएको वक्तव्यमा राष्ट्रिय मानवअधिकार आयोगको सिफारिस सरकारले कार्यान्वयन नगर्ने हो भने आयोगको औचित्यमाथि नै प्रश्नचिन्ह खडा हुने पनि स्पष्ट पार्नुभएको छ ।

    यस्तो छ वक्तव्य
    मानवअधिकार आयोगले सार्वजनिक गरेका मानवअधिकारको उल्लंघन गर्ने व्यक्तिहरुको सूचिप्रति ने.क.पा.(मसाल) को गम्भिर ध्यान आकर्षित भएको छ । त्यो सूचिले नेपालमा मानवअधिकारको अत्यन्त गम्भिर प्रकारले उल्लंघन भएको मात्र होइन, मानवअधिकार आयोगले बारम्बार ताकेता गर्दा पनि सरकारले त्यसबारे कारवाही नगरेको गम्भिर स्थितिलाई बताउँछ । त्यो अत्यन्त चिन्ता र क्षोभको कुरा हो । हामीले सरकारको त्यस प्रकारको कार्यशैलीको तीव्र शब्दमा आलोचना गर्दै मानव अधिकारको उल्लङ्घन गर्ने व्यक्तिप्रति तुरुन्त समोचित र न्यायपूर्ण कारवाही गर्नुपर्ने आवश्यकतामा जोड दिन्छौँ ।

    सरकारले मानवअधिकार उल्लंघनका जिम्मेवार व्यक्तिहरुप्रति किन कारवाही गरेन ? त्यसका लागि कुनै पहलकदमी पनि गरेन । त्यो सामान्य कुरा होइन । त्यो कुरा अतितसित मात्र होइन, आउने दिनहरुसँग पनि सम्बन्धित छ । त्यसको अर्थ यो हुन्छ कि त्यसप्रकारका घटनाहरु भइरहन्छन् तर सरकारले त्यसप्रति कुनै ध्यान दिन्न र मानवअधिकारको उल्लङ्घन गर्ने व्यक्तिहरुलाई पुरै स्वतन्त्रता मिलिरहन्छ । त्यो कार्यबाट मानवअधिकार आयोगको औचित्यताबारे पनि प्रश्न उठ्दछ । यदि आयोगले दिएका सुझावहरुमाथि सरकारले कुनै ध्यान नदिने हो भने त्यो आयोगको अर्थ र औचित्य के रह्यो ? मानवअधिकारको त्यस प्रकारको गम्भिर प्रकारको उलङ्घन र त्यस सम्बन्धी सरकारको गैर जिम्मेवार कार्य प्रणालीबारे ने.क.पा. (मसाल)ले सम्पूर्ण न्यायप्रेमी जनताको ध्यान आकर्षित गर्न चाहान्छ ।

    कोरोना भाइरसले देशमा गम्भिर प्रकारको सङ्क्रामक रुप लिँदै गइरहेको छ । त्यस सम्बन्धी सरकारको कार्यप्रणाली सन्तोषजनक, प्रभावशाली रहेको देखिन्न । सङ्क्रमितहरुको परिक्षा, क्वारेनटिन, आईसोलेसन बेड, उपचार, कोरोना भाइरसको सङ्क्रमणले पीडित व्यक्तिहरुलाई राहत तथा कोरोना भाइरसले अस्तव्यस्त आर्थिक, सामाजिक वा शैक्षिक व्यवस्थामा नियन्त्रण तथा सुधारका लागि दिर्घकालिन योजना समेतबारे सरकारले समुचित प्रकारले ध्यान दिएको पाइन्न । यो अत्यन्त गम्भिर प्रकारको स्थिति हो । त्यसबारे पनि हामीले सम्पूर्ण जनताको ध्यान आकर्षित गर्न चाहान्छौँ।

    यो पनि हेर्नुहोस् : यी हुन् मानवअधिकार उल्लंघनकर्ता राज्य र तत्कालिन माओवादी पक्षका २८६ जना

    शनिबार, कार्तिक ०१, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    फेसबुक र इन्स्टाग्राममा ठगीविरुद्ध मेटाको अभियान, ३७ लाखभन्दा बढीमाथि कारबाही
    अमेरिका–इरान वार्तापछि तेलको मूल्य घट्यो
    युगदर्शन डटकमको आठौँ वर्ष प्रवेशमा शुभकामना
    युगदर्शन अनलाइनको आठौँ वर्ष प्रवेशमा हार्दिक बधाई तथा शुभकामना
    भारी वर्षाको प्रक्षेपणपछि काभ्रेमा सचेतना
    युरेनियम उत्खनन्‌बारे गम्भीर भुल नगरौँ

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ४.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    • ५.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    भर्खरै

    • १.
      फेसबुक र इन्स्टाग्राममा ठगीविरुद्ध मेटाको अभियान, ३७ लाखभन्दा बढीमाथि कारबाही

    • २.
      युग दर्शनलाई शुभकामना

    • ३.
      अमेरिका–इरान वार्तापछि तेलको मूल्य घट्यो

    • ४.
      युगदर्शन डटकमको आठौँ वर्ष प्रवेशमा शुभकामना

    • ५.
      युगदर्शन अनलाइनको आठौँ वर्ष प्रवेशमा हार्दिक बधाई तथा शुभकामना

    • ६.
      भारी वर्षाको प्रक्षेपणपछि काभ्रेमा सचेतना

    • ७.
      युरेनियम उत्खनन्‌बारे गम्भीर भुल नगरौँ

    • ८.
      युगदर्शन तिमीलाई जन्मदिनको शुभकामना !

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.