तिलक थापा, बागलुङ ।
अखिल नेपाल युवक संघ राङखानीको प्रशिक्षण शुक्रबार द्वारेबासमा सम्पन्न भएको छ । कार्यक्रममा अखिल नेपाल युवक संघका पूर्व केन्द्रीयअध्यक्ष तथा राष्ट्रिय जनमोर्चा राष्ट्रिय परिषद् सदस्य तिलक थापा, राष्ट्रिय जनमोर्चाका नेता तथा गण्डकी प्रदेश मामिला सभापति कृष्ण थापा, राजमो जिल्ला अध्यक्ष अमर थापा, उपाध्यक्ष धर्म कुँवर लगायत नेताहरुले प्रशिक्षण दिनु भएको थियो ।
त्यस अवसरमा युवक संघका पूर्व अध्यक्ष तिलक थापाले युवाहरुलाई विदेश पठाएर कमाएको रेमिट्यान्सले कुनै पनि देश समृद्ध हुन नसक्ने बताउनुभयो ।
उहाँले सरकारले रोजगार गुमाएका युवाहरुलाई समेत सम्बोधन गर्न नसकेको अवस्थामा युवाहरुलाई संगठित प्रकारले परिवर्तनको पक्षमा अग्रसर हुन आग्रह गर्नु भयो ।
कार्यक्रममा अखिल नेपाल जनजाती सम्मेलनका पुर्व केन्द्रीय सल्लाहकार नर बहादुर पुन, राष्ट्रिय जनमोर्चा जैमिनीका सदस्य होम बहादुर पुन, राष्ट्रिय जनमोर्चा राङखानीका अध्यक्ष टीका आचार्य, जैमिनी कार्यपालिका सदस्य तथा अखिल नेपाल महिला संघका दिल कुमारी पुन लगायतको आतित्थ्यता रहेको थियो ।
कार्यक्रम वडा समितिका अध्यक्ष वीर बहादुर पुनको अध्यक्षत, धन बहादुर थापाको सञ्चालन र जैमिनी नगर अध्यक्ष यम पुनको स्वागत मन्तब्यमा सम्पन्न भएको थियो ।