• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
बुधबार, असोज ०७, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

ट्रम्पद्वारा अमेरिका–इरान संवादलाई प्राथमिकता, शान्तिपूर्ण समाधानको प्रयास

फेसबुक र इन्स्टाग्राममा ठगीविरुद्ध मेटाको अभियान, ३७ लाखभन्दा बढीमाथि कारबाही

युग दर्शनलाई शुभकामना

अमेरिका–इरान वार्तापछि तेलको मूल्य घट्यो

युगदर्शन डटकमको आठौँ वर्ष प्रवेशमा शुभकामना

युगदर्शन अनलाइनको आठौँ वर्ष प्रवेशमा हार्दिक बधाई तथा शुभकामना

भारी वर्षाको प्रक्षेपणपछि काभ्रेमा सचेतना

युरेनियम उत्खनन्‌बारे गम्भीर भुल नगरौँ

युगदर्शन तिमीलाई जन्मदिनको शुभकामना !

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ४. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ५. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ६. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • ७. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

  • ८. नेपाली राजनीति र नियति

  • ९. रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

  • १०. संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

आचारसंहिता पालना नभए संयुक्त आन्दोलन खण्डित हुनसक्छः मसाल


  •   शुक्रबार, असोज ३०, २०७७ मा प्रकाशित
  • काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (मसाल) ले संयुक्त आन्दोलनको आचारसंहिता, सहमति र निर्णय पालना गर्न २१ दल तथा संगठनका सम्बद्ध पक्षहरुसँग आग्रह गरेको छ । बिहीबार काठमाडौंको माइतीघर मण्डलामा भएको प्रदर्शनका संयुक्त कार्यक्रममा लगाइएका नाराबारे नेकपा (मसाल)ले गम्भीर ध्यान आकर्षित भएको जनाएको छ ।

    Advertisement

    सो कार्यक्रममा सहमति र निर्णय भन्दा बाहिरका कतिपय नारा पनि दिइएकोले भन्दै उक्त विषय संयुक्त आन्दोलनको आचारसंहिता र निर्णयसँग मेल नखाने कुरा मसालले जनाएको छ ।

    शुक्रबार वक्तव्य प्रकाशित गरी प्रवक्ता रामप्रकाश पुरीले ‘आचारसंहिताको पालना हुन नसकेमा संयुक्त आन्दोलनको लागि भएको कार्यगत एकता र भावना खण्डित’ हुन सक्ने भन्दै त्यसबाट संयुक्त आन्दोलनको उद्देश्य अगाडि बढ्न नसक्ने स्पष्ट पार्नुभएको छ ।

    वक्तव्यमा भनिएको छः
    ‘२०७७ असोज २९ गते २१ वटा राजनीतिक संगठनको संयुक्त कार्यक्रममा लगाइएका नाराबारे नेपाल कम्युनिस्ट पार्टी (मसाल)को गम्भीर ध्यान आकर्षित भएको छ ।

    उक्त कार्यक्रममा सहमति र निर्णय भन्दा बाहिरका कतिपय नारा पनि दिइएकोले उक्त विषय संयुक्त आन्दोलनको आचारसंहिता र निर्णयसँग मेल नखाने कुरा स्पष्ट छ । हामीले सम्बन्धित सबै पक्षहरुको त्यसतर्फ ध्यान आकर्षित गर्दछौँ ।

    संयुक्त आन्दोलनमा सहभागी संगठनहरुको सहमति र निर्णय अनुसार नै सम्बन्धित पक्षहरुले संयुक्त आन्दोलनको सन्दर्भमा आफ्नो व्यवहार प्रस्तुत गर्नुपर्दछ भन्ने हाम्रो दृढ मान्यता छ ।

    संयुक्त आन्दोलनको लागि तय भएका नारा, प्रस्तुत गरिने विषय, धारणा वा जिम्मेवारी आदिबारे सहमति र निर्णय अनुसार सबै पक्षले आचारसंहिताको पालना गर्नु आवश्यक हुन्छ । संयुक्त आन्दोलन सहमतिको आन्दोलन भएकोले यसलाई सफल र सुदृढ बनाउनका लागि संयुक्त रुपमा भएका निर्णय र सहमतिको सीमाभित्र रहनु नै सबै भन्दा महत्वपूर्ण आचारसंहिता हो।

    उक्त आचारसंहिताको पालना हुन नसकेमा संयुक्त आन्दोलनको लागि भएको कार्यगत एकता र भावना खण्डित हुन्छ र त्यसबाट संयुक्त आन्दोलनको उद्देश्य अगाडि बढ्न सक्दैन ।

    त्यसैले संयुक्त आन्दोलनलाई निरन्तरता दिनाको लागि सहमति, निर्णय र आचारसंहिताप्रति प्रतिवद्ध रहन हामीले सम्बन्धित सबैको ध्यान आकर्षित गर्दछौँ ।’

    यो पनि : सीपी गजुरेलको वक्तव्यप्रति मसालको ध्यानाकर्षण, सहमति बाहेकका विषय समावेश नगर्न आग्रह

    शुक्रबार, असोज ३०, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ट्रम्पद्वारा अमेरिका–इरान संवादलाई प्राथमिकता, शान्तिपूर्ण समाधानको प्रयास
    फेसबुक र इन्स्टाग्राममा ठगीविरुद्ध मेटाको अभियान, ३७ लाखभन्दा बढीमाथि कारबाही
    अमेरिका–इरान वार्तापछि तेलको मूल्य घट्यो
    युगदर्शन डटकमको आठौँ वर्ष प्रवेशमा शुभकामना
    युगदर्शन अनलाइनको आठौँ वर्ष प्रवेशमा हार्दिक बधाई तथा शुभकामना
    भारी वर्षाको प्रक्षेपणपछि काभ्रेमा सचेतना

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ४.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    • ५.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    भर्खरै

    • १.
      ट्रम्पद्वारा अमेरिका–इरान संवादलाई प्राथमिकता, शान्तिपूर्ण समाधानको प्रयास

    • २.
      फेसबुक र इन्स्टाग्राममा ठगीविरुद्ध मेटाको अभियान, ३७ लाखभन्दा बढीमाथि कारबाही

    • ३.
      युग दर्शनलाई शुभकामना

    • ४.
      अमेरिका–इरान वार्तापछि तेलको मूल्य घट्यो

    • ५.
      युगदर्शन डटकमको आठौँ वर्ष प्रवेशमा शुभकामना

    • ६.
      युगदर्शन अनलाइनको आठौँ वर्ष प्रवेशमा हार्दिक बधाई तथा शुभकामना

    • ७.
      भारी वर्षाको प्रक्षेपणपछि काभ्रेमा सचेतना

    • ८.
      युरेनियम उत्खनन्‌बारे गम्भीर भुल नगरौँ

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.