• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

भुजमा मूल प्रवाहको नगर समिति गठन

नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

गुजरातको मोर्बीमा मूल प्रवाहको नगर समिति गठन

एमबीएसको प्रश्नपत्र आउट गर्ने दुई जना पक्राउ

नीट पेपर लीक आन्दोलनपछि धर्मेन्द्र प्रधानको राजीनामाः किन झुक्न बाध्य भयो भारत सरकार ?

मध्यावधि चुनावमा ट्रम्पको परीक्षा, मतदान हुन १०० दिन बाँकी

एडीएफका दुई आक्रमणमा ३२ जना सर्वसाधारण मारिए

मिलाइल सकिन थालेपछि अमेरिकाले रोक्यो इरान विरुद्धको आक्रमण

यात्रीलाई बासी खाना खुवाउने होटललाई २५ हजार जरिवाना

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. अब मृत्युपछि पनि कर लाग्ने

राष्ट्रियता, जनतन्त्र र जनजीविकाको पक्षमा २१ राजनीतिक दल तथा संघसंस्थाको विरोध प्रदर्शन


  •   बिहिबार, असोज २९, २०७७ मा प्रकाशित
  • प्रकाश थापा मगर ।।

    Advertisement

    काठमाडौँ । राष्ट्रियता, जनतन्त्र र जनजीविकाको विषयमा नेकपा (मसाल) सहित २१ राजनीतिक दल तथा सङ्घसंस्थाले विरोध प्रदर्शन गरेका छन् । २०७७ असोज २९ गते राजधानीको माइतीघर मण्डलामा जम्मा भएर उनीहरूले विरोध प्रदर्शन गरेका हुन् ।

    कार्यक्रमको बारेमा प्रतिक्रिया दिँदै नेकपा (मसाल) का प्रवक्ता रामप्रकाश पुरीले एमसिसीलगायत देशको राष्ट्रियता, स्वाधीनता र भ्रष्टाचारको विरुछद्ध आफूहरूले आन्दोलन चलाउँदै आएको जानकारी दिनुभयो । ‘देशको राष्ट्रियता, स्वाधीनता, भ्रष्टाचारका विरुद्ध हामीले आवाज उठाउँदै आएका छौँ’ उहाँले अगाडि भन्नुभयो– ‘लिम्पियाधुरा–लिपुलेकमा सीमा अतिक्रमण, एमसिसीको खारेजी र कोरोना सङ्क्रमणको सन्दर्भमा सरकारको उदासिनताबारे पनि हामीले आवाज उठाएका छौँ ।’

    उहाँले गत विभिन्न समयमा कहिले नौ त, कहिले ११ हुँदै अहिले २१ राजनीतिक दल तथा सङ्घसंस्थाको आयोजनामा संयुक्त आन्दोलन चलिरहेको बताउनुभयो । कोरोना महामारीका विरुद्ध, भ्रष्टाचारको विरुद्ध तथा प्रवासी र पिछडिएका विभिन्न तहतप्काको पक्षमा सरकारले ठोस योजना बनाउन नसकेको बताउँदै उहाँले अगाडि भन्नुभयो– ‘सरकारको यस खालको ढिलासुस्तीका विरुद्ध सशक्त आन्दोलन उठान गर्नुपर्ने आवश्यकता छ; तर अहिलेको कोरोना महामारीका कारण आन्दोलन उठान गर्न सकिएको छैन ।’ उहाँले थप्नुभयो– ‘परिस्थिति अनुकूल हुँदासाथ हामी आन्दोलन अगाडि बढाउने छौँ ।’

    कार्यक्रममा वक्ताहरूले औपचारिक सम्बोधन नगरे पनि विरोधस्वरूप नाराबाजी गरिएको थियो । त्यस क्रममा सहभागीहरूले एक घण्टासम्म अतिक्रमणकारी भारतीय सेना कालपानी छोड, एमसिसी चाहिँदैन—देश बेच्न पाइँदैन, लिम्पियाधुरा–लिपुलेक समावेश भएको पाठ्यपुस्तक वितरण गर, पिसिआर टेस्ट निःशुल्क गर, कोरोनाको नाममा भएका भ्रष्टाचारका घटनाको छानबिन गर, भ्रष्टाचारीमाथि कारबाही गर, देशभक्त क्रान्तिकारी शक्तिहरू एक हौँ, २१ दलीय एकता जिन्दावादलगायतका नारा लगाइएको थियो ।

    कार्यक्रममा नेकपा (मसाल) का प्रवक्ता रामप्रकाश पुरी, नेकपा (क्रान्तिकारी–माओवादी) का पिबिएम दिनेश शर्मा, राष्ट्रिय जनमोर्चाका महासचिव जनकराज शर्मा, देशभक्त जनगणतान्त्रिक मोर्चाका पवनमान श्रेष्ठ, नेकपा (माले) स्थायी समितिका सदस्य डम्बर श्रेष्ठ, जनसमाजवादी पार्टीका उपमहासचिव डम्बर श्रेष्ठ, नेकपा (माक्र्सवादी) का अच्युत ज्ञवाली, नेपाल कम्युनिस्ट पार्टीका रत्न जोशी, राष्ट्रिय जागरण मञ्चका संयोजक गुणराज लोहनी, राष्ट्रिय जागरण परिषद्का सूर्य रेग्मी, वैज्ञानिक समाजवादी पार्टीका धनकुमारी सुनार, सर्वहारा कम्युनिस्ट पार्टी (माओवादी) की भावना विद्रोहीलगायतका नेता–कार्यकर्ताको उपस्थिति रहेको थियो ।

    विरोध प्रदर्शनको आयोजना नेकपा (मसाल), नेकपा (क्रान्तिकारी–माओवादी), राष्ट्रिय जनमोर्चा, देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपाल कम्युनिस्ट पार्टी, नेकपा (माओवादी–केन्द्र), राष्ट्रिय जागरण मञ्च, जनसमाजवादी पार्टी, नेकपा (संयुक्त), राष्ट्रिय जागरण परिषद्, वैज्ञानिक समाजवादी पार्टी, नेकपा (बोल्सेभिक), राष्ट्रवादी केन्द्र नेपाल, एमसिसी खारेज अभियान, पुष्पलाल अध्ययन समाज, सर्वहारा कम्युनिस्ट पार्टी (माओवादी), माक्र्सवादी एकता अभियान, नेकपा (माक्र्सवादी), नेकपा माक्र्सवादी (पुष्पलाल) र नेकपा (माओवादी) ले गरेका थिए ।

    बिहिबार, असोज २९, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    भुजमा मूल प्रवाहको नगर समिति गठन
    नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन
    गुजरातको मोर्बीमा मूल प्रवाहको नगर समिति गठन
    एमबीएसको प्रश्नपत्र आउट गर्ने दुई जना पक्राउ
    नीट पेपर लीक आन्दोलनपछि धर्मेन्द्र प्रधानको राजीनामाः किन झुक्न बाध्य भयो भारत सरकार ?
    मध्यावधि चुनावमा ट्रम्पको परीक्षा, मतदान हुन १०० दिन बाँकी

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      भुजमा मूल प्रवाहको नगर समिति गठन

    • २.
      नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

    • ३.
      गुजरातको मोर्बीमा मूल प्रवाहको नगर समिति गठन

    • ४.
      एमबीएसको प्रश्नपत्र आउट गर्ने दुई जना पक्राउ

    • ५.
      नीट पेपर लीक आन्दोलनपछि धर्मेन्द्र प्रधानको राजीनामाः किन झुक्न बाध्य भयो भारत सरकार ?

    • ६.
      मध्यावधि चुनावमा ट्रम्पको परीक्षा, मतदान हुन १०० दिन बाँकी

    • ७.
      एडीएफका दुई आक्रमणमा ३२ जना सर्वसाधारण मारिए

    • ८.
      मिलाइल सकिन थालेपछि अमेरिकाले रोक्यो इरान विरुद्धको आक्रमण

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.