दुर्गानाथ खरेल ।।
राजनीति वर्गीय अन्तरविरोधको खेल हो । समाजका सम्पन्नवर्ग र विपन्नवर्गमध्ये एउटा वर्गले सत्ता सञ्चालन गरेको हुन्छ र अर्को वर्ग त्यसको प्रतिपक्ष भई राजनीति चलिरहेको हुन्छ । सत्तापक्ष र प्रतिपक्षको अन्तरविरोध कहाँ र के के विषयमा छ ? पत्ता लगाउँदै जाँदा थाहा हुन्छ, प्रतिपक्ष भनिए पनि ऊ सत्तापक्षकै सहयोगी हो र प्रतिपक्ष भनिए पनि सत्तापक्ष नै हो ।
राजनीति गर्ने व्यक्तिको मुख्य काम अन्तरविरोधको ठिक अवस्था पहिचान गर्ने हो । अन्तरविरोधको अवस्था पत्ता नलगाई राजनीति गर्छु भन्दा एकता र सङ्घर्षको सही स्थिति पत्ता लाग्दैन । त्यो नभए आफ्नो उद्देश्य पूरा हुन्न ।
एउटा बच्चा झगडा गर्छ । ऊसँगको अन्तरविरोध मिटाइदिएपछि समाप्त हुन्छ । ठिक त्यसै गरेर राजनीतिक पार्टीस“गको अन्तरविरोध पत्ता लगाएपछि मात्र समाधानको सही उपाय निस्कन्छ ।
आमूल परिवर्तनको राजनीति गर्ने राजनैतिक पार्टीले अन्तरविरोधको अवस्था ठिकसँग पत्ता लगाउन नसके उग्र वामपन्थी वा दक्षिणपन्थी कमजोरी हुन जान्छ । अवसरको फाइदा उठाउनका लागि राजनीति गर्ने पार्टीका लागि अवसर खोज्ने मुख्य काम भएजस्तै आमूल परिवर्तनको राजनीति गर्ने पार्टीका लागि अन्तरविरोधको सही स्थिति पत्ता लगाएर आफ्नो शत्रु र मित्रशक्तिसँग सङ्घर्ष र एकता गर्नुपर्ने आवश्यकता पत्ता लगाएर सङ्घर्ष गर्ने काम मुख्य हो ।
वर्तमान राज्यसत्तामा धेरै राजनीतिक पार्टीमध्ये धेरैले सत्तापक्षकै पक्षपोषण गरिरहेका हुन्छन् । शत्रुलाई शत्रुको स्थानमा र मित्रलाई मित्रको स्थानमा राखेर उनीहरूसँगको व्यवहार निश्चित गर्नका लागि पनि अन्तरविरोधको स्थिति पत्ता लगाउनैपर्ने हुन्छ ।
आफ्नो कार्यकर्तालाई व्यक्तिगत सहुलियत दिने गर्दा भ्रष्टाचार बढाएर भए पनि आफ्नो पार्टीले त्यही काम गरिरहने धेरै राजनीतिक पार्टी छन् । उनीहरूले सत्तापक्ष वा प्रतिपक्ष जे भने पनि उनीहरू वर्तमान व्यवस्थाका पक्षपोषक भएको हुनाले उनीहरूस“गको नीति त्यसैअनुसार निश्चित गर्न नसक्ने हो भने आमूल परिवर्तनका लागि राजनीति गर्ने पार्टीले आप्mना गतिविधि सही तरिकाले अघि बढाउन सक्दैन ।
आमूल परिवर्तनको राजनीति दीर्घकालीन प्रकृतिको र निरन्तर गरिरहनुपर्ने काम हो । यो अस्तित्वका लागि सङ्घर्ष गर्ने काम हो । अस्तित्व पनि वर्गीय अस्तित्व स्थापित गराएर अगाडि बढाउने काम हो । वर्गीय अस्तित्व बिना समाजमा स्थापित हुन, प्रतिपक्षको भूमिकामा रहन, शासितवर्गबाट शासकवर्गमा स्थापित हुन र शासकवर्गको हैसियतमा आफ्ना उद्देश्य पूरा गर्दै अगाडि बढ्न सकिन्न । त्यसकारण अस्तित्वको लडाइँमा वर्गीय स्थान निश्चित गर्दै अगाडि बढ्नुपर्छ । आफ्नो अस्तित्व स्थापित हुनुभन्दा पहिले गर्भावस्था कायम राख्नु पनि अन्तरविरोध सञ्चालन गर्न मित्रशक्तिको आड लिनैपर्ने हुन्छ ।
वर्गीय सङ्घर्ष वर्गले लड्ने लडाइँ हो । वर्गको अस्तित्व हुनुभन्दा पहिले उसलाई स्थापित गराउने वर्गमित्रशक्ति भए मात्र उसको अस्तित्व स्थापित हुन्छ ।
पु“जीवादी र समाजवादी व्यवस्था परस्पर विरोधी व्यवस्था हुन्; तर सामन्तीकालमा पु“जीवादी व्यवस्था प्रगतिशील व्यवस्था भएकाले त्यसले सर्वहारा वर्गलाई उत्पादन गरेपछि मात्र सर्वहारा वर्ग प्रगतिशील र पु“जीपति प्रतिगामी वर्गको रूपमा स्थापित हुने हो ।
दर्शनले प्रत्येक वस्तुमा आफैले आपूmलाई समाप्त पार्ने प्रगतिशील शक्ति उत्पादन गरिरहेका हुन्छन् भन्ने मान्यता राख्दछ । त्यही कुराबाट पनि सर्वहारा वर्ग पुँजीपति वर्ग समाजको प्रगतिशील वर्ग हुँदाखेरि पनि शोषकवर्ग त हुने नै भयो । शोषितवर्गले त्यतिखेर पनि त्यसको विरोध गर्दै सर्वहारा वर्गलाई आफ्नो पक्षमा सङ्गठित गर्ने काम त्यतिखेरका शोषितवर्गको जिम्माको काम हो ।
परस्पर विरोधी पक्ष एकै ठाउँमा मिलेका हुन्छन् । उनीहरूको उद्देश्य नै विरोधी भएको हुनाले एकताको अस्तित्वस“गै विरोध हुन्छ । उनीहरूको गन्तव्य परस्पर विरोधी दिशातिर हुने हुनाले गति पैदा भएको हो । त्यसकारण अन्तरविरोधको स्थिति सही किसिमले ठम्याउनु राजनैतिक पार्टीको काम हो ।
अहिले देशमा पु“जीवादी व्यवस्था स्थापना भएको छैन । एकातिर, सामन्ती व्यवस्थाका विरुद्ध, अर्कोतिर, औपनिवेशिक व्यवस्थाका विरुद्ध राष्ट्रियताको लडाइँ लड्नु अहिलेको अवस्था हो । राष्ट्रियताको लडाइँ यो देशका सबै नागरिक एक भएर लड्ने लडाइँ हो ।
राजनीति कसैलाई कर लगाएर गर्न लगाइने काम होइन । कि उसका आवश्यकता पुर्याउनुपर्छ, कि उसको राजनैतिक चेतनास्तर उच्च बनाइदिनुपर्छ । ती दुवै उसलाई स्वतन्त्रता दिएर पेशा छनौट गर्न लगाउने काम हुन् ।
अर्को पनि एउटा तरिका छ; त्यो हो– उसको पिछडिएको चेतनाबाट हरदम फाइदा उठाइरहने; उसलाई उसका समस्या समाधानमा अवरोध खडा गरिदिने; उसका अगाडि–पछाडि र दायाँबाँयाका समस्या समाधान गर्ने उसका तरिका काम नलाग्ने गरी अवरोध खडा गरेर उसलाई चल्न नसक्ने बनाएपछि ऊ आत्तिन्छ । त्यही अवसरमा आफ्नो मातहतमा चल्ने गरी समाधान (बन्धन पार्ने काम) गरिदिने । त्यस्तै तरिकामा निरन्तर मातहत पारिरहनु पनि राजनीति गर्ने आधुनिक तरिका हुने गर्दछ । यो तरिका अवसरवादीहरूको तरिका हो ।
यो तरिका निरन्तर कायम रहनमा इश्वरीय शक्ति, भाग्य, अर्को अघिल्लो जुनि र धर्मजस्ता काल्पनिक कुराले साथ दिन्छन् र सहयोग गर्छन् । त्यस्तो अवस्थाको अन्तरविरोध पत्ता लगाउन उसको चेतनामा आमूल परिवर्तन गराउनुपर्छ । अध्ययन–अध्यापन र व्यवहारका साथै प्रमाण जुटाउनसमेत सक्षम बनाउनुपर्छ ।
सर्वसाधारण जनताको आदर्शवादी चिन्तनबाट फाइदा उठाएर धेरै नेताहरू अस्तित्वमा आउने र साधनश्रोतको दुरूपयोग गर्ने मुख्य कारण बनेको छ । यही परम्परागत संस्कृति भएको हुनाले कम्युनिस्ट पार्टीको सदस्य सर्वसाधारण जनता बन्न नसक्ने र कार्यकर्ताको आधारमा पार्टी चलाउनुपर्ने हुन्छ । त्यस्तो अवस्थामा आफ्ना कार्यकर्ताको चेतनास्तर उच्च बनाउन पार्टीले निरन्तर प्रयत्न गर्नुपर्छ र जनताले तिनीहरूको व्यवहारबाट राजनीति सिक्छन् ।
जनता–जनताबिचको अन्तरविरोध मैत्रीपूर्ण तरिकाबाट प्रमाणका आधारमा र प्रचलित नियम–कानुनअनुसार नै समाधान गर्नुपर्छ । राजनैतिक पार्टीमध्ये मित्रशक्तिसँगको अन्तरविरोध एकता–सङ्घर्ष–एकताको आधारमा अथवा एकता गर्ने उद्देश्यसहित छलफल सुरु गर्ने र अस्तित्वका लागि सङ्घर्ष गरे पनि फेरि एकताका लागि प्रयत्न गर्ने गर्नुपर्छ । शत्रुशक्तिबिच सङ्घर्षलाई अझै उच्चस्तरमा पुराउनु र सामूहिक समस्यामा बेलाबखत् एकता पनि गर्नसक्ने अवस्था बनाउनुपर्छ । त्यो भनेको सङ्घर्ष प्रधान पक्ष र एकता गौण पक्ष हुने गरी अन्तरविरोध चलाउनुपर्छ ।
राजनीतिक पार्टी सञ्चालनको मुख्य काम नेता, कार्यकर्ता र जनतासँग सम्बन्ध कायम गर्दा तिनीहरूको अलग–अलग र सामूहिक रूपका अन्तरविरोधको अवस्था पत्ता लगाएर त्यसैअनुसार आफ्नो व्यावहारिक सम्बन्ध कायम गर्ने हो । अवसरवादी राजनीति गर्नेका लागि नियम मिचेर अथवा आफ्नो वर्चस्व प्रदर्शन जुनसुकै तरिकाबाट भए पनि कायम गरेर धाकरवाफ, धक्कु आदिको प्रयोग गर्ने नै हो । समग्रमा व्यक्तिको शोषण र अन्याय सहन सक्ने क्षमता बढाइदिने नै हो । त्यसको विपरीत आमूल परिवर्तनको राजनीति गर्नेहरूले वर्गसङ्घर्षको वैज्ञानिक प्रयोग गर्न, अन्तरविरोधको अवस्था बुझ्न जनतासँग जाने र समाधानको उपाय पत्ता लगाउन माक्र्स, एङ्गेल्स, लेनिन, स्टालिन र माओका रचना अध्ययन गर्ने नै हो । उनीहरू पाँचै जना वर्गसङ्घर्ष र राज्यसत्ता तथा वैज्ञानिक समाजवादका प्रयोगकर्तासमेत भएको हुनाले उनीहरूको अनुभव र योग्यतालाई सिधा सिधा वर्तमान समाजमा लागु गर्न प्रयत्न गर्ने हो र मार्गदर्शक सिद्धान्त मानेर थप योगदान पुराउने वर्तमानका अनुयायीको कर्तव्य हो । संस्थापक नेता माक्र्स र एङ्गेल्सको योग्यतामा कुनै बङ्गाउने काम नगरिकन अनुयायी तीन नेताले थप योगदान गरेका हुन् । उनीहरूको योग्यतामा होइन, आफ्नो योग्यतामा शङ्का गर्नुपर्छ ।
नेपाली समाज पश्चिमा समाजभन्दा राजनीतिक र सांस्कृतिक हिसाबले धेरै पिछडिएको अवस्थामा छ । यही अवस्थाको अन्तरविरोधको अध्ययन र निकास पत्ता लगाएर आफ्नो योग्यता प्रदर्शन गर्ने हो । पिछडिएको समाजको अवस्था थाहा पाएर अवसरको फाइदा उठाउनतिर भन्दा चेतनास्तर उकासेर न्यायको पक्षमा काम गर्नसक्ने कार्यकर्तामार्फत जनताको मुक्तियुद्धमा आफ्नो योगदान थप्नुपर्छ । कम्युनिस्ट पार्टीको कार्यकर्ताको काम वर्तमानमा मात्र सही ठहर्नेभन्दा भविष्यमा झन् सही ठहर्ने व्यवहार प्रदर्शन गर्न र अध्ययन–अनुभव बटुल्न प्रयत्न गर्ने हो । आफ्ना कमजोर बौद्धिक क्षमता र योग्यता तथा अनुभवलाई प्रमुखता दिँदा आमूल परिवर्तनमा नकारात्मक प्रभाव पर्न जान्छ ।
अन्धविश्वास र अन्तरविरोध एउटै कुरा होइनन । सर्वप्रथम अन्धविश्वास हटाएपछि मात्र अन्तरविरोधको वास्तविक रूप देखा पर्छ ।
न्धविश्वासको ठाउँमा प्रमाणसहतिको विश्वास गर्ने अभ्यास सुरु गरेपछि मात्र उद्देश्य निश्चित गर्ने, विरोधका सामना गर्ने र उद्देश्य पूरा गर्न निरन्तर लाग्ने काम सुरु हुन्छ । अलौकिक शक्तिमाथि विश्वास गर्नाले आफ्नो कर्तव्य, आप्mनो क्षमता, आफ्नो उद्देश्य र आफ्नो अधिकारलाई ओझेलमा पारेर आफूलाई केही गर्न नसक्ने तथा अरूले नै सबै चिज गरिदिनुपर्ने; अथवा आफ्नो काम अन्याय र थिचोमिचो सहने क्षमता बढाउने मात्रमा सीमित गराउँछ । सङ्गठनको महत्त्व र सङ्गठित हुने आवश्यकताका साथै आफू एउटा सदस्यको हैसियतमा जिम्मा पूरा गर्दै गर्दा आमूल परिवर्तन हुनसक्ने भौतिकवादी विचारमा तगारो लगाइन्छ ।
मानव चेतना मानव इतिहाससँग सम्बन्धित भएको र मानव समाजमा अन्धविश्वासका ठुला ठुला प्रयोग गर्दै आएको हुनाले पनि समाजमा आमूल परिवर्तन गराउने काम धेरै जटिल भएको हो । अन्धविश्वासबाट व्यक्तिगत सम्पत्ति थप्न र मान्छेले मान्छेमाथि शोषण–उत्पीडन थप्न, उत्पीडित व्यक्तिको अन्याय–अत्याचार सहन सक्ने क्षमता बढाउने तरिका सबैभन्दा उत्तम तरिका भएकाले समाजमा अन्धविश्वास व्यापक रूपमा रहेको हो । लामो समयदेखि अभ्यास हुँदै आएको हुनाले पनि त्यसमा आमूल परिवर्तन गर्न अप्ठेरो भएको हो; किनभने आफूसरहका र आफूभन्दा कमजोर आर्थिक अवस्थामा भएकामाथि सकेसम्म उत्पीडन गर्ने र आफूभन्दा उच्च आर्थिक हैसियतका व्यक्तिको थिचोमिचो सहने क्षमता बढाउने परम्परागत मनोवैज्ञानिक अन्धविश्वासको काम हो । समानता, सहयोग र सङ्गठन तथा वर्गीयहितका लागि सबैभन्दा ठुलो बाधक त्यही अन्धविश्वास हो ।
धर्म, आदर्शवाद र अन्धविश्वास आपसमा सम्बन्धित हुन्छन् । यी तीन वटैको जालो हटाएर सत्य पत्ता लगाउनुपर्छ । सत्य सापेक्षिक हुन्छ । परिस्थिति बदलिएपछि सत्य पनि बदलिन्छ । राजनीति गर्नेहरूले तत्कालीन अवस्थाको सत्य छुटाएर त्यसको पक्षमा काम गर्नुपर्छ । त्यसकारण लेनिनले ठोस परिस्थितिको ठोस विश्लषण गर्नुपर्छ भन्नुभएको हो । परिस्थितिको विश्लेषण नगरिकन अथवा गलत विश्लेषण गरेर त्यसको आधारमा गरिने कामले गलत राजनीतिक बाटोतिर लैजान्छ ।
अन्तरविरोध स्वयम्का दुईवटा अवस्था हुन्छन् । एउटा अन्तरविरोध विकासको अवस्था हो । अन्तरविरोध सुरु भएपछि परस्पर विरोधी पक्षबाट आफ्नो विरोधी विचारको वैधता र श्रेष्ठताको पक्षमा काम गर्छन्; प्रमाण जुटाउँछन् र तर्क, विचार प्रस्तुत गर्छन् । हरेक उपायबाट आफ्नो श्रेष्ठता अथवा सही भएको पुष्टि गर्दै जान्छन्, जसको कारणले अन्तरविरोध वृद्धि भइरहेको अथवा विपरीत दिशामा गतिशील भइरहेको हुन्छ । यस्तो अवस्था सधैँभरि रहिरहन सक्दैन । अवस्था परिवक्व भइसकेपछि त्यो अन्तरविरोध दोस्रो अवस्थामा प्रवेश गर्छ । त्यो दोस्रो अवस्था समाधानको अवस्था हो ।
अन्तरविरोध समाधानको अवस्थामा मतदानबाट बहुमत प्रकट गरेर अथवा प्रमाणको आधारमा उच्च न्याय दिने पक्षबाट फैसला गरेर अथवा एउटा पक्षले अर्को पक्षलाई निषेध गरेर तत्कालका लागि समाधान नगरी नहुने अवस्था आउँछ र समाधान गरिन्छ पनि । त्यो सधैँका लागि समाधान भने हुन सक्दैन । विरोधी पक्षको परस्परको विरोधबाट मात्र गति पैदा हुने भएको हुनाले अर्को तरिका, अर्को पक्ष, अर्को विषय आदिमा पहिलेभन्दा उच्चस्तरको अन्तरविरोध सुरु भएर विकसित हुन्छ । त्यो पनि त्यही तरिकाबाट समाधान हुन्छ । त्यसकारण वर्गीय अन्तरविरोध वर्ग रहेसम्म र प्रकृति विरुद्धको अन्तरविरोध अस्तित्व रहेसम्म रहिरहन्छ । वर्ग समाप्त भएपछि मानव मानवमाझ वर्गीय स्वार्थका आधारमा हुने अन्तरविरोध समाप्त हुन्छ । मान्छे मान्छेबिच मायाप्रेम र सद्भाव हुन्छ । त्यसै अनुसार व्यवहार र गतिविधि अगाडि बढ्छन् र बढाइन्छ पनि ।
तर प्रकृतिका विरुद्ध मान्छेको अन्तरविरोधको निश्चित स्तर र निश्चित समयावधि हुन्न । त्यो निरन्तर चलिरहन्छ । मान्छेका आवश्यकता बढ्दै जान्छन् । त्यसमा प्रकृतिको अवरोध पनि भइरहन्छ । त्यसकारण मानव र प्रकृतिको अस्तित्व रहेसम्म नयाँ नयाँ र उच्च उच्चस्तरका अन्तरविरोध आइरहने र तिनीहरूको समाधान पनि भइरहने हुँदै अगाडि बढ्छ र बढ्नैपर्छ । प्रकृतिमा मानवको अस्तित्व जबसम्म बाँकी रहन्छ, तबसम्म अन्तरविरोध भइरहन्छ ।
युगअनुसार अन्तरविरोध फरक हुन्छन् । समाधान पनि त्यसैअनुसार हुदै जान्छन् । आदिम साम्यवादी युगमा मान्छेका एउटा समूह र अर्को समूहको बिचमा लडाइँ हुने भए पनि प्रत्येक समूहबिच अन्तरविरोध थिएन । उनीहरू रगतको सम्बन्धमा आधारित समूह हुन्थे । तर प्रकृति विरुद्धका सङ्घर्ष अति कमजोर अवस्थामा भएको कारण आवश्यकता र तिनीहरूको परिपूर्ति अत्यन्तै सीमित मात्रामा हुने गर्दथे ।
बढी उत्पादन गर्नकै लागि दासव्यवस्थाको सुरुवात भएको थियो । समाज शोषक र शोषितवर्ग अथवा दास र दासमालिक वर्गमा बाँडिएपछि उत्पादनमा वृद्धि भयो र दुवै वर्गका विविध आवश्यकता पूर्ति हुने भए । यही व्यवस्थाको अन्तरविरोध दबाएर दासमालिकको पक्षमा काम गर्न राज्यसत्ता गठन गरियो । ठुलो सङ्गठित शक्तिका रूपमा अहिलेसम्म पनि परम्परागत राज्यसत्ता कायम छ । राज्यसत्ता वर्गसङ्घर्ष दबाउन गठन गरिएकाले अहिलेसम्म पनि मुख्य अन्तरविरोधको केन्द्र राज्यसत्ता र जनताबिच कायम छ ।
दासव्यवस्थामा राज्यसत्ताको काम दासलाई कमजोर बनाउने, दास भगाउनेलाई कारबाही गर्ने र दास विद्रोह दबाउने थियो । दास विद्रोह सफल भएर दासव्यवस्था समाप्त भएपछि अन्तरविरोध सामन्त र किसानबिच रहने भयो ।
किसान र मजदुर आपसमा मिलेर सामन्तका विरुद्ध पु“जीपति वर्गको नेतृत्वमा सशस्त्र सङ्घर्ष सफल भएपछि पु“जीवादी व्यवस्था सुरु भएको हो । यो व्यवस्थामा राज्यसत्ताको मुख्य काम व्यक्तिगत सम्पत्तिको रक्षा गर्ने र राज्यसत्ता विरुद्धको विद्रोह दबाउने भयो ।
युग फेरिँदै गएर अन्तरविरोध बदलिँदै गए पनि शोषण भने झन् व्यवस्थित हुँदै गएको छ । शोषितवर्गमाथि शोषणको चाप झन् बढी भएको छ । अहिलेको पु“जीवादी युगमा मुख्य अन्तरविरोध पु“जीपति वर्ग र सर्वहारा वर्गीय भएको छ । सर्वहारा वर्गले राज्यसत्ता कब्जा गरेपछिको अन्तरविरोध उत्पादनका साधनलाई सरकारी र सहकारी स्वामित्वमा लगेर व्यक्तिले योग्यतानुसार काम गर्ने र कामअनुसार दाम लिएर व्यक्तिगत आवश्यकता पूरा गर्ने र सामूहिक समस्याको समाधान राज्यसत्ताले सामूहिक रूपमा नै समाधान गर्ने गरी राज्यसत्ताका विरुद्ध अन्तरविरोध केन्द्रित भएको छ । उत्पादनका साधनको केन्द्रीकरण करिब पूरा भएको छ । अब राजनीतिको केन्द्रीकरण आवश्यक छ ।

