• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, असोज ०५, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

सहकारीमा ठगीको जालो पुस्तक विमोचन

दक्षिण फिलिपिन्समा सुरक्षाकर्मीसँगको झडपमा छ जना मारिए

आसियान आर्थिक बैठकमा दिगो वृद्धि र नवप्रवर्तनलाई प्राथमिकता

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ४. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ५. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ६. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ७. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ८. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

  • ९. सर्वदलीय बैठक जारी

  • १०. बाढीपीडितका लागि राहत सङ्कलन गर्दै लुधियानामा तिजी कार्यक्रम

डा. केसी : भलाइको यज्ञमा भलाद्मीकै बली हुनबाट बचाऊँ


  •   बुधबार, असोज २१, २०७७ मा प्रकाशित
  • लक्ष्मण बेलबासे

    Advertisement

    यहाँ सबैलाई केहीनकेही गर्नैपरेको छ । सबैका आफ्नै आफ्नै समस्या छन् । कसैलाई समस्या आइपरेको छ । कसैले समस्यालाई निम्तो दिएर बोलाएका छन् । कसैको थाहै नपाई समस्यासम्म आइदिन भन्दै म्यासेज पुगेको छ । सबै जेलिएकै छन् ।

    यिनै कति नबोलाइकन आएका समस्या त, कति निम्तो दिएरै बोलाएका समस्या । यस्तै समस्यैसमस्याले घेरिएका छन् सबै । समस्याको घेराबाट बाहिर आउने प्रयत्न जति गरे पनि एकपछि आउने अर्को समस्यासँग जुद्धै जीवनको अन्तिम दिन आएको पत्तै नपाउने अवस्था आउने गर्दछ सबैको । आफ्नै समस्या सम्हाल्दा–सम्हाल्दै अरूका समस्याको बारेमा सोच्ने फुर्सद कसैलाई छैन ।

    अब त यस्तो भइसक्यो, यदि कसैले सबैको हितको विषयमा, सबैको समस्याको विषयमा केही सकारात्मक प्रयास गर्न थाले पनि मजाकको पात्र हुन थालेको छ । यही सकारात्मक प्रयास पनि समस्या हुन थालेको छ ।

    समस्याको स्रोत नै थाहै नपाई समस्यासँग लडिरहेका हामी कसैले स्रोत नै बन्द गराउन सामूहिक प्रयासको बाटो देखाउने प्रयत्न गर्यौं भने त्यही मनुवा समस्याका कारण बनाउन थालेका छौँ ।

    सत्यको बाटो सधैँ कठिन हुने गर्दछ । त्यसैले हामी सबै सजिलो बाटो हिँड्ने कुरामा खुशी हुने गर्दछौँ ।

    आजभन्दा पहिले पनि कैयौँ पटक अनसन बसेर अनसनका अनुभवी डाक्टर गोविन्द केसी अहिले पनि अनसनलाई जारी राखेका छन् । उनले अप्ठेरो बाटो रोजेका छन् । अरूका निम्ति आफूलाई जोखिममा राखेका छन्; अवस्था अनुकूल÷प्रतिकूल जस्तो भए पनि केसीका माग पक्कै पनि देश र जनताका विरुद्ध छैनन् ।

    सत्यको बाटोमा हिँड्ने सत्याग्रही सधैँ सुरुमा मजाकको पात्र हुने गर्दछ । त्यसपछि सत्याग्रहीमाथि आक्रमण हुने गर्दछ; अर्थात् सत्य स्वीकार्न कठिन हुँदा सत्यमाथि आक्रमण हुने गर्दछ । अन्ततः सत्याग्रही विजयको नजिक पुग्दछ । सत्यको विजय हुन्छ ।

    लाग्छ, डा. केसी पनि अझै पहिलो चरणकै परिस्थितिको सामना गर्दै छन् । व्यक्तिगत समस्याबाट माथि उठेर सबैका समस्याका विरुद्ध लडेका डा. केसी यो देशका अपराधी पक्कै होइनन् । यदि दोषी हुन् भने राज्यले दोषी ठहर्याउँदै जेल पठाउनुपर्यो । हैन भने डा. केसीको जीवनरक्षा गर्ने जिम्मा पनि राज्यकै हो ।

    यो देशका सचेत नागरिक र यो देशको सरकारले अब त सत्यको अनुभव गर्ने बेला भएन र ?

    हामी यति समस्याग्रस्त भइसक्यौँ कि अर्काको निस्वार्थ त्यागलाई पनि समस्या देख्न थालेका छौँ । डा. केसीका माग कोही हत्यारालाई जेलमुक्त गराउने छैन । कोही भ्रष्टाचारीलाई सफाइ दिलाउने प्रयत्न हैन । उनले त केवल सबैको समस्या बनेको स्वास्थ्य क्षेत्रको समस्या समाधानका लागि अनुरोध गरेका छन् । कसैको ज्यान लिने प्रयत्न गरेका छैनन् । सरकारकै विरुद्ध हतियार उठाएका छैनन् । कसैको कुर्ची ताकेका छैनन् । दूरदराजमा नौँ महिना पेटमा पालेको बच्चाको अनुहार हेर्ने प्रयत्न गर्दागर्दै हेर्नै नपाई मृत्युवरण गर्न बाध्य आमाहरूको समस्याको कुरा गरेका छन् । पखालाले लत्रिएर जीवनजल खान नपाई, अज्ञानताले गर्दा पानी पनि नखाई मृत्युको मुखमा पुग्ने ती अबोध गाउँलेको स्वाथ्य अधिकारको कुरा गरेका हुन् । यतिमै अब यो देश तथा यो देशको सरकारलाई केसी नचाहिने भएका हुन त ?

    यहाँ एउटा व्यक्ति घर–परिवार भनेर बिहानदेखि बेलुकासम्म आफ्ना हरेक रहर एउटा टालोमा बेरेर खोपीमा लुकाएर जोतिन्छ । आफू र आफ्नो परिवारभन्दा बाहिर निस्कन सकेको हुँदैन । कोही भिखारी अगाडि परे तर्कन खोज्दछ; अथवा खुद्रा छैन भनेर उम्कन्छ । तर पनि परिवारप्रति आफू जिम्मेवार भएको ठानेर आफूलाई घरमुलीको त्यही खालको सम्मानको अपेक्षा राख्दछ ।

    स्वभावैले हरेक मान्छे प्रशंसाको भोको हुन्छ । अरूबाट सधैँ प्रशंसाको अपेक्षा राख्दछ । उपेक्षा र घृणाले सधैँ दुखी हुन पुग्दछ । तर मैले कतिको प्रशंसनीय काम गरेँ भनेर पछाडि फर्किएर हेर्न चाहँदैन । यही यथार्थ हो । अहिलेको सरकारलाई पनि यही भ्रमले घेरेको अनुभूति हुन्छ ।

    यो सरकार आफ्नै गुट र आफन्तभन्दा बाहिर केही गर्न नसक्ने अवस्थामा पुगेको प्रष्ट हुन थालेको छ । आफ्नै गुट र आफन्तको दुनो सोझिनुलाई नै सर्वाङगीण ठानेको छ । आफ्नै गुट र आफन्तलाई सेटिङ मिलाएर जिम्मेवारी बाँडफाँट गर्दा देखिने गुटको खुशीलाई सफलताको मापन ठानेको छ ।

    सत्यको उर्जा लिएर सबैलाई सत्यको सामना गर्न बाध्य बनाउन खोजेका डाक्टर उपेक्षित भएका छन् । सत्य उपेक्षामा परेको छ । सत्यको प्रकृति नै त्यस्तो हुन्छ, ढिलै भए पनि सत्यको सामना सबैले अनिवार्य गर्नैपर्दछ । यो शाश्वत नियम हो ।

    सत्यको साक्षात्कार हुँदा जस्तै ठुला ठुला तानाशाह पनि घोडाबाट झरेर सत्यको अगाडि लखतरान परेका कैयौँ ऐतिहासिक उदाहरण हाम्रैसामु छन् ।यति पनि नबुझ्ने हाम्रा प्रधानमन्त्री पक्कै होइनन् । तर गुटको स्वार्थले घेरिएको ज्ञान लाग्छ, कुर्सीकै कारण धमिलो भएको छ ।

    गुटकै खुसीलाई सफलताको मापन मान्दै जाने हो भने पक्कै कुर्सी ढल्ने छ नै ।

    बाटोको भुस्याहा कुकुर होस् या गोठको वस्तुलाई त बचाउने अनेक प्रयत्न हुन्छ भने एउटा वृद्ध डाक्टर, जो सधैँ स्वाथ्य सेवामै आफ्नो जीवनका सबै काल सक्काएर अहिले पनि देश र जनताकै लागि भनेर भोकै बसेर मृत्युकै नजिक पुग्दा पनि सबै मौन ः यो कस्तो मौनता हो ? निर्लज्जता हो या नग्नता ? या दम्भको पराकाष्ठा ? आम मानिसले के भनेर बुझ्ने ?

    सबैले प्रयत्न गरौँ, भलाइको यस यज्ञमा भलाद्मीकै बली हुनबाट बचाऊँ ।

    बुधबार, असोज २१, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नेपाली राजनीति र नियति
    धर्मप्रति मजदुरको धारणा
    राष्ट्रिय सार्वभौमिकतासामु अमेरिकी हस्तक्षेप बढ्दो
    दाङबाङ : पहिचान, भूगोल र सम्भावना
    रसुवाबाढीसम्बन्धी २९ तथ्यको निष्कर्ष : ‘ग्लोबल वार्मिङ’ नियन्त्रण गरौँ
    हरेक चुनौतीको सामना गर्दै निरन्तर अगाडि बढ्नेछौँ

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ४.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    • ५.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ६.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    भर्खरै

    • १.
      ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

    • २.
      हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

    • ३.
      रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

    • ४.
      ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

    • ५.
      इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    • ७.
      सहकारीमा ठगीको जालो पुस्तक विमोचन

    • ८.
      दक्षिण फिलिपिन्समा सुरक्षाकर्मीसँगको झडपमा छ जना मारिए

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.