काठमाडौं । कुवेतका राजा सबा अल अहमद अल जाबेर अल सबाको निधन भएको छ । सबाको अमेरिकास्थित अस्पतालमा निधन भएको कुवेत सरकारले जनाएको छ ।
९१ वर्षीय शेख सबालाई आधुनिक कुवेतको विदेश नीतिका जन्मदाता मानिन्छ । उनी सन् १९६३ देखि २००३ सम्म करिब ४० वर्ष कुवेतका विदेशमन्त्री थिए । त्यसपछि उनी प्रधानमन्त्री भए । सन् २००६ मा उनी कुवेतका अमिर बनेका थिए ।
सबा अल अहमद अल जबर अल सबाह जीसीबी कुवेतको अमीर र कुवेत सैन्य बलको कमान्डर हो। उनले २ जनवरी २००० मा राजाको शपथ लिएका थिए। उनी शेख अहमद अल जाबेर अल सबाका चौथो छोरा हुन्।
२०१९ अगस्टमा बिरामी परेका उनलाई जुलाई २०२० मा उनलाई एक शल्यक्रियालगत्तै अमेरिकी सैन्य विमानमा राखेर अमेरिका पुर्याइएको थियो । तर, के बिरामी भन्ने खुलाइएको थिएन।
उनी नहुँदा उनका सौतेनी भाइ ८३ वर्षीय युवराज नवाफ अल अहमद अल सबाले सत्ता सम्हालेका थिए । एजेन्सी
