दाङ । राष्ट्रिय जनमोर्चा घोराही उपमहानगरपालिकाले पार्टीका साधारण सदस्य जैसरी पुनप्रति श्रद्धाञ्जली अर्पण गरेको छ । अन्तर्राष्ट्रिय नेपाली एकता समाजका महासचिव लुमाकान्त पुनकी आमा जैसरीदेवीप्रति उहाँको घरमै श्रद्धाञ्जली सभाको आयोजना गरिएको हो ।
मृतकका जेठा छोरा राष्ट्रिय जनमोर्चा घोराही १४ नं वडा समितिका सल्लाहकार तथा अखिल नेपाल जनजाति सम्मेलनका जिल्ला सदस्य जित बहादुर पुनको अध्यक्षतामा भएको श्रद्धाञ्जली सभामा राजमो जिल्ला अध्यक्ष गणेश आचार्य, अखिल नेपाल युवक संघका पूर्व केन्द्रीय अध्यक्ष कासिनाथ पोख्रेल, मृतकका सम्धी तथा नेपाल कम्युनिस्ट पार्टी नेकपाका प्रदेश सद्स्य ऋषिराम पुन र दाङ देउखुरी सेवा समाजका सल्लाहकार चन्द्रबहादुर नेपालीले शोक मन्तव्य राख्नुभएको थियो ।
अखिल नेपाल जनजाती सम्मेलन का केन्द्रीय सदस्य रामबहादुर जिएमको संञ्चालनमा भएको कार्यक्रममा जैसरी पुनको जीवनीनीबारे कान्छो छोरा तथा कतार नेपाली एकता समाजका केन्द्रीय सदस्य मिनराज पुनले प्रकाश पार्नु भएको थियोे ।
मृतक जैसरी पुनका सबै छोराहरु राष्ट्रिय जनमोर्चा र निकटका विभिन्न संगठनहरुमा कृयासिल हुनुहुन्छ । अन्तर्रास्ट्रिय नेपाली एकता समाजका महासचिव लुमाकान्त पुन उहाँका माइला छोरा हुनुहुन्छ ।
यस्तै, साइँला छोरा गिरिराज पुन र श्रीमान नरबहादुर पुन पनि पार्टीमै आबद्ध हुनुहुन्छ । उहाँहरु दुवै जनासहित सम्पूर्ण परिवारको कार्यक्रममा उपस्थिति रहेको थियो ।
