• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, असोज ०५, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

सहकारीमा ठगीको जालो पुस्तक विमोचन

दक्षिण फिलिपिन्समा सुरक्षाकर्मीसँगको झडपमा छ जना मारिए

आसियान आर्थिक बैठकमा दिगो वृद्धि र नवप्रवर्तनलाई प्राथमिकता

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ४. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ५. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ६. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ७. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ८. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

  • ९. सर्वदलीय बैठक जारी

  • १०. बाढीपीडितका लागि राहत सङ्कलन गर्दै लुधियानामा तिजी कार्यक्रम

युगदर्शन नयाँ जनवादी क्रान्तिको वैचारिक अभियान बनोस्


  •   शुक्रबार, असोज ०९, २०७७ मा प्रकाशित
  • युगदर्शन अनलाइन शिशु अवस्थाबाट एक वर्षभित्र वयस्क बन्न पुगेको छ ।

    Advertisement

    अखबार (छापा र विद्युतीय) को जीवन मान्छेको जस्तो हुँदैन । अखवार सुरुमै परिपक्व भएर जन्मन सक्छ; तर हाम्रा लागि र हाम्रोजस्तो देशमा एकै पटक परिपक्व भइसक्छ भन्ने हुँदैन । जन्म, किशोरावस्था, वयस्क, परिपक्वको परिभाषा मानिसमा लागु भएता पनि अखबारको लागि पनि त्यो परिभाषा लागु हुने गर्दछ ।

    त्यसो त वैचारिक धरातलमा युगदर्शन देशको राष्ट्रियता र जनतन्त्र तथा नयाँ जनवादी क्रान्तिको दिशाका लागि ऐतिहासिक भूमिकामा परिपक्व मात्र होइन, एक स्थापित धार बनिसकेको छ । यस युगदर्शन अनलाइनको ऐतिहासिक आधार हाँक, नयाँ हाँक र युगदर्शन, त्यसमाथि सहिद क. सरोज शर्माको निरन्तरता यसले पाएको छ । यसमाथि नेपालको एक मात्र माक्र्सवादी–लेनिनवादी, माओ विचारधाराको वैचारिक आधार भएको सच्चा नेकपा (मसाल) को अभिभावकत्व रहेको छ ।

    देशको राजनीतिक घटनाक्रमको विकासले पनि त्यस प्रकार विकासको अवस्था पैदा गर्दछ । त्यसैले २०७६ असोज ७ गते सुरु भएको युगदर्शन अनलाइन आज ठिक एक वर्ष पूरा भएको छ । युगदर्शन अनलाइन बामे सर्ने शिशु नै थियो, जति बेला युगदर्शन परिवारले नै यो अनलाइन सुरु गर्नुपरेको थियो । उहाँहरूसित यससम्बन्धी विद्युतीय जानकारी न्यून थियो । हिम्मत गर्नुभयो, अनलाइन जन्म्यो । एक वर्षभित्रै कडा मिहिनेतले किशोर पनि भयो र अब वयस्क र परिपक्व दिशातिर तीव्र गतिमा अघि बढ्ने कुरामा धेरै अप्ठ्यारा र चुनौती छन् । त्यसको सामना गर्दै जानुपर्दछ ।

    लेनिनले भन्नुभएको छ, क्रान्तिका लागि अखबार एउटा वैचारिक आधार हो । क्रान्तिका लागि जनतामा जान, क्रान्तिका नेता (कम्युनिस्ट पार्टी सदस्य), आम जनसमुदायसम्म भेटघाट, बैठक, सभा आदि माध्यम सीमित हुन्छन् । अखबार लाखौँ जनसमुदायमा राजनैतिक प्रचार गर्ने राम्रो माध्यम हुन्छ । त्यसैले यस प्रकारका अखबार क्रान्तिको राजनैतिक प्रचारको मुख्य माध्यम हो भन्नेमा अत्युक्ति हुने छैन ।

    लेनिनले भनेजस्तै चिनियाँ जनक्रान्तिका दौरानमा माओले यस प्रकारको प्रचार अभियानलाई प्राथमिकतामा राखेको हुनाले पनि त्यहाँको जनक्रान्तिलाई ठुलो मद्दत पुगेको थियो । यस प्रकारको प्रचारात्मक कार्यले रुस र चीनमा समाजवादी र जनवादी क्रान्ति सम्पन्न भयो । त्यसले यसको कति ठुलो महत्त्व रहेछ भन्ने कुरा प्रष्ट हुन्छ ।

    क्रान्तिकारी पार्टीका आफ्नै मुखपत्र हुन्छन् । तर वैधानिक रूपमा प्रतिक्रियावादी सत्ताको भण्डाफोर, अवसरवादी राजनीतिका विरुद्ध वैचारिक बहस, जनजीविकाका तात्कालिक समस्या, राजनीति, दर्शन आदि विषयमा अखवार नै प्रमुख माध्यम हुन्, जो जनताका लागि प्रशिक्षणको माध्यम पनि बन्दछ ।

    विज्ञान र प्रविधिको विकासले अखवारको स्वरूपमा पनि विकास भइरहेको छ । प्रविधिको पहुँच भएका जनसमुदायमा अनलाइन राम्रो माध्यम हुन पुगेको छ । यसलाई महत्त्व दिएर पार्टीले पनि मुख्य रूपमा ध्यान दिनु आवश्यक छ र दिइरहेको छ । पार्टीको वैधानिक प्रकारका प्रचार सामग्रीलाई पनि यसको माध्यमबाट जनतासम्म पुग्न पाउनु आजको समयको महत्त्वपूर्ण अवसर हो ।

    आज अनलाइनलाई पुँजीवादी–साम्राज्यवादीले पनि व्यापक मात्रामा प्रयोग गरिरहेका छन् । उनीहरूको मुख्य उद्देश्य जनसमुदायलाई मनोरञ्जनमा भुलाएर आफ्ना राजनैतिक उद्देश्य पूरा गर्नु रहेको छ । त्यस्तै, प्रतिक्रियावादी राज्यसत्ता र अवसरवादी राजनैतिक पार्टीहरूले पनि जनसमुदायलाई भ्रमित पारी आफ्नो उद्देश्य पूरा गर्ने माध्यमको रूपमा प्रयोग गरिरहेका छन् । त्यसका साथै यसलाई व्यवसायको रूपमा विकास गर्ने भन्दै पुँजीवादी–साम्राज्यवादी कर्पोरेट हाउसको रूपमा पनि विकास गर्दै जनपक्षीय प्रकारका अनलाइनलाई विकास गर्न नदिने अवस्था पनि बढिरहेको छ । अनलाइन पत्रिका चलाउने नेटवर्क साम्राज्यवादका मुट्ठिभर पुँजीपतिको एकाधिकारवादी नियन्त्रण रहेको कुरा पनि प्रष्ट छ ।

    यस प्रकारका साम्राज्यवादी मिडियाहरू कर्पोरेट हाउसका रूपमा विकसित भइरहेको यो ससमयमा, आम जनसमुदायमा यस प्रकारका भ्रमलाई चिर्न पनि जनपक्षीय अनलाइन अगाडि बढ्नुपर्दछ । मुट्ठिभर साम्राज्यवादी कर्पोरेट मिडियाका विरुद्ध जनपक्षीय अनलाइन सञ्चालकबिच आपसी तालमेल र सहकार्य गरेर अगाडि बढ्नुपर्ने आवश्यकता छ ।

    अर्काे कुरा, अनलाइन व्यावसायिकताको नाममा एक वा अर्को प्रकारले कर्पोरेट मिडिया हाउससँग नरम, सम्झौतापरस्त वा साँठगाठ गर्ने र उनीहरूका गलत सूचनाको कारणले आम जनसमुदायमाथि नोक्सान पुग्दछ; किनभने त्यस प्रकारका मिडियाले देशको राष्ट्रियता, जनतन्त्र र जनजीविकाको सवालमा क्रान्तिकारी विचारलाई दिग्भ्रमित गर्न ठुलो धनराशी खर्च गरिरहेका छन् । त्यसले क्रान्तिकारी पार्टीलाई क्रान्तिकारी नीतिबाट वैचारिक रूपमा दिग्भ्रमित र विचलित बनाउने ठुलो हतियारको रूपमा पनि प्रयोग भइरहेका कैयौँ तथ्य हाम्रा अगाडि छन् । यसरी एकातिर, अनलाइन सञ्चालन गर्न अति आवश्यक छ भने अर्कातिर, समाजको प्रतिक्रान्तिको दिशालाई निस्तेज पार्न पनि त्यत्तिकै जरुरी छ । त्यसैले यो चुनौती पनि छ । यस प्रकार अनलाइन सञ्चालनको विषयमा “मिडिया व्यावसायिकता” को बहस चर्को रूपमा चलिरहेको पनि छ ।
    माथि उल्लेख गरियो, यस प्रकारका कर्पोरेट नेटवर्किङ कसको नियन्त्रणमा छ भन्ने कुरा । दुईचार जना पुँजीवादी–साम्राज्यवादी व्यक्तिको हातमा नै यसको नियन्त्रण रहेको छ । अहिले कोभिड–१९ को महामारीमा पनि दुईचार जना नेटवर्किङ पुँजीपतिको सम्पत्ति वृद्धि भइरहेको कुराले त्यसको पुष्टि गरेको छ । त्यो अवस्थामा जनताको पक्षमा, राष्ट्रियता र जनतान्त्रिक आन्दोलनको पक्षमा काम गर्ने मिडिया तथाकथित व्यावसायिकताको भ्रमबाट मुक्त हुनुपर्दछ ।

    साँच्चिकै साम्राज्यवाद–पुँजीवादबाट स्वतन्त्र हुनुपर्ने मिडियाले आफ्नो बलबुतामा नै व्यावसायिकताको विकास हुन सक्दछ । शोषित, पीडित जनताको आधारमा नै मिडियाको व्यावसायिक विकास र मिडियाका शक्ति निर्माण मा निर्भर गराउनुपर्दछ । उनीहरूको तथाकथित व्यावसायिकताको नारा र पुँजीवादी कर्पोरेट हाउसका अधिनस्थ हुने प्रवृत्तिको विरुद्ध सङ्घर्ष गरेर मात्र त्यस प्रकारको व्यावसायिकता फस्टाउन सक्छ । त्यसका लागि त्यसमा काम गर्ने सञ्चालक वा पत्रकारले उनीहरूसँगको साँठगाठ बिना आफ्नो स्वतन्त्र अस्तित्व कायम गरेर नै आफ्नो उद्देश्य पूरा गर्न सक्दछ । युगदर्शन अनलाइनले यसबारे गम्भीर रूपमा ध्यान दिन जरुरी छ ।

    युगदर्शन अनलाइनलाई अहिले चुनौती नै छ । यसको प्राविधिक पक्ष, पत्रकार, संवाददाता र आर्थिक व्यवस्थापन सबै प्रारम्भिक अवस्थामा छन् । सबै प्रकारको प्राविधिक ज्ञानको विकास गर्न जरुरी छ । आर्थिक व्यवस्थाका लागि विज्ञापन, सहयोगीको व्यवस्थापन पनि प्रारम्भिक अवस्थामा छ ।

    त्योभन्दा ठुलो कुरो टिमस्प्रिटको सिद्धान्त हो । पुँजीवादी र हामीबिच के अन्तर छ भने पुँजीवादीहरू व्यक्तिको अधिनस्ध हुन्छन् । सञ्चालक वा अध्यक्ष, प्रकाशक, सम्पादक आदि व्यक्तिको अधिनस्थअन्तर्गत काम गर्ने शैली हुन्छ । तर सामूहिक पद्धतिमा—सामूहिक निर्णय व्यक्तिगत जिम्मेवारी—यो जनवादी केन्द्रीयताको मूल स्प्रिट हो । जनवादी केन्द्रीयताको सिद्धान्त विपरीत गएका पुँजीवादीका व्यवस्था सङ्कटमा छन् र अहिलेको कोभिड–१९ को महामारीले समेत उनीहरू गल्र्यामगुर्लुम ढलिरहेका छन् । पहिलेका समाजवादी देशहरूले यो सिद्धान्त परित्याग गरिसकेपछि उनीहरू विसर्जनको दिशा समातिरहेका छन् र साम्राज्यवादीका पिछलग्गु बनिरहेका छन् । यस प्रकारको व्यक्तिवादी र अराजकतावादी सिद्धान्तले मानव समाजलाई ध्वस्त पारिरहेको अवस्था छ । त्यसैले हामीले हाम्रा काम र प्रयास पनि जनवादी केन्द्रीयताको सही प्रयोग गरेर मात्र सफलतातिर जान सक्छौँ ।

    युगदर्शन अनलाइनले पनि जनवादी केन्द्रीयताको सिद्धान्तलाई अँगालेर जानुपर्दछ । जनवादी केन्द्रीयताको अर्को पक्ष के हो भने समाजका लागि त्याग र समर्पणको दृष्टिकोणको विकास । यस प्रकारको त्याग र समर्पणको दृष्टिकोणले नै मानवको शोषणरहित समाज निर्माणको दिशातिर जान सकिन्छ । यसका विपरीत पुँजीवादी–साम्राज्यवादीहरू मानव समाजलाई व्यक्तिवादी र अराजकतावादी प्रकृति विरुद्ध ध्वंसात्मक गतिविधितिर अग्रसर भई हरेक कोणबाट मानव समाज ध्वस्त बनाउनेतिर लागिरहेका छन् । मानव समाज ध्वंसको पराकाष्ठामा पुग्न थालिरहेको छ । परिवारभित्र व्यक्तिवाद, औपचारिकतावाद, तानाशाही प्रवृत्ति, सृजनशीलतामा प्राधिकारवाद—यी पुँजीवादी शैली हुन् । यसबाट पनि सचेत भई प्रत्येक विषयमा दायित्वबोध गरी समाजवादी शैली, सामूहिकताको व्यवहारलाई आत्मसात गर्दै जानुपर्दछ । सामूहिक निर्णय व्यक्तिगत जिम्मेवारी, संस्थाप्रति जिम्मेवार, व्यक्तिको मानव समाजप्रति जिम्मेवारीबोध—यी कुरा मानव समाजका लागि आधारस्तम्भ हुन् । यो नै समाजवादी शैली हो । यसको अभ्यास बिना हामी संस्थाको विकास, अन्ततः मानव समाजको विकासको महान् कार्यलाई खालि औपचारिकता मात्र दिइरहेका हुने छौँ ।

    अन्तमा युगदर्शन अनलाइनको स्थापनाकालका साथीहरूको कामलाई धन्यवाद दिँदै आउने दिनमा पनि यही प्रकारले युगदर्शन परिपक्व बनोस् भन्ने शुभकामना दिन चाहन्छु । साथै पार्टीको वैधानिक राजनैतिक हतियारलाई अखवार, छापा, हाँकमार्फत योगदान पु¥याउनुभएका क. सरोज शर्मालाई स्मरण गर्दै उहाँप्रति श्रद्धाञ्जली पनि अर्पण गर्दछु ।

    शुक्रबार, असोज ०९, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नेपाली राजनीति र नियति
    धर्मप्रति मजदुरको धारणा
    राष्ट्रिय सार्वभौमिकतासामु अमेरिकी हस्तक्षेप बढ्दो
    दाङबाङ : पहिचान, भूगोल र सम्भावना
    रसुवाबाढीसम्बन्धी २९ तथ्यको निष्कर्ष : ‘ग्लोबल वार्मिङ’ नियन्त्रण गरौँ
    हरेक चुनौतीको सामना गर्दै निरन्तर अगाडि बढ्नेछौँ

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ४.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    • ५.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ६.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    भर्खरै

    • १.
      ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

    • २.
      हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

    • ३.
      रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

    • ४.
      ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

    • ५.
      इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    • ७.
      सहकारीमा ठगीको जालो पुस्तक विमोचन

    • ८.
      दक्षिण फिलिपिन्समा सुरक्षाकर्मीसँगको झडपमा छ जना मारिए

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.