खिमराज चालिसे, चंडिगढ (भारत) ।
मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका केन्द्रीय परिषद सदस्य एवं सुदूरपश्चिमोत्तर क्षेत्रीय सदस्य दोर्णप्रसाद पोखरेलको सम्झनामा लुधियानामा श्रद्धाञ्जली सभाको आयोजना गरिएको छ । मूलप्रवाह लुधियाना नगरसमितिको आयोजनामा पोखरेलप्रति श्रद्धाञ्जली अर्पण गरिएको हो ।
नगर अध्यक्ष उदैसिंह चंन्दको अध्यक्षतामा तथा पशुपति पोखरेलको सञ्चालनमा सम्पन्न श्रद्धाञ्जली सभामा फोटोमा अबिर तथा माल्यार्पण गर्दै उहाँको योगदानबारे चर्चा गरिएको थियो ।
कार्यक्रममा मूल प्रवाहका केन्द्रीय सदस्य वासुदेव भट्टराई, क्षेत्रीय सदस्य कैलाश खड़का, नगरका नेता रामचन्द्र पौडयाल, रक्तिमका नारायण पोखरेल, समताका गोविन्द परियार, फोकलप्वाइन्ट नगर सचिव अर्जुन कार्की, हुम वहादुर राना, खुम वहादुर थापा, गणेश विक, भगय विक, नन्दराज भण्डारी, वल वहादुर केसी, कृष्ण खनाल, मान वहादुर सारु, देविराम थापा, धन प्रसाद अधिकारी, नर वहादुर विक , मंज वहादुर थापा, विन्दो कुमार, सपना, सरिता र गिता लगाएतले उहाप्रति श्रद्धाञ्जली अर्पण गर्नुभयो ।
त्यस अघि स्वर्गीय पोखरेलको सम्झनामा एक मिनेट मौनज धारण गरिएको थियो ।
गत ७ सेप्टेम्वरमा असमयिक निधन भयका पोखरेल मूल प्रवाहका एक सक्रिय एवं प्रिय नेता हुनुहुन्थ्यो ।
यो पनिः
दोर्ण पोखरेलप्रति महामन्त्री सिंहद्वारा श्रद्धाञ्जली
दोर्ण पोख्रेलप्रति मसालद्वारा श्रद्धाञ्जली
रहेनन् एकता समाजका नेता दोर्णप्रसाद पोख्रेल