• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, असोज ०४, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

सहकारीमा ठगीको जालो पुस्तक विमोचन

दक्षिण फिलिपिन्समा सुरक्षाकर्मीसँगको झडपमा छ जना मारिए

आसियान आर्थिक बैठकमा दिगो वृद्धि र नवप्रवर्तनलाई प्राथमिकता

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ४. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ५. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ६. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ७. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ८. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

  • ९. सर्वदलीय बैठक जारी

  • १०. बाढीपीडितका लागि राहत सङ्कलन गर्दै लुधियानामा तिजी कार्यक्रम

प्रलेसको ६९औँ स्थापना दिवस तथा पुरस्कार अर्पण समारोह सम्पन्न


  •   सोमबार, असोज ०५, २०७७ मा प्रकाशित
  • प्रकाश थापा मगर

    Advertisement

    काठमाडौँ । प्रगतिशील लेखक सङ्घको ६९ औँ स्थापना दिवस तथा प्रलेस प्रतिभा पुरस्कार–२०७७ अर्पण समारोह सम्पन्न भएको छ । नेकपा (माले) का महासचिव सी.पी. मैनालीको प्रमुख आतिथ्यतामा वरिष्ठ साहित्यकार वासुदेव अधिकारीलाई प्रलेस प्रतिभा पुरस्कार प्रदान गर्दै २०७७ असोज ५ गते भर्चुअल माध्यमबाट सो कार्यक्रम सम्पन्न भएको हो ।

    कार्यक्रममा प्रमुख अतिथिको आसनबाट मन्तव्य राख्दै प्रमुख अतिथि मैनालीले नेपाललाई चिनेर लेख्न साहित्य रचना गर्न प्रगतिशील लेखक तथा साहित्यकारसित आग्रह गर्नुभयो । लामो समयदेखि नेपालको सार्वभौमिकता र भौगोलिक अखण्डता संवेदनशील रहिरहेकाले यहाँको राजनीतिक परिवर्तनबाट सार्थक परिणाम हासिल हुन नसकेको उहाँको दावी थियो । उहाँले यही कारणले नेपालका राजनीतिक परिवर्तन वैदेशिक हस्तक्षेपसहितको हुने गरेको उहाँको ठहर थियो । यस खालको वास्तविकतालाई मध्यनजर गरेर कलम चलाउन उहाँले आग्रह गर्नुभयो ।

    अहिलेसम्मको राजनीतिक परिवर्तनले प्राप्त गरेका अधिकार पनि व्यवहार लागु नभएको भन्दै उहाँले त्यसको पक्षमा कलम चलाउन प्रगतिशील साहित्यकारलाई आग्रह गर्नुभयो । खासगरी रूढीवादको विरुद्ध तथा मिहिनेतकस र सीमान्तकृत समुदायलाई आवाज दिने गरी लेख्न उहाँले आग्रह गर्नुभयो । उहाँले नेपालमा सामन्तवाद अझैसम्म नसिद्धिएको पनि बताउनुभयो ।

    विशिष्ट अतिथि पूर्वमन्त्री तथा प्रलेसका सल्लाहकार शान्ता मानवीले प्रगतिशील संस्कारयुक्त समाज निर्माणका लागि प्रगतिशील साहित्यले लगातार भूमिका खेल्दै आइरेको बताउनुभयो । अहिलेसम्म रचना गरिएका प्रगतिशील साहित्यलाई जनताको बस्ती बस्तीमा पुर्याउन प्रगतिशील लेखक सङ्घले भूमिका खेल्नुपर्ने आवश्यकतामा पनि उहाँले जोड दिनुभयो ।

    प्रलेसका केन्द्रीय अध्यक्ष प्रा.डा. जीवेन्द्र देव गिरीको अध्यक्षता तथा महासचिव समीर सिंहको सञ्चालनमा अघि बढेको उक्त कार्यक्रमको उद्घाटन प्रमुख अतिथि मैनालीले ब्यानर पढेर गर्नुभएको थियो । केन्द्रीय उपाध्यक्ष गोपीरमण उपाध्यायको स्वागत मन्तव्य रहेको सो कार्यक्रममा पूर्व केन्द्रीय अध्यक्ष तथा सल्लाहकार मातृका पोख्रेलले प्रलेसको इतिहास र प्रलेस प्रतिभा पुरस्कारबारे मन्तव्य राख्नुभएको थियो ।

    पुरस्कार चयन प्रक्रिया तथा पुरस्कृत प्रतिभा वासुदेव अधिकारीको बारेमा केन्द्रीय उपाध्यक्ष सुशीला प्रधानाङ्गले मन्तव्य राख्नुभयो । प्रमुख अतिथि मैनालीले साहित्यकार वासुदेव अधिकारीलाई दश हजार नगद र सम्मानपत्र प्रदान गरिएको घोषणा गर्नुभयो । सम्मानपत्रको ब्यहोरा केन्द्रीय सचिव प्रकाश थापा मगरले वाचन गर्नुभएको थियो ।

    उपमहासचिव आरसी न्यौपानेले धन्यवाद मन्तव्य राख्नुभएको कार्यक्रममा केन्द्रीय सल्लाहकार डा. विन्दु शर्माले “म लङमार्चाामा निस्कन्छु” र पुरस्कृत साहित्यकार वासुदेव अधिकारीले “बस्तीमा आगो” कविता सङ्ग्रहभित्रको एउटा कविता वाचन गर्नुभएको थियो । रक्तिम सांस्कृतिक अभियानका केन्द्रीय सचिव हेमराज पुनले “मन त नेपाली” हो शीर्षकको गीत गाउनुभएको थियो ।

    सोमबार, असोज ०५, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ‘अग्निस्पन्दन’ कवितासङ्ग्रहको शल्यक्रिया
    आदर्शको पहाड
    रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न
    वीरेन्द्रभक्त श्रेष्ठले पाँचौँपटक जिब्रो छेड्ने
    लघुकथा : प्रकृति
    गजल

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ४.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    • ५.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ६.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    भर्खरै

    • १.
      ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

    • २.
      हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

    • ३.
      रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

    • ४.
      ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

    • ५.
      इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    • ७.
      सहकारीमा ठगीको जालो पुस्तक विमोचन

    • ८.
      दक्षिण फिलिपिन्समा सुरक्षाकर्मीसँगको झडपमा छ जना मारिए

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.