तिलक थापा, बागलुङ ।
राष्ट्रिय जनमोर्चा बागलुङले जैमिनी नगरपालिकाको वडा नं ५ विनामारे र र वडा नं १ कुश्मिशेराका पहिरो पीडितलाई राहत वितरण गरेको छ ।
बिनामारेमा भाद्र २८ गते र कुश्मिशेरामा भाद्र २९ गते गएको पहिरोमा परी सिम्लेका ६९ वर्षीय जाल्पा पाध्या र टुनिबोटका ६८ वर्षीयय हरिकृष्ण शर्माको मृत्यु भएको थियो ।
राजमोले मृतकका परवारलाई पाँच/पाँच हजारका दरले राहत वितरण गरेको हो । राष्ट्रिय जनमोर्चा बागलुङका सदस्य ठाकुर शर्मा, जैमिनीका कार्यालय सदस्य होम बहादुर पुन, जैमिनी नगरपालिका वडा नं. ५ का वडा अध्यक्ष गोपाल पौडेल सहितको टोलीले पीडितलाई राहत वितरण गरेको थियो ।
राजमो बागलुङले जिल्लामा पहिरोमा परी मृत्यु हुने व्यक्तिका परिवारलाई पाँच हजार रुपैयाँका दरले राहत वितरण गर्ने गरेको छ ।
यो पनिः
पहिरोले ज्यान गुमाएका घर्तीको परिवारलाई राजमोद्वारा राहत
पहिरोेले मृत्यु भएकी पुजाको परिवारलाई जिल्ला प्रशासन र राजमोको राहत