• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, असोज ०५, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

सहकारीमा ठगीको जालो पुस्तक विमोचन

दक्षिण फिलिपिन्समा सुरक्षाकर्मीसँगको झडपमा छ जना मारिए

आसियान आर्थिक बैठकमा दिगो वृद्धि र नवप्रवर्तनलाई प्राथमिकता

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ४. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ५. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ६. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ७. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ८. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

  • ९. सर्वदलीय बैठक जारी

  • १०. बाढीपीडितका लागि राहत सङ्कलन गर्दै लुधियानामा तिजी कार्यक्रम

कोभिड–१९ र व्यावहारिक शिक्षा


  •   बुधबार, भदौ ३१, २०७७ मा प्रकाशित
  • ऋषिराम सापकोटा

    Advertisement

    शिक्षा जीवनपर्यन्त चलिरहने प्रकृया हो । समय र परिस्थितिअनुरूप शिक्षा लिने र दिने प्रक्रिया फरक–फरक हुन्छ । मानव सभ्यताको उत्पत्ति र विकाससँगसँगै ज्ञान र सिपलाई स्थानान्तरण गर्ने विधि र तौरतरिका फरक–फरक ढङ्गबाट विकसित भएको पाइन्छ । शिक्षाको विकास व्यावहारिक शिक्षाको माध्यमबाट अगाडि बढेको पाइन्छ । आदिम युग अर्थात् जङ्गली युगमा जीवन जिउनका लागि आफ्ना अग्रज बाबुआमाबाट छोराछोरीमा स्थानान्तरण हुने ज्ञान सिपशिक्षा थियो । खानाका लागि सिकार गर्न जानु, धारिलो हतियार बनाउनु, रुख चढ्न जान्नु, खान हुने÷खान नहुने कन्दमूल चिन्नु, ओखतीमुलो चिन्नु आदि कुरा व्यावहारिक जीवनोपयोगी शिक्षाको रूपमा अघिल्लो पुस्ताले पछिल्लो पुस्तालाई हस्तान्तरण गरेको पाइन्छ ।

    मानिसले प्रकृतिले दिएका उपहारको बारेमा खोजी गर्न थाल्यो । ज्ञानको खोजी गर्ने व्यक्ति गुरु कहलिए । त्यसपछि गुरुचेलाको सम्बन्धबाट ज्ञान स्थानान्तरण गर्ने र सिप सिकाउने प्रचलन आयो, जसलाई हामी गुरुकूल शिक्षा भन्दछाँै, जुन शिक्षाले जीवन जिउने कला, युद्धकला, सिक्ने, जीवन र जगत््लाई बुझ्ने, प्राकृतिक उपहारको खोजी गर्ने आदि कुरामा निपूण हुनका लागि गुरुबाट चेलाले ज्ञान र सिप आर्जन गर्ने गर्दथे । चारदिवारीभित्र थुनेर औपचारिक शिक्षा प्रदान गर्ने प्रचलन आएपछि खोज–अनुसन्धानबाट जीवन र जगत्लाइ बुझ्ने र प्रकृतिलाइ बुझ्नेभन्दा पनि अरूले गरेका खोज–अनुसन्धानका तथ्यलाई बासी पुराणको रूपमा रट्ने अर्थात् याद गर्ने र परीक्षामा धेरै अङ्क ल्याउने होडबाजीले गर्दा हाम्रोजस्तो अविकसित मुलुकमा व्यावहारिक सिपमूलक शिक्षा ओझेलमा पर्दै गयो, जसले गर्दा अनुत्पादक शिक्षा मौलाउँदै गयो, जसको परिणामस्वरूप दुईतीन वटा डिग्रीका सर्टिफिकेटलाई झोलामा थन्क्याएर खाडी र विकसित मुलुकमा जीविकोपार्जनका लागि पलायन हुनुपर्ने परिस्थिति सिर्जना भयो ।

    घरपरिवार र समाजले समेत बासी पुराण याद गरेर प्राप्त गरेको अङ्क र सर्टिफिकेटलाइ उपलब्धि मान्न थाल्यो, जसको परिणामस्वरूप मानिसले आफ्नो उत्पादनमूलक काम बिर्सियो; खोज–अनुसन्धान बिर्सियो; संस्कार र रीतिरिवाज बिर्सियो; घरको काम, खेतबारीको काम, करेसाबारीको कामलगायत जीवनोपयोगी सिप सबै बिर्सियो ।

    आज विश्वभरि फैलिएको अदृश्य शक्ति कोभिड–१९ ले बिर्सिएका सबै कुरालाई सम्झाइदिएको छ । शक्ति र धनबाट सम्पन्न मुलुक, जसले प्रकृतिलाई दोहन गरी मानव सभ्यतालाई नै सङ्कटग्रस्त बनाएका थिए, तिनीहरूलाई सबक सिकाएको छ । जीवनको पर्वाह नगरी मेसिनजस्तै बनेको मानवलाई आराम गर्न सिकाएको छ ।

    जीवन जिउनका लागि नभई नहुने अन्नबाली उत्पादन गर्न छाडेर आणविक बम वा हतियार बनाउने, औद्योगिक क्रान्तिको नाममा वातावरणलाई प्रदुषण गर्नेलाई खाद्यान्न के हो र प्राकृतिक शक्ति के हो भन्ने कुरा बुझाइदिएको छ । आफ्नो देश र परिवार बिर्सनेका लागि देश र परिवारको महत्त्व बुझाइदिएको छ । कृषिपेसालाई सम्मानित बनाएको छ । प्राकृतिक वातावरणलाई सन्तुलित गरिदिएको छ । तसर्थ कोरोनाले मानिसलाई नयाँ तरिकाले सोच्न बाध्य बनाएको छ । मानिसको दम्भ र घमण्डलाई तोडिदिएको छ । यो अदृश्य प्राकृतिक शक्ति मानव सभ्यताको संरक्षणका लागि आएको छभन्दा अतिसयोक्ति नहोला ।

    आज कोभिड–१९ का कारण चारदिवारभित्र दिइने औपचारिक शिक्षालाई नाकाम बनाइदिएको छ । शिक्षा निरन्तर चलिरहने प्रक्रिया भएकाले समय–परिस्थितिअनुसार शिक्षा लिने र दिने प्रक्रियामा पनि परिवर्तन गर्न जरुरी छ । नेपाल सरकारले पनि यो विषम परिस्थितिमा वैकल्पिक विधिको प्रयोग गरेर शिक्षण गर्ने कुरालाई सुधारिरहेको छ्र । कोभिडका कारण शिक्षालाई जीवनोपयोगी र व्यावहारिक बनाउने अवसर पनि प्राप्त भएको छ ।

    अब हामीले बालबालिकालाई दिइने शिक्षा कोरा किताबी ज्ञान नभएर उसको जीवन जिउने सिप र सिप आर्जन गर्ने कलालाई मूल्याङ्कनसँग जोडिनुपर्दछ । अब सोधिएको उत्तरमा अङ्क दिने नभएर उसको व्यवहारमा आएको परिवर्तनलाई मूल्याङ्कन गर्नुपर्दछ । खाना खानुभन्दा अगाडि साबुनपानीले हात धुनुपर्छ भनेर लेखिएको उत्तरमा अङ्क दिने र मूल्याङ्कन गर्ने होइन, साबुनपानीले हात धोएको छ कि छैन भनी मूल्याङ्कन गर्नुपर्दछ । रमाइलोका लागि कथा पढ्न सिकाउने मात्र होइन, कथाले दिन खोजेको सन्देशलाइ व्यवहारमा उतारेको छ कि छैन भन्ने आधारमा मूल्याङ्कन गर्नुपर्छ ।

    कोभिड–१९ को कारणले शैक्षिक सत्रको करिब पाँच महिना खेर गइसकेको छ । विद्यार्थीलाई विद्यालयमा भौतिक रूपमा उपस्थित गराएर शिक्षण गराउने र पेपर, पेन्सिल, टेस्टबाट मूल्याङ्कन गर्ने अवस्था छैन । यस्तो अवस्थामा शिक्षालाई विद्यार्थीका दैनिक जीवनसँग उपयोगी हुने सिकाइलाई यस वर्षको शिक्षणको मूल आधार बनाउनुपर्दछ ।

    आधुनिक विधि र प्रविधिको पहुँच सबै विद्यार्थीसँग छैन र त्यो रातारात हुने कुरा पनि होइन । ज्ञान र सिप स्थानान्तरण गर्ने सबै विकल्पलाई खुल्ला राख्दै विद्यार्थीको व्यवहारमा परिवर्तन ल्याउने उत्तम विधि परियोजना कार्य नै हो । सबै विषयवस्तुलाई समेटेर परियोजना कार्य दिने, उक्त परियोजना कार्य गर्नका लागि घरपरिवार र शिक्षकले मार्गनिर्देश तथा सहजीकरण गर्ने, उक्त परियोजना कार्यबाट विद्यार्थीको व्यवहारमा आएको परिवर्तनलाई मूल्याङ्कन गर्ने गर्नुपर्दछ ।

    आजको शिक्षाले हाम्रा बालबालिका परनिर्भर भइरहेका छन् । परनिर्भरबाट आत्मनिर्भर गराउने खालको व्यावहारिक शिक्षा आजको आवश्यकता हो । कोभिड–१९ ले हाम्रो शिक्षाप्रणालीलाई त्यसतर्फ अग्रसर गराइरहेको छ । तर हामी पुरानो शैलीको शिक्षा दिन र लिन नपाउँदा छट्पटाइरहेका छौँ । शैक्षिक सत्रको बाँकी रहेको अवधिलाई पूर्ण रूपमा सदुपयोग गर्दै वैकल्पिक विधिबाट हाम्रा बालबालिकालाई व्यावहारिक र जीवनोपयोगी सिप सिकाउनु आवश्यक छ । उदाहरणका लागि गणित विषयको शिक्षणलाई सेतो पाटी र मार्करमा सीमित गर्दा गणितलाई विद्यार्थीले बोझको रूपमा लिएका हुन्छन् । यसलाई व्यावहारिक जीवनसँग जोड्न सक्नुपर्दछ ।

    हामीले प्रयोग गर्ने वस्तुहरू ज्यामिती आकारका हुन् । यिनीहरूको आकार, प्रकार, नापतौल, क्षेत्रफल, आयतन आदिको बारेमा परियोजना कार्य दिने, विद्यार्थीले दैनिक रूपमा बजार गएर खरिद गरिने बस्तुको मूल्यमा हुने छुट, नाफा–नोक्सान आदिको बारेमा परियोजना कार्य दिन सकिन्छ । आफ्नो घरपरिवारको आम्दानी, ऋणधन ब्याजको बारेमा परियोजना कार्य दिएर गणितका विषयवस्तुलाई व्यावहारिक ढङ्गबाट सिकाउन सकिन्छ । यसरी नै सबै विषयवस्तुलाई समेटेर परियोजना कार्यको माध्यमबाट व्यावहारिक र जीवनोपयोगी शिक्षाको जगलाई बलियो बनाउन सकिन्छ, जसको परिणामस्वरूप सिपमूलक जनशक्ति उत्पादन भई परनिर्भरता हट्ने छ भने अर्कोतर्फ, खेर जान लागिरहेको शैक्षिक सत्रलाई उपयोग गरी विद्यार्थीको भविष्य अगाडि बढाउन सकिन्छ ।

    बुधबार, भदौ ३१, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नेपाली राजनीति र नियति
    धर्मप्रति मजदुरको धारणा
    राष्ट्रिय सार्वभौमिकतासामु अमेरिकी हस्तक्षेप बढ्दो
    दाङबाङ : पहिचान, भूगोल र सम्भावना
    रसुवाबाढीसम्बन्धी २९ तथ्यको निष्कर्ष : ‘ग्लोबल वार्मिङ’ नियन्त्रण गरौँ
    हरेक चुनौतीको सामना गर्दै निरन्तर अगाडि बढ्नेछौँ

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ४.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    • ५.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ६.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    भर्खरै

    • १.
      ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

    • २.
      हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

    • ३.
      रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

    • ४.
      ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

    • ५.
      इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    • ७.
      सहकारीमा ठगीको जालो पुस्तक विमोचन

    • ८.
      दक्षिण फिलिपिन्समा सुरक्षाकर्मीसँगको झडपमा छ जना मारिए

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.