• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, असोज ०४, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

सहकारीमा ठगीको जालो पुस्तक विमोचन

दक्षिण फिलिपिन्समा सुरक्षाकर्मीसँगको झडपमा छ जना मारिए

आसियान आर्थिक बैठकमा दिगो वृद्धि र नवप्रवर्तनलाई प्राथमिकता

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ४. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ५. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ६. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ७. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ८. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

  • ९. सर्वदलीय बैठक जारी

  • १०. बाढीपीडितका लागि राहत सङ्कलन गर्दै लुधियानामा तिजी कार्यक्रम

ए प्रकृति !


  •   मङ्गलबार, भदौ ३०, २०७७ मा प्रकाशित
  • पी.बी. घायल

    Advertisement

    ए प्रकृति ! कति निश्छल छौ तिमी ?
    कति पवित्र हृदय छ तिम्रो
    न त लोभ छ तिमीमा
    न घमण्ड,नै छ, न त रिसराग नै छ।

    धर्ती तिम्रो मेरुदण्ड, समुद्र तिम्रो आँखा न हो
    पानी तिम्रो आँशु, टिलपिल गरिरहन्छ तिम्रो आँखामा
    त्यहहीभित्र लाखौँ जीव आफ्नो जिन्दगी बाँचिरहेका छन्
    सधैँ शान्त रहन खोज्दाखोज्दै
    छचल्किएर बाहिर आउँछ कहिलेकाँहि
    जब तिमीलाई पीडा असह्य हुन्छ,
    जब रोपिन्छ भाला तिम्रो छातीमा
    जब कोट्याइदिन्छन् तिम्रो आलो घाउ ।

    कति निस्वार्थ छ तिम्रो भावना
    सबैलाई एकैनास
    बाँडिरहेका छौ जीवन
    न धनी भन्छौ न त गरिब नै
    न सानो भन्छौ न त ठुलो नै
    तिम्रो श्वास फेरेर नै
    बाँचिरहेका छौँ यहाँ असङ्ख्य प्राणी
    बिताइरहेका छौ आआफ्नो जीवन ।

    कहिलेकाहिँ चल्ने हुरीबतास
    आक्रोश हैन तिम्रो
    त्यो त केवल तिम्रो सुस्केरा मात्र हो
    जब तिम्रो घाउ झन् झन् बल्झिन थाल्छ
    जब आफ्नाले नै घोच्दछन् त्यही घाउमा
    नसकेर सम्हाल्न आफ्नो वेदनाहरू
    थकित मुद्रामा तिम्रो ओठबाट निस्किएको
    सुस्केराको एक लहरा न हो ।

    जन्म लिन पाए मैले
    तिम्रो त्यो स्नेही काखमा
    मलाई जीवन मात्र हैन तिमीले
    अनगिन्ति प्रसवपीडा सहेर
    जन्माउने हुर्काउने आमा दियौ
    मेरो खुसी किन्नक लागि
    आफ्ना खुसीहरू लत्याएर
    परदेशिएका मेरा पिता दियौ ।

    कहिलेकाहिँ घामले, चिरिस्स मेरो शरीर पोल्दा
    म गाली गर्ने गर्छु तिमीलाई
    यसमा पनि त तिम्रो के दोष ?
    म ढाक्न खोज्दै छु आफ्ना गल्ती
    आखिर आगो मैले नै सल्काएको
    लहलह लहराउने तिम्रो केशमा
    हामी आफै भुसुना हौँ तिम्रो शिरका
    केश जलाएर छहारी खोजिरहेका ।

    एकापसमा लड्दै छौँ भुसुनाहरू
    ढाडे बन्नु छ यहाँ कोहीलाई
    नासेर तिम्रा अङ्ग अङ्गहरू
    जिउने रहरमा बिलासी जीवन
    लुछ्दै छौँ तिम्रो मासुहरू
    मिठो मिठो भाग खोज्दै खोज्दै
    मलाई त केवल तिम्रो छ चिन्ता
    कतै सकिन्छ कि तिम्रो आयु ?

    मङ्गलबार, भदौ ३०, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ‘अग्निस्पन्दन’ कवितासङ्ग्रहको शल्यक्रिया
    आदर्शको पहाड
    रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न
    वीरेन्द्रभक्त श्रेष्ठले पाँचौँपटक जिब्रो छेड्ने
    लघुकथा : प्रकृति
    गजल

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ४.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    • ५.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ६.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    भर्खरै

    • १.
      ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

    • २.
      हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

    • ३.
      रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

    • ४.
      ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

    • ५.
      इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    • ७.
      सहकारीमा ठगीको जालो पुस्तक विमोचन

    • ८.
      दक्षिण फिलिपिन्समा सुरक्षाकर्मीसँगको झडपमा छ जना मारिए

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.