काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १२ सय १ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।शनिबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले देशभरमा थप १ हजार २०१ जनामा कोरोना भाइरसको संक्रमण पष्टि भएको जानकारी दिनुभयो ।
प्रवक्ता गौतमका अनुसार पछिल्लो २४ घण्टामा थप १० हजार १७६ जनाको पीसीआर परीक्षण गरिएको थियो । आज देशभरमा सक्रिय संक्रमितको संख्या १५ हजार २६० रहेको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा थप ८५२ जना कोरोना संक्रमित निको भएसँगै नेपालमा कोरोनामुक्त हुनेको संख्या ३७ हजार ५२४ पुगेको छ।
१४ को मृत्यु
नेपालमा कोरोना संक्रमणबाट थप १४ जनाको मृत्यु भएको छ । जनसंख्या तथा मन्त्रालयका अनुसार शनिबार देशभरमा १४ जना संक्रमितको मृत्यु भएको हो ।
मृत्यु हुनेमा तीन महिला र ११ पुरुष रहेका छन् । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३३६ पुगेको छ।
कुन जिल्लामा कति कोरोना संक्रमित थपिए ?
स्वास्थ्य मन्त्रालयका अनुसार सबैभन्दा बढी काठमाडौँमा ३७७ जना संक्रमित भएका छन् । त्यस्तै बढी संक्रमित हुने अन्य जिल्लामा मकवानपुरमा १०७, चितवन ९२, सर्लाही ८३, रुपन्देहीमा ८१ र मोरङमा ५८ जना रहेका छन्




