• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शनिबार, असोज ०३, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन

ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा

उत्तरी सागरमा कार्बन भण्डारण सुरु

मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति

बोलिभियामा नयाँ जङ्गली बिरालो

भारत–भुटान ऊर्जा सहकार्य विस्तार

सहायक प्रजनन प्रविधिको नाममा शोषण रोक्न सरकारलाई सांसद विश्वकर्माको कडा दबाब

इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन

लोकप्रिय समाचार

  • १. जेनजी प्रदर्शनका लागि अमेरिकाले प्रायोजन गरेका चार जना को हुन् ?

  • २. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • ३. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ४. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ५. रसुवाबाढीमा बेपत्ता कार्कीको कुशको शव बनाएर संस्कार गरिँदै

  • ६. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ७. भारतको राजपुरामा रसुवाबाढी प्रभावितका लागि राहत सङ्कलन

  • ८. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ९. वृद्धाश्रममा आगलागी हुँदा १६ जनाको मृत्यु

  • १०. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

कुष्ठरोग प्रभावितको कानुनी, सामाजिक र आर्थिक अधिकार दिने व्यवस्था हुँदै


  •   आइतबार, भदौ २८, २०८३ मा प्रकाशित
  • नारायण न्यौपाने र अशोक घिमिरे, काठमाडौँ ।

    Advertisement

    नेपालमा कुष्ठरोग प्रभावित व्यक्तिमाथि वर्षौंदेखि हुँदै आएको कानुनी तथा सामाजिक विभेदको सधैँका लागि अन्त्य गर्न व्यापक कानुनी सुधारको प्रक्रिया अगाडि बढाइएको छ ।

    औषधीको नियमित सेवन गरेमा छोटो समयमै पूर्ण निको हुने कुष्ठ रोग प्रभावित व्यक्तिप्रति नेपाली समाजमा गरिने व्यवहार र कानुन पीडितमैत्री हुन नसकिरहेको अवस्थामा नेपालमा कुष्ठरोग प्रभावित व्यक्तिविरुद्धको भेदभाव अन्त्यका लागि कानुनी सुधार गर्न लागिएको हो ।
    नेपाल कानुन समाजको अग्रसरतामा विद्यमान कानुनी त्रुटिहरूलाई उजागर गर्दै तीनै तहका सरकारको सहभागितामा एकीकृत कानुन निर्माणको बलियो आधार तयार पारिएको छ ।

    स्वास्थ्यको पाटोबाट कुष्ठ प्रभावसम्बन्धी समस्याको पहिचान, उपचार र पुन:स्थापना तथा विभेदकारी कानुनलाई समयानकूल सुधार गर्न यससम्बन्धी मस्यौदा बनाइ स्थानीय तहसम्म पुगेर छलफल गर्ने तयारी गरिएको छ ।

    मुलुकी देवानी संहिता–२०७४ मा पूर्ण रूपमा बोल्न वा सुन्न नसक्ने, पूर्ण रूपमा दृष्टिविहीन वा कुष्ठरोगी भएको व्यक्तिलाई विवाहका सन्दर्भमा विभेदकारी ढङ्गले प्रस्तुत गरिएको थियो, यद्यपि नेपालको संविधानको धारा १८(२) ले स्वास्थ्य स्थितिका आधारमा भेदभाव गर्न नपाइने मौलिक हक सुनिश्चित गरेको छ, तर जातीय तथा अन्य सामाजिक छुवाछूत र भेदभाव (कसुर र सजाय) ऐन, २०६८ र मुलुकी अपराध संहिता, २०७४ मा यस्तो विभेदलाई स्पष्ट रूपमा दण्डनीय बनाइएको थिएन ।

    त्यसैगरी, कुष्ठरोगबाट प्रभावित व्यक्तिको विशिष्ट प्रकारको अपाङ्गतालाई अपाङ्गता भएका व्यक्तिको अधिकारसम्बन्धी ऐन–२०७४ ले समेट्न सकेको थिएन भने उनीहरूलाई सामाजिक सुरक्षाको दायराबाट बाहिर राखिनुका साथै स्थानीय तहको भूमिका पनि अस्पष्ट रहेको देखिन्छ ।
    प्रभावितको स्वास्थ्य, कानुनी र संवैधानिक तथा सामाजिक पक्षलाई दृष्टिगत गरी सर्वोच्च अदालतले २०८३ वैशाख १४ गते परमादेश जारी गरेको थियो । मुलुकी देवानीसंहितामा रहेको ‘कुष्ठरोगी भएको’ भन्ने वाक्यांश संविधानको समानता तथा मौलिक हक विपरीत रहेको ठहर गर्दै खारेज गरिदिएको छ । अदालतले विवाहका क्रममा स्वास्थ्य वा शारीरिक अवस्था लुकाउन नपाउनेगरी स्पष्ट कानुनी व्यवस्था गर्न तथा कुष्ठरोग प्रभावित व्यक्तिमाथि रहेका सबै विभेदकारी व्यवस्था हटाइ उनीहरूको मानवोचित जीवन र समान अधिकार सुनिश्चित गर्न नेपाल सरकारका नाममा निर्देशन जारी गरेको छ ।

    सर्वोच्चको निर्देशन र कुष्ठरोग प्रभावितको अधिकारलाई पूर्ण रूपमा सम्बोधन गर्न छओटा प्रमुख कानुनलाई समेटेर एकीकृत विधेयकको प्रारम्भिक मस्यौदा तयार पारिएको छ । यस विधेयकलाई थप परिष्कृत र व्यावहारिक बनाउन लुम्बिनी प्रदेश र स्थानीय तहसँग परामर्श गरिँदैछ । स्थानीयस्तरबाट प्राप्त सुझावका आधारमा सङ्घीय तहमा अन्तिम मस्यौदा तयार गरी आवश्यक अग्रिम कानुनी कारबाहीका लागि कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पेस गर्ने योजना अगाडि बढाइएको छ ।

    उक्त कानुनी सुधारबाट कुष्ठरोग प्रभावित नेपाली नागरिकको आत्मसम्मान, मानवअधिकार र समाजमा समान सहभागिताको नयाँ ढोका खोल्ने दृढ विश्वास गरिएको छ । हाल नेपालमा करिब दुई लाखको सङ्ख्यामा कुष्ठरोग प्रभावित व्यक्ति रहेकामा ३० हजार व्यक्ति अपाङ्गताको सिकार बनेको र करिब दुई हजारदेखि दुई हजार ५०० सम्म व्यक्ति बर्सेनि यो रोगको सङ्क्रमणमा पर्ने गरेको पाइएको छ । तथ्याङ्कमा मधेस तथा लुम्बिनी प्रदेशका तराईका ११ जिल्लामा अहिले पनि प्रति १० हजारमा एक जनाभन्दा बढी व्यक्ति कुष्ठ प्रभावित भएकाले ती जिल्लालाई अतिकुष्ठ प्रभावित जिल्ला मानिएको छ ।

    नेपालमा सात दशकदेखि कुष्ठप्रभाव निवारणका लागि विभिन्न प्रयास भएकामा यसलाई २०६६ सालमा गम्भीर स्वास्थ्य समस्याका रूपमा नभएको जनाउँदै यो रोग निवारण भएको घोषणा गरिएको थियो, तथापि अहिले पनि विश्व स्वास्थ्य सङ्गठनले भने यो रोग प्रभावित विश्वका २३ मुलुकको सूचीमा नेपाललाई पनि समावेश गरेको छ । विगतमा कुष्ठ प्रभाव रोकथामका कार्यक्रममा राज्यको प्राथमिकतामा परेको भए पनि कुष्ठ प्रभाव निवारण घोषणापछि प्रभावित व्यक्तिले विभिन्न चुनौती समाधान गरिरहेका छन् ।

    रोजगारी, आय, गुणस्तरीय शिक्षा र स्वास्थ्य सेवामा दिगो पहुँचको अभावले गर्दा उनीहरूको व्यक्तित्व विकास र सामाजिक एकीकरणको प्रयास कमजोर बन्दै गएको छ । नेपालको संविधानको धारा ४३ ले सामाजिक सुरक्षाको हक सुनिश्चित गरे तापनि राज्य प्रणालीमा उनीहरूको उपस्थिति न्यून छ । विशेषगरी सङ्घीय संरचनाअन्तर्गत सबैभन्दा बढी प्रभावित मानिएका लुम्बिनी र मधेस प्रदेशमा समेत उनीहरूलाई लक्षित गरेर सञ्चालन गरिने सुरक्षा र सशक्तीकरण कार्यक्रमको अवस्था अतिन्यून रहेको यथार्थ औँल्याइएको छ ।

    कुष्ठ प्रभावितको स्वास्थ्य र जीवनरक्षाका लागि स्वास्थ्य तथा उपचार सुरक्षालाई पहिलो प्राथमिकतामा राखिएको छ । कुष्ठरोगको नि:शुल्क र निरन्तर उपचारको सुनिश्चितता गरिनुका साथै उपचारपछि कमजोर हुनसक्ने स्नायु, हातगोडा तथा घाउको नियमित स्याहार र फिजियोथेरापी सेवा उपलब्ध गराउनुपर्ने प्रस्ताव गरिएको छ ।

    पूर्वपहिचान र परीक्षणमार्फत अपाङ्गता हुन नदिने व्यवस्था मिलाउने, जटिल अवस्थामा रहेका बिरामीका लागि छुट्टै शैयासहितको नि:शुल्क उपचार गर्ने र आवश्यकताअनुसार विभिन्न उपचारजन्य सहायक सामग्री तथा दैनिक जीवनयापनका साधनको प्रबन्ध गरिनेछ । नियमित उपचार गराइरहेका कुष्ठ प्रभावितको आश्रित परिवारका लागि भरणपोषणको व्यवस्था मिलाउनुका साथै समयमै रोग पहिचान गर्न समुदायमा तालिम तथा सचेतना कार्यक्रम विस्तार गरिनेछ ।

    अपाङ्गताको वर्गीकरणका आधारमा फरकफरक दरको सामाजिक सुरक्षा भत्ता दिने, स्थानीय तहको नेतृत्वमा अतिविपन्न परिवारका लागि थप पारिवारिक भरणपोषण भत्ताको व्यवस्था गर्ने र कुष्ठ प्रभावित बालबालिका तथा विद्यार्थी सन्तानका लागि विद्यालय दिवा खाजा, नि:शुल्क पाठ्यपुस्तक र विद्यालय पोसाक वितरण गर्ने कार्यक्रम अगाडि सारिएको छ ।

    कुष्ठ प्रभावितलाई समाजमा पुनस्र्थापित गर्न समुदायमा आधारित पुन:स्थापना कार्यक्रम, शारीरिक पुन:स्थापना, मनोसामाजिक परामर्श, परिवारमा पुन:स्थापना र समुदायमा पुन:एकीकरण कार्यक्रम सञ्चालन गर्नुपर्नेमा जोड दिइएको छ ।

    समाजमा विद्यमान सामाजिक कलङ्क र भेदभावको अन्त्य गर्न विद्यालयस्तरदेखि नै पाठ्यक्रममा वैज्ञानिक तथा अधिकारमुखी सूचना समावेश गर्ने, सञ्चारमाध्यमबाट तथ्यमा आधारित सूचना प्रवाह गर्ने, स्वास्थ्यकर्मी र जनप्रतिनिधिका लागि सचेतना तालिम सञ्चालन गर्ने तथा विभेदजन्य व्यवहारलाई फौजदारी कसुरका रूपमा कानुनी दायरामा ल्याउने प्रस्ताव गरिएको छ ।

    व्यवसाय सञ्चालनका लागि विनाधितो समूह जमानीमा ऋण, ब्याज अनुदान, कर्जा सुरक्षणमा प्रिमियम अनुदान, महिला तथा दलित कुष्ठ प्रभावितका लागि थप सहुलियत, र युवाहरूका लागि स्टार्टअप कर्जाको व्यवस्था गरिनेछ । कुष्ठ प्रभावितलाई समेटेर सामूहिक तरकारीखेती, डेरी व्यवसाय, मौरीपालन, बाख्रापालन, सामूहिक पसल तथा खाद्य प्रशोधनका गतिविधि सञ्चालन गरिनेछ । उत्पादित वस्तुको ब्रान्डिङ, प्याकेजिङ, डिजिटल मार्केटिङ, स्थानीय हाटबजार र सरकारी कार्यालय तथा स्थानीय तहको खरिदमा विशेष प्राथमिकता दिने व्यवस्था मिलाइनेछ ।

    निजी क्षेत्रसँगको सहकार्यमा रोजगारी सृजना गर्ने र स्थानीय विकास आयोजनामा उनीको रोजगारी सुनिश्चित गरिनेछ । ‘एक पालिका एक आर्थिक पुन:स्थापना’ कार्यक्रमअन्तर्गत स्थानीय तहको सहकार्यमा सीप, पुँजी, प्राविधिक तालिम र व्यवसाय विस्तारको अवधारणा कार्यान्वयनमा ल्याइनेछ । समूहमा बचत परिचालन गर्दै वित्तीय साक्षरता अभिवृद्धि गर्ने र सहकारी संस्थाको माध्यमबाट आर्थिक सवलीकरण गर्ने योजना पनि बनाइएको छ ।

    आइतबार, भदौ २८, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी
    इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन
    ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा
    उत्तरी सागरमा कार्बन भण्डारण सुरु
    मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति
    बोलिभियामा नयाँ जङ्गली बिरालो

    Yugdarshan

    Posts by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी प्रदर्शनका लागि अमेरिकाले प्रायोजन गरेका चार जना को हुन् ?

    • २.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • ३.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ४.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ५.
      रसुवाबाढीमा बेपत्ता कार्कीको कुशको शव बनाएर संस्कार गरिँदै

    • ६.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    भर्खरै

    • १.
      संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

    • २.
      इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन

    • ३.
      ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा

    • ४.
      उत्तरी सागरमा कार्बन भण्डारण सुरु

    • ५.
      मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति

    • ६.
      बोलिभियामा नयाँ जङ्गली बिरालो

    • ७.
      भारत–भुटान ऊर्जा सहकार्य विस्तार

    • ८.
      सहायक प्रजनन प्रविधिको नाममा शोषण रोक्न सरकारलाई सांसद विश्वकर्माको कडा दबाब

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.