• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, असोज ०५, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

सहकारीमा ठगीको जालो पुस्तक विमोचन

दक्षिण फिलिपिन्समा सुरक्षाकर्मीसँगको झडपमा छ जना मारिए

आसियान आर्थिक बैठकमा दिगो वृद्धि र नवप्रवर्तनलाई प्राथमिकता

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ४. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ५. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ६. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ७. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ८. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

  • ९. सर्वदलीय बैठक जारी

  • १०. बाढीपीडितका लागि राहत सङ्कलन गर्दै लुधियानामा तिजी कार्यक्रम

पार्टी विरुद्ध भाका फेरि फेरि हमला


  •   शनिबार, भदौ २७, २०७७ मा प्रकाशित
  • कृष्ण राज पाण्डेय

    Advertisement

    नेपाल कम्युनिष्ट पार्टी (मसाल) का विरुद्धमा भाका फेरि–फेरि लगातार विगत दुई वर्षदेखि हिटलरकोे गोयवल्स शैलीमा हमला हुँदै आएको छ । हमला छद्म नामधारी र अनुसाशनको कारबाहीमा परेका व्यक्तिहरुबाट भएको देखिन्छ । पार्टीको आठौं महाधिवेशन भन्दा पहिला महामन्त्री र उहाँको परिवारलाई विशेष गरेर दुर्गा पौडेललाई जोडेर आसिका मगर र पाबेल जस्ता छद्म नामधारीले कपोलकल्पित र झुठो आरोप लगाएर लगातार हमला गरे । यसको अर्थ थियो महाधिवेशनमा पार्टी नेतृत्वमाथि अविस्वास पैदा गराउनु र अर्को पार्टी भित्र चलिरहेको आन्तरिक छलफललाई उतेजित गराउनु । पार्टीको आन्तरिक कुरामा खेल्ने, कलोकल्पित आरोप सिर्जना गरेर प्रचार युद्ध नै गरियो ।

    महाधिवेशन भन्दा पहिले नै पार्टी बिभाजन गर्न सकिन्छ कि भन्ने छद्मभेषीहरुको प्रयत्न थियो । तर पार्टी सदस्य र समर्थकले यस्ता झुठो आरोप हरुलाई खारेज गरिदिए । यतिसम्म पनि सुन्न पाइयो कि पार्टीको माहाधिवेशनमा खटिएका स्वयमसेवकलाई भेटेर महाधिवेशनमा हाम्रो दुई चार जना साथी चुनिएर आएका छन् उनीहरुको मोबाइल र रेकर्ड लिएर आउने छन् सहयोग गरिदिनुहोला भन्नेसम्म काम भयो । यस्ता घुसपैठियालाई नियन्त्रण गर्दै पार्टीको महाधिवेशन सफलतापूर्वक सम्पन्न भयो ।

    महाधिवेशन चलिरहेको बेला विभिन्न अनलाइन मार्फत पार्टी र नेतृत्वको विरुद्ध अनेकौं आरोप लगाइयो र महाधिवेशन सकिएपछि पार्टी आन्तरिक कुरा केही अनलाइनबाट प्रकाशित गरियो । यो पार्टीको भुमिगत संरचना माथिको आक्रमण थियो र पार्टीलाई विघटन र बिसर्जनको लागी घुसपैठ र जासुसी थियो । अर्को कुरा माहाधिवेशन सकिएपछि एउटा छद्म नामधारी रोसन जनकपुरी भन्नेको नामबाट ‘म बहुमतको बिचारलाई माहाधिवेशनमा समर्थन गरेको हुँ मैले गल्ती गरेँ’ भन्दै पार्टी विरुद्ध प्रचार युद्ध चलाउने काम भयो ।

    यस्ता चटके नाटकबाट केही सफलता नलागे पछि अर्को हल्लाको खेती सुरु भयो । जो थियो, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी विरुद्धको काल्पनिक आरोप । यतिसम्म हल्ला गरियो कि, ‘अब केसी जेल जाँदैछन् । आज हो कि भोलि अब पार्टी को बाहावाला अध्यक्ष जेल जाँदा पार्टी बदनाम हुने भयो । केसीले अब राजीनामा दिनु पर्छ’ भन्दै भ्रम सिर्जना गरियो । विभिन्न पत्रिका र अनलाइनमा यस्ता समाचार लेखिदिन बिन्तिपत्र हालेको थाह भयो । तर उनीहरुको प्रयास ‘हात्ती आयो हात्ती आयो फुस्स’ भने झैँ भयो । केसीको सादगी र स्वछ छवीमाथिको प्रायोजित हमला दुनियाँ कसैले स्वीकार गरेन ।

    त्यसपछि छद्मभेषीहरुले अर्को नौटंकी सुरु गरे । ‘दुर्गा पौडेल आज मन्त्री हुँदै छन्, भोलि हुँदै छन् । मोहनजीले दुर्गा पौडेललाई मन्त्री बनाउन केपी र प्रचण्ड लाई भेटेर दबाब दिए’ भन्ने कथित प्रचार गरियो । केही अनलाइनमा मोहनजी र प्रचण्डको फोटो हालेर ‘मन्त्री माग्न मोहनविक्रम खुमलटार’ भने शिर्षक बनाएर पार्टीमाथि हमला गर्ने काम भयो ।एउटा बिवाहको भोजमा गएको बेला ‘भारतीय राजदूतसँग मन्त्री बनाइदिन गोप्य भेट’ भनेर समाचार बनाएर पार्टी नेतृत्व र क्रान्तिकारी आन्दोलन बदनाम गराउन गोयवल्स शैलीमा अर्को झुठो प्रचार गरियो ।

    नेकपा (मसाल) को बैधानिक साप्ताहिक पत्रिका हाँक विभिन्न दुःख कष्ट आरोह अबरोह, आर्थिक संकट सहेर क्रान्तिकारी बिचार र जनबादी सत्ताको प्रचारको लागि ३७ वर्ष देखि हतियारको रुपम काम गरिरहेको थियो । यसलाइ पार्टीबाट खोसेर लिने काम भयो । हाँक साप्ताहिकको बारेमा पार्टीबाट निष्काशित भएका सन्तबहादुर नेपालीले एउटा अनलाइन भन्नुभएको रहेछ, ‘पार्टीले दुईवटा वैधानिक पत्रिका चलाउनुपर्छ भनेको थिएँ ।’ म सन्त बहादुर जीलाई स्मरण गराउन चाहन्छु जति बेला नेकपा (मसाल) र एकताकेन्द्रबीच एकीकरण भएर नेकपा (एकताकेन्द्र मसाल) भएको बेला पार्टीका दुई पत्रिका हाँक र जनएकता थिए । तर सन्त बहादुरजीलाई ज्ञान होला जनएकताको काम पार्टीलाई माओवादीमा कसरी विलय गर्न सकिन्छ भने नै थियो । नारायणकाजीको योजना अनुसार मसाललाई माओवादीमा विलय गर्न त सकेनन् तर केही झुन्ड लिएर गए । तर मसाल लाई माओवादीमा विलय गराउन नसके पनि आफू विलय भएको सत्य हो नि ।

    अर्को कुरा उतिबेलादेखी नै पार्टीभित्र अराजकता, अनुसासनविहिनताको शिक्षा दिएको पक्कै हो । यही शिक्षा लिनुभएर होला र सन्त बहादुरजीले एउटा पार्टीको दुई पत्रिका भनुभएको । नारायणकाजी एउटा झुन्ड लिएर माओवादीमा विलय भए तर सन्त बहादुरजीको पार्टी कता विलय गराउने योजना छ ? योत भबिष्यले बताउला । जब पार्टीले हाँकलाई प्रालिमा चलाउने एक मतले निर्णय गरेको थियो पछि कानुनको साहारामा गोबिन्द सिँह थापालाई उचालारेर पार्टीको सम्पत्ति कब्जा गराउन लगाएर जागिर खान गएका आदरणीय सन्तबहादुरजीलाई नै थाहा होला । राष्ट्रिय जनमोर्चाको सम्मेलनमा देश भरिका प्रतिनिधिहरुले महासचिव बस्नु पर्यो भनेर अनुरोध गर्दा अस्वीकार गर्नुभएको यही हाँकमा जागिर खानको लागि हो ? वा अरु केही हो ? भबिस्यले बताउला ।

    अहिले पार्टी र नेतृत्वको विरुद्ध छद्म नामधारी जंगबहादुर सिंह, श्रीकान्त भट्ट, चन्द्र बहादुर बिसी लगाएत र पार्टी अनुसाशनको कार्बाही परेका केही मान्छेको काम पार्टी नीति र नेतृत्वमाथि हमला गर्नु रहेको पाइन्छ । उनीहरुले कति बेला पार्टीको नीति दक्षिणपन्थी भयो भन्छन्, कतिबेला पाका पुराना व्यक्तिलाई जिम्मा नदिई नयाँ आलाकाँचालाई जिम्मा दिएर पार्टीले गति लिएन भन्छन् । कतिबेला आलोचनात्मक चेत भएकालाई कारबाही गरेर पार्टीमा ‘यस मेन’ लाई जिम्मा दिएको भन्छन् ।

    पार्टी नीति, अनुसासन पालना गर्नु भनेको क्रान्तिप्रतिको इमानदारी हो, उनीहरुले भनेजस्तो कसैको ‘एसमेन’ बन्नु होइन । अर्को कुरा अहिले जसले यो कुरा गरेको छ उसले हिजो पार्टी नेतृत्वका व्यक्तिगत राम्रो आनिबानीको बयान नगरी कर्याकर्ताको बिचमा नितिको कुरा गर्दैन थिए । उदाहरणका लागि मोहनजीले यो खाना खाँदा स्वास्थमा राम्रो भयो भनुभयो, मैले पनि सुरु गरेको छु । वा केसीजी बिहान मर्निङवाक गर्दा राम्रो भयो भन्नू भयो, मैले पनि आज देखि मर्निङवाक गर्दैछु आदी । यसरी नेतृत्वको प्रसंशा गर्नेहरुनै आज भोलि उही नेतृत्वको बिरोध र आचोलना गर्दा कार्यकताहरु चकित छ्न । अर्कोतिर जो हिजो आफूलाई क्रान्ति र पार्टीको ‘एसमेन’ भन्दा पनि आफूलाई नेतृत्वको ‘एसमेन’ बुझेकाहरुले अहिले पार्टी नीतिको पक्षमा लागेकालाई ‘एसमेन’ र ‘हनुमान’ देख्नु भनेको साउनमा आँखा फुटेको गोरुले सधैँ हरियो देखे जस्तै हो ।

    कुन्ठा र इगो भरिएकाहरु आफ्नो अनुकुल हुन्जेल प्रशंसा गर्छन्, अनुकुल भएन भने बिरोध शुरु गर्छन । यस्ताहरुलाई नै भन्निन्छ आलोचनात्मक चेत नभएका । पार्टीको ईमानदार सिपाही क्रान्ति र परिवर्तनको पक्षमा सतिसाल जस्तै उभिएकालाई यस्तो भनु मनोरोग बाहेक के भन्न सकिएला र ? अहिले पार्टी विरुद्ध खुला र भुमिगत हिसाबले आक्रमण भएको छ । यो भनेको ‘कुरामा क्रान्तिकारी देखिएर योजनामा पार्टी लाई लाई विघटन र बिसर्जन’को लागि गरिएको हर्कत र घुसपैठ बाहेक केही होइन । यी तत्वहरुले विभिन्न समयमा विभिन्न भाका लिएर पार्टी र नेतृत्वमाथि कलोकल्पित आरोप सिर्जना गरेर गीत गाएका छन् । अझै केही समय गाउने छन् । तर सचेत पार्टी सुदस्य, समर्थक र सुभचिन्तकले यस्ता गीतका धुनलाई सधैँ जस्तै विफल बनाइदिनेछन् र क्रान्तिकारी आन्दोलनको रक्षा गर्नेछन् ।

    शनिबार, भदौ २७, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नेपाली राजनीति र नियति
    धर्मप्रति मजदुरको धारणा
    राष्ट्रिय सार्वभौमिकतासामु अमेरिकी हस्तक्षेप बढ्दो
    दाङबाङ : पहिचान, भूगोल र सम्भावना
    रसुवाबाढीसम्बन्धी २९ तथ्यको निष्कर्ष : ‘ग्लोबल वार्मिङ’ नियन्त्रण गरौँ
    हरेक चुनौतीको सामना गर्दै निरन्तर अगाडि बढ्नेछौँ

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ४.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    • ५.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ६.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    भर्खरै

    • १.
      ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

    • २.
      हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

    • ३.
      रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

    • ४.
      ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

    • ५.
      इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    • ७.
      सहकारीमा ठगीको जालो पुस्तक विमोचन

    • ८.
      दक्षिण फिलिपिन्समा सुरक्षाकर्मीसँगको झडपमा छ जना मारिए

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.