काठमाडौं । रोजगारी गुमाएर खाना खान नपाएका नागरिकलाई आजदेखि ललितपुर क्षेत्रमा पनि खाना वितरण सुरु गरिँदैछ ।
सरकारलाई दबाब दिन भन्दै काठमाडौं र भक्तपुर पछि ललितपुरमा पनि खाना वितरण सुरु गरिएको साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले जानकारी दिनुभएको छ । मिश्रका अनुसार प्रतयेक दिन साँझ ६ बजे ललितपुरको पाटनमा खाना वितरण गरिनेछ ।
काठमाडौंको टुंडिखेलमा केही दिन यता वितरण गरिएको निशुल्क खाना खान शहरका पाँच सय बढी मजदुरहरु सहभागी हुने गरेका छन् ।
मिश्रले ललितपुरमा खाना वितरण सुरु भएकोबारे जानकारी दिँदै बुधबार ट्वीट गर्नुभएको छ, ‘ जति सकिन्छ, सहयोग गरौँ । सरकारलाई विपन्नहरूको उद्दारका लागि दबाब दिऊँ ।’
सरकारमाथि सकारात्मक दबाब सृजना गर्न @Sajha_Party ले भक्तपुर र काठमाडौँमा गरेको खाना वितरण कार्यक्रम तपाईंको सहयोगले प्रभावकारी भएपछि @bibeksheelnp सँग मिलेर आजबाट ललितपुरमा पनि त्यस्तै कार्यक्रम आयोजना गरिँदैछ। जति सकिन्छ, सहयोग गरौँ। सरकारलाई विपन्नहरूको उद्दारका लागि दबाब दिऊँ। pic.twitter.com/Eq9rX8pMjy
— Rabindra Mishra (@RabindraMishra) September 9, 2020
भोका नागरिकलाई महिलाले खुवाए निःशुल्क भोजन

