• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

भुजमा मूल प्रवाहको नगर समिति गठन

नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

गुजरातको मोर्बीमा मूल प्रवाहको नगर समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जुन गाउँले मलाई धेरै दियो

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. अब मृत्युपछि पनि कर लाग्ने

देशमा भ्रष्टाचार उकालो लाग्दै छ


  •   बुधबार, भदौ १७, २०७७ मा प्रकाशित
  • बासुदेव पोख्रेल

    Advertisement

    आज कोरोना भाइरसको महामारीले विश्व मानवजाति आक्रान्त छ । यसको विश्वव्यापी प्रकोपको असर नेपालमा पनि दिन–प्रतिदिन बढ्दो छ । पछिल्ला दिनमा सङ्क्रमितको सङ्ख्यामा अत्यधिक मात्रामा वृद्धि भइरहेको छ । मृत्युदर पनि ह्वात्तै बढेर गएको छ । यहीबिचमा आएको बाढीपहिरोको प्रकोपका कारणले पनि ठुलो मात्रामा जनधनको क्षति भयो, जसको परिणाम दैनिक जीवन झन्पछि झन् कष्टकर बन्दै गइरहेको छ । उद्योगधन्दा, व्यापार, पर्यटन, स्वास्थ्य, शिक्षा आदि सबै क्षेत्र ओरालो लागिरहेको छ । अबका केही महिना पनि यही अवस्था रहिरहने हो भने भोकमरीका कारण खान नपाएर लाखौँको ज्यान जान सक्ने अवस्था सिर्जना हुँदै छ । यसरी मुलुकको चौतर्फी क्षेत्र ओरालो लागिरहेको वर्तमान अवस्थामा पनि एउटा धन्दा निरन्तर उकालो लागिरहेको छ; त्यो हो– भ्रष्टाचार ।

    विभिन्न सञ्चार माध्यमद्वारा प्राप्त तथ्याङ्कअनुसार गत वैशाखदेखि असार मसान्तसम्ममा मात्रै अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा ३ हजार ९ सय ५० अनियमितताका उजुरी परेका छन् । अझ उल्लेखनीय कुरा त के छ भने ती उजुरीमा कोभिड–१९ को नियन्त्रणका लागि औषधि तथा उपकरण खरिदमा भएको अनियमितताको सङ्ख्या धेरै नै छ । यसले बताउँछ, नेपालमा भ्रष्टाचारको रूप कति अमानवीय र क्रुर प्रकारको छ ।

    २०२० जनवरीमा ट्रान्सपरेन्सी इनटरनेसनलले प्रकाशित गरेको प्रतिवेदनअनुुसार भ्रष्टाचारको सूचकाङ्कमा नेपाल एक सय तेह«ौँ स्थानमा रहेको छ । यसरी अन्तर्राष्ट्रिय स्तरमा समेत धेरै भ्रष्टचार हुने देशको सूचीमा नेपाल पनि पर्र्नुु धेरै दुःखको कुरा हो । भ्रष्टाचार नियन्त्रण गर्न, शक्तिको दुरूपयोग रोक्न, मानव अधिकारको रक्षा गर्न र सुशासनको प्रबद्र्धन गर्न भनेरै अख्तियार दुरूपयोग अनुसन्धान आयोग, राष्ट्रिय मानव अधिकार आयोग र राष्ट्रिय सतर्कता केन्द्रजस्ता संस्था गठन भएको छ । तर पनि भ्रष्टाचार तथा अख्तियारको दुरूपयोग हुने काममा खासै फरक परेको छैन । ती संस्थाले आपm्नो काम कुशलतापूर्वक गर्न नसक्नुका पछाडिको कारण भनेको ती संस्थामा भएको व्यापक राजनीतिककरण नै हो ।

    साधारण जीवनमा भ्रष्टाचारलाई आर्थिक अपराधसित मात्र जोड्ने गरिन्छ । तर सार्वजनिक हित र नैतिकता विपरीत नियम र कानुन विरुद्धका सम्पूर्ण खराब आचरणपूर्ण कार्यलाई भ्रष्टाचार भन्नुपर्ने हुन्छ । यहाँ नियम, कानुन र नैतिकताको कुरालाई फरक फरक धर्म, संस्कृति, सङ्घसंस्था, राजनीतिक दल, राजनीतिक व्यवस्था आदि तथा समय र परिस्थतिको सापेक्षतामा नै बुझ्नुपर्ने हुन्छ । कुनै पनि सङ्घसंस्था, समूह, धर्म, संस्कृति आदि सञ्चालनका आआफ्नै विधिविधान, मूल्यमान्यता र नियम हुन्छन् । तिनीहरूको अभावमा कुनै पनि सङ्घसंस्थालाई आफ्ना निर्दिष्ट लक्ष्यहरू पूरा गर्न असम्भव हुन्छ ।

    मुलुक सञ्चालन गर्ने मूल नीति राजनीति हो । हाम्रोजस्तो बहुदलीय संसदीय व्यवस्था भएका देशमा राजनीतिलाई सञ्चालन गर्ने प्रमुख यन्त्र राजनीतिक दल नै हुन् । ती दललाई सञ्चालन गर्ने हतियार ती दलहरूले अवलम्बन गर्ने विधिविधान, नियम र पद्धति हुन् । ती दलहरूलाई मार्गनिर्देशन गर्ने उनीहरूले स्वीकार गरेका नीति– सिद्धान्त हुन् । जब कुनै राजतिक दल आफ्नो नीति–सिद्धान्तबाट च्यूत हुन्छ । त्यो रातमा घना जङ्गलमा बाटो बिराएको बटुवाजस्तै हुन्छ । त्यस्तै जब कुनै राजनीतिक दलले आफ्नो सङ्गठन सञ्चालन गर्ने विधिविधान, नियम र पद्धतिको उल्लङ्घन गर्छ । त्यसमा अनुशासनविहीनता, अराजकता र अव्यवस्था उत्पन्न हुन्छ । फलस्वरूप त्यसकोे असर देशको सम्पूर्ण राजनीतिमा पर्दछ र त्यसको परिणाम समग्र जनता र देशले समेत भोग्नुपर्ने हुन्छ ।

    आज देशमा त्यही भइरहेको छ । सत्तापक्ष वा प्रतिपक्ष दुवै पार्टीमा हे¥यौँ भने हामी यो पाउँछौ कि उनीहरूको सङ्गठनात्मक प्रणाली कुनै विधि र पद्धतिको आधारमा होइन, आपसी भागबन्डा, लेनदेन र छिनाझपटीका आधारमा चलिरहेको छ । उनीहरूभित्र अनुशासनविहीनता र अराजकताले सीमा नाघेको छ । नीति–सिद्धान्तकै कुरा गरौँ । उनीहरू आफैद्वारा घोषित नीति–सिद्धान्तबाट धेरै टाढा पुगिसकेका छन् ।

    उदाहरणका लागि सत्तारूढ नेकपाकै कुरा गरौँ । उसले आफूलाई कम्युनिस्ट भन्छ र त्यसैअनुसार आफ्नो पार्टीको नाम पनि कम्युनिस्ट राखेको छ । तर ऊ कम्युनिस्ट नीति–सिद्धान्तबाट धेरै पहिले नै च्यूत भइसकेको छ । उसको सङ्गठनात्मक स्थितिलाई हेरौँ । एउटा कम्युनिस्ट पार्टीले अपनाउने जनवादी केन्द्रियता र अनुशासनको कुरा त धेरै टाढाको कुरा भयो, पुँजीवादी प्रजातन्त्रवादीले अपनाउने सामान्य बहुमतीय सिद्धान्त पनि त्यहाँ लागु छैन ।

    प्रमुख प्रतिपक्षी नेपाली काङ्ग्रेसको कुरा गरौँ । उसले आफ्नो सिद्धान्त राष्ट्रियता, प्रजातन्त्र र समाजवाद भएको बताउँछ तर व्यवहारमा राष्टघात, अधिनायकवाद र दलाल पुँजीवाद उसको प्रायः बन्ने गरेको छ । त्यसको सङ्गठनात्मक प्रणालीलाई हे¥यौँ भने पनि कुनै नियम र विधिका आधारमा होइन, गुटबन्दी, अराजकता, अनुशासनविहीनता, भागबन्डा, लेनदेन आदिका आधारमा चलेको पाइन्छ ।

    अन्य दलमा पनि यसको असर परेको छ । परिणामस्वरूप देशको समग्र राजनीतिक क्षेत्र नै अराजकता, अव्यवस्था र भ्रष्टाचारको दलदलमा फस्दै गइरहेको छ अर्थात् देशको सम्पूर्ण शासन व्यवस्था तथा प्रशासन क्षेत्रमा अव्यवस्था उत्पन्न हुन पुगेको छ ।

    लामो समयदेखि विभिन्न संवैधानिक निकायका पद रिक्त छन् । भनिन्छ, सत्तापक्ष र प्रतिपक्षको बिचमा तथा सत्तापक्षभित्र पनि विभिन्न गुटको बिचमा आपसी भागबन्डा नमिल्दा ती नियुक्ति रोकिएका छन् । विगतका दिनमा न्यायपालिकाजस्तो संवेदनशील अङ्गमा न्यायाधीशको नियुक्ति राजनीतिक दलका बिचको भागबन्डाका आधारमा हुने गरेको तथा राजनीतिक दाउपेच र आफ्ना काला कर्तुतको संरक्षण गर्ने होडबाजीमा लोकमानसिंह कार्कीजस्ता भ्रष्ट व्यक्ति पनि अख्तियार दुरूपयोग अनुसन्धान आयोगजस्तो महत्त्वपूर्ण संवैधानिक आयोगको प्रमुखमा नियुक्त हुन पुगेका उदाहरण छन् । यी त केवल प्रतिनिधि घटना मात्र हुन् । लाउडाकाण्ड, धमिजाकाण्ड, सुडान घोटालाकाण्ड, वाइडबडी, बालुवाटारको जग्गा प्रकरण आदि जस्ता ठुला ठुला भ्रष्टाचार र अनियमितताका घटना नेपालमा थुप्रै छन् ।

    हरेकजसो सरकारी कार्यालयमा सानातिना काममा पनि पैसा नखुवाई काम बन्दैन । मालपोत, नापी, यातायात आदि सम्पूर्ण अड्डाअदालत जहाँतहीँ भ्रष्टाचार छ । अहिले त यी सबै काम बिचौलियामार्फत हुने गरेका छन् । सुन तष्करी, लागु औषधिको कारोबार आदि जहाँतही प्रशासनिक मिलेमतोका खबर सुनिन्छन् । हालैका दिनमा रेडक्रसजस्तो परोपकारको नाममा गठन भएको संस्थामा समेत व्यापक रूपमा भ्रष्टाचार र अनियमितता भएका समाचार प्रकाशित भइरहेका छन् ।

    देशको समग्र क्षेत्रमा पर्न गएको भ्रष्टाचार र अनियमितताको प्रभाव सामाजिक मनोविज्ञानमा पनि परेको छ । जुनसुकै तरिकाबाट आर्जन गरेको भए पनि सम्पत्ति वा पैसावाल मानिस नै वर्तमान पँुजीवादी समाजको नजरमा प्रतिष्ठित मानिने हुँदा नयाँ पिँढीमा समेत त्यसको असर परेको छ र यसबाट देश तथा समाजको भविष्य नै अन्धकारतर्फ बढिरहेको प्रतीत हुँदै छ ।

    राजनीतिक तथा दार्शनिक रूपले विचार गर्दा अहिलेको बहुदलीय संसदीय व्यवस्था भनेको पुँजिवादी व्यवस्था हो । पुँजीवाद त्यो राजनीतिक तथा आर्थिक व्यवस्था हो , जुन व्यक्तिगत नाफाको आधारमा टिकेको हुन्छ । यो सामाजिक तथा आर्थिक व्यवस्थामा व्यक्तिगत पँुजीलाई नै सर्वशक्तिमान मानिन्छ । पँुजीको माध्यमबाट शक्तिआर्जन गर्ने र त्यसैबाट सम्पूर्ण राजनीतिक तथा सामाजिक व्यवस्थामा नियन्त्रण गर्नु नै पँुजीवादको प्रमुख विशेषता हो । यसरी शासन व्यवस्थाले नै पँुजीलाई सर्वमान्य स्थान दिँदा मानिसले व्यक्तिगत पँुजी जम्मा गर्नका लागि जस्तोसुकै निकृष्ट र भ्रष्ट काम गर्न पनि पछि नपर्ने भयो । त्यसकारण राजनीतिक र दार्शनिक रूपबाट विश्लेषण गर्दा विद्यमान राजनीतिक सामाजिक व्यवस्था नै भ्रष्टाचारको मूल स्रोत भएकोमा कुनै शङ्का छैन ।

    पुँजीवाँदी राजनीतिमा पनि आफ्नै प्रकारका मूल्य र मान्यता हुन्छन् । आफ्ना आदर्शका लागि ठुला ठुला त्याग र बलिदानका उदाहरण थुप्रै पाइन्छन् ।

    महात्मा गान्धीलाई नै लिऊँ । उनी कम्युनिस्ट अर्थात् समाजवादी थिएनन् । तर आपm्नो सादा जीवनशैली र नैतिक बलको माध्यमबाट ब्रिटिस साम्राज्यवादका विरुद्धको लडाइँमा सफलता प्राप्त गरे र संसारभर आफ्नो अलग छाप छोड्न सफल भए । अब्राहम लिङ्कन, जो पुँजीवादी अमेरिकाको राष्ट्रपति बने र दासप्रथाको अन्त्य गरे । गरिब परिवारमा जन्मेका उनको सङ्र्घषको कथा पनि कम्ति प्रेरणादायी छैन । नेल्सन मन्डेला पुँजीवादी पार्टीकै ठुला नेता थिए तर आपm्नो आदर्शका लागि उनी कष्टकर जीवन बिताउन तयार भए ।

    गङ्गालाल, दशरथ चन्द, शुक्रराज शास्त्री आदिका उदाहरण हे¥याँै भने उनीहरूले जनताको स्वतन्त्रताका लागि आफ्नो जीवन नै बलिदान गरे । पँुजीवादी प्रजातान्त्रिक व्यवस्थाको अलि लामो अभ्यास भएका मुलुकमा हे¥यौँ भने के देख्छौँ भने एउटा सानो गल्ती, जसमा उनीहरू कारक हुँदैनन्; र पनि नैतिकताका लागि मन्त्री, प्रधानमन्त्री आदि ठुला ठुला पदबाट राजीनामा दिएका उदाहरण कैयौँ पाइन्छन् ।

    तर हाम्रो देशको सन्दर्भमा हे¥यौँ भने स्थिति त्यसको ठिक उल्टो पाइन्छ अर्थात् नेपालको समकालीन राजनीतिमा नैतिकताको प्रश्न अत्यन्तै उपेक्षित बन्न पुगेको छ । राजनीतिक पार्टीका नेताहरूको जीवनशैली हे¥याँै भने डरलाग्दो तस्बिर हाम्रा अगाडि आउँछ । जीवनभर राजनीति गरेका र पुख्र्यौली सम्पत्तिको पृष्ठभूमि पनि त्यति राम्रो नभएका नेताहरूको यति विलासितापूर्ण जीवनशैली कसरी सम्भव हुन गयो ? चुनावमा खर्च गर्ने करोडौँ रूपिया कहाँबाट आउँछ ? आलिसान बङ्गला र मोटरगाडी कहाँबाट आउँछन् ? सोचनीय विषय बनेको छ ।

    चुनावकै कुरा गरौँ । चुनाव अब यति महङ्गो भयो कि सामान्य वडामा चुनाव लड्न पनि लाखौँ रुपियाँ खर्च गर्नुपर्ने भयो । पालिका प्रमुख तथा सांसदका पदमा त करोडौँ रुपियाँ खर्च गरेका चर्चा सुनिन्छन् । यसबाट प्रष्ट हुन्छ कि अबको दिनमा देशको राजनीति भ्रष्ट, तष्कर, ठेकेदार र मापिीयाको हातमा गइरहेको छ ।

    अन्त्यमा, जस्तो कि माथि नै भनिसकियो, भ्रष्टाचारमाथि पूर्ण रूपमा विजय प्राप्त गर्नका लागि पँुजीवादी व्यवस्थाको समूल अन्त हुनु आवश्यक छ र त्यसका लागि हामीले लामो बाटो पार गरेर नै त्यसमाथि सफलता प्राप्त गर्न सक्ने छाँै । तर तत्कालका लागि हामीले यो व्यवस्थाभित्र हुने भ्रष्टाचार, अनियमितता, कालोबजारी, अनैतिकता, अराजकता आदिका विरुद्ध सम्झौताहीन सङ्घर्षलाई अगाडि बढाएर नै भ्रष्टाचारलाई कम गर्न र थोरै भए पनि जनतामा साुशासनको प्रत्याभूति दिन सक्ने छौँ । त्यसका लागि हामीले सबै राजनीतिक दल तथा देश र जनताको ध्यान त्यतातिर आकर्षित गर्न चाहन्छौँ ।

    बुधबार, भदौ १७, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जनजाति मुक्ति आन्दोलन
    भारतीय विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ
    पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू
    वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका
    उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका
    व्यक्तिगत स्वार्थ

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जुन गाउँले मलाई धेरै दियो

    भर्खरै

    • १.
      जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

    • २.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ३.
      हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

    • ४.
      नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

    • ५.
      बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

    • ६.
      देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

    • ७.
      भुजमा मूल प्रवाहको नगर समिति गठन

    • ८.
      नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.