काठमाडौं । जनकपुरमा एक महिलाले मंगलबार एकै पटक चारवटा बच्चा जन्माएकी छन् । धनुषाको विदेह नगरपालिका–७ जोगियाराकी २२ वर्षीया अरमाना खातुनले तीन छोरी र एक छोरालाई जन्म दिएकी हुन् ।
Advertisement
प्रसुति व्यथा लागेपछि मंगलबार बिहान जनकपुरधामस्थित काव्या अस्पतालमा भर्ना भएकी अरमानालाई स्त्री तथा प्रसुती रोग विशेषज्ञ डाक्टर सोनिया सिंहले शल्यक्रियामार्फत् बच्चाहरू निकालेकी हुन् ।
अस्पतालका अनुसार अरमानाको अवस्था गम्भीर छ । उनको भेन्टिलिेटरमा राखेर उपचार भइरहेको छ । चार शीशुमध्ये तीन जनाको अवस्था सामान्य छ भने एकको अवस्था अस्थिर रहेको बताइएको छ ।