• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ७. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ८. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • ९. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • १०. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

चार किसान सङ्गठन सरकारलाई विरोधपत्र बुझाउने तयारी गर्दै


  •   आइतबार, भदौ १४, २०७७ मा प्रकाशित
  • काठमाडौँ । अखिल नेपाल किसान महासङ्घ (अप्फा) सहितका चार किसान सङ्गठनले किसानका समस्यालाई लिएर सरकारलाई विरोधपत्र बुझाउन तयारी गरेका छन् । २०७७ भदौ १४ गते बसेको ती सङ्गठनहरूको भर्चुअल बैठकले यस्तो निर्णय गरेको हो ।

    Advertisement

    गत साउन ३२ गते चार किसान सङ्गठनले गरेको भर्चुअल अन्तरक्रियाको मूल्याङ्कनसमेत गरी बैठकपछि जारी गरिएको प्रेसविज्ञप्तीमा त्यसबारे भनिएको छ :

    “हामी चार किसान सङ्गठनले हालै आयोजना गरेको ‘कोभिड–१९ को कृषिमा परेको असर र राज्यको दायित्व’ विषयक भर्चुअल अन्तक्र्रिया कार्यक्रममा आमन्त्रित विभिन्न विषय विशेषज्ञ विद्वानहरू वैज्ञानिक ब्यक्तित्व, कृषि र किसानका विभिन्न समस्यासँग जुधिरहेका विभिन्न किसान सङ्गठनका नेताहरू स्वदेश र प्रवासबाट समेत उपस्थित भएर बहुमूल्य सुझाव दिनुहुने विशिष्ठ महानुभावहरू सबैमा आयोजकको तर्फबाट हार्दिक धन्यवाद दिन चाहान्छौँ र देशका किसान र कृषिका आधारभूत र गम्भीर समस्याको सही समाधान गर्न आगामी दिनमा पनि अझ सशक्त सुझाव, साथ–सहयोग प्राप्त भइरहने विश्वास व्यक्त गर्न चाहन्छौँ ।

    कोरोना महामारीबाट देश र जनतालाई जोगाउन सरकारले युद्धस्तरमा परिचालित भएर यसको रोकथाम र नियन्त्रण गर्न सबै उपायको अवलम्बन गर्नुपर्नेमा सरकारी उदासिनता, लापरवाही र उपेक्षापूर्ण गतिविधिले गर्दा करिब चार महिनाको पहिलो लकडाउन र त्यसपछिको दोश्रो लकडाउनका बिच पनि कोभिड–१९ को बढ्दो प्रकोपले देश र जनतालाई सन्त्रस्त पारेको छ । खास गरी श्रमिक, किसान, स्वयम् चिकित्साकर्मी, सुरक्षाकर्मी र यसमा खटिएका कर्मचारीसमेत यो कोरोनाको चपेटामा परेका छन् । हामी किसानलगायत आम जनतालाई यसको प्रकोपबाट जोगाउन र कोरोना र लकडाउनका कारणले आर्थिक गतिविधि ठप्प भएर जनतामाथि पर्न लागेको अनिकालको स्थितिबाट उनीहरूलाई बचाउन सरकारले सम्पूर्ण ध्यान केन्द्रित गरोस् भन्ने पुनः जोडदार माग गर्दछौँ ।

    हामी अमेरिकाको एउटा कम्पनीसँग नेपाल सरकारले गरेको अपमानजनक राष्ट्रघाती एमसिसी सम्झौता खारेज गर्न विभिन्न राजनीतिक दल र सङ्घ–सङ्गठनले चलाइरहेको आन्दोलनप्रति ऐक्यबद्धता जनाउँछौँ र यो आन्दोलनलाई सशक्त तुल्याउन जोडदार अनुरोध पनि गर्दछौँ ।

    नेपालको अतिक्रमित भूमि भारतबाट फिर्ता ल्याउन, भारतीय सैन्य अखडा कालापानी क्षेत्रबाट हटाउन, अतिक्रमित सबै क्षेत्रको भूमिबाट अतिक्रमणलाई सदासदाका लागि अन्त्य गर्न तथा भारतसँगको सीमा व्यवस्थित र सुरक्षित तुल्याउन देशमा चलिरहेको आन्दोलनप्रति हामी ऐक्यबद्धता जनाउँछौँ र सङ्घर्षशील रहिरहन्छौँ भन्ने कुरा पनि हामी प्रष्ट पार्दछौँ ।

    हालै आएको बाढीपहिरोमा परेर नेपाली किसानको ठुलो जनधनको क्षति पुग्न गएको छ । यसप्रति गम्भीर चिन्ता व्यक्त गर्दै पीडित परिवारलाई पर्याप्त राहत प्रदान गर्न र किसानलाई जोखिमपूर्ण स्थानबाट स्थानान्तरण गरी सुरक्षित बसोबासको व्यवस्था मिलाउन र किसानलाई बर्सेनि आउने बाढीपहिरोबाट जोगाउन ठोस कार्ययोजना ल्याइयोस् भन्ने माग गर्दछौँ ।

    हामी सर्वत्र भइरहेको भ्रष्टाचारको जोडदार विरोध गर्दछौँ र कृषिमल तथा अनुदानमा भइरहेको ठुलो भ्रष्टाचारको छानबिन गर्न, भ्रष्टाचारीलाई कारबाही गर्न किसानलाई सुलभ तरिकाले समयमै गुणस्तरीय मल उपलब्ध गराउन र उत्पादन बढाउन जोड

    र माग गर्दै समयमा मलन उपलब्ध नगराउँदा उत्पादनमा हुन जाने क्षतिको किसानलाई पूर्ति गर्न हामी हामी जोडदार माग गर्दछौँ ।
    विदेशमा अलपत्र किसानका छोराछोरीलाई बिनाशर्त र बिनाभेदभाव सुरक्षित स्वदेश फिर्ता ल्याउन तथा क्वारेन्टाइनमा राखेर निसङ्क्रमित भएपछि घर पठाउन पनि हामी पुनः जोडदार माग गर्दछौँ ।

    अन्त्यमा, यो पछिल्लो भर्चुअल अन्तक्र्रियाभन्दा पहिले पनि हामी ४ किसान सङ्गठनका अतिरिक्त अन्य कृषिविज्ञ तथा सरोकारवालासमेत सामेल भएर किसान समस्याको समाधानका लागि सरकार जिम्मेवार हुनुपर्ने निष्कर्ष निकालेको कुरा सर्वविदितै छ । तर सरकारले किसानका जल्दाबल्दा समस्याप्रति कुनै ध्यान दिएन ।

    अहिले विदेशमामा रहेका नेपालीको पनि सहभागिता र किसानका व्यावसायिक तथा अन्य सङ्घ–सङ्गठनसमेतको सहभागिताले किसानको मुद्दा सर्वसम्मत हुन पुगेको र यसले किसानका माग केन्द्रित रहेर साझा आन्दोलन उठाउन सकिने उपयुक्त वातावरण बन्दै गएको र एक भएर साझा माग तयार गरी आन्दोलनमा उत्रने निष्कर्ष यो अन्तक्र्रियाले निकालेको छ । अन्य बाहिर रहेका किसान सङ्घ–सङ्गठनको समेत रायसल्लाह, सहमति र सहभागी गराउन हामी आवश्यक पहल र तयारी गर्ने छौँ । तत्काल कोभिड–१९ र बाढीपहिरोलगायत प्राकृतिक विपत्ति तथा किसानको खेतबारीमा तत्काल परेको समस्या समाधानका लागि सरकारलाई दबाब दिन लकडाउन खुकुलो भएपछि विरोधपत्र दिने तयारी गरिरहेको जानकारी पनि गराउन चाहन्छौँ ।”

    प्रेसवक्तव्यमा अखिल नेपाल किसान महासङ्घ (अप्फा) का अध्यक्ष भैरवराज रेग्मी, अखिल नेपाल किसान महासङ्घ (क्रान्तिकारी) का अध्यक्ष सीताराम तामाङ, अखिल नेपाल किसान यूनियनका अध्यक्ष लोकनारायण सुवेदी र अखिल नेपाल प्रगतिशील किसान सङ्घका इन्चार्ज कृष्ण रानाको हस्ताक्षर रहेको छ ।

    यो पनि :

    कोभिड–१९ ले कृषिक्षेत्रमा पारेको असरबारे चार किसान संगठनको अन्तरक्रिया

    आइतबार, भदौ १४, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु
    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

    भर्खरै

    • १.
      दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

    • २.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • ३.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ४.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ५.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ६.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ७.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ८.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.