• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शुक्रबार, भदौ २६, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

प्रतिनिधिसभाको असोज १५ गतेसम्मको कार्यतालिका तय

वैशाखसम्मको बाँकी बिमा बोर्डद्वारा भुक्तानी

राष्ट्रपतिसमक्ष मधेसी आयोगको वार्षिक प्रतिवेदन पेस

शव पहिचान गर्न पोखरामा आफन्तको ‘डिएनए’ नमुना सङ्कलन

विदेशबाट फर्किएका युवा भेडापालनमा

जापानमा नेपालीका लागि चालक अनुमतिपत्र प्रमाणीकरण सिधै दूताबासले गर्ने

पहिरोले हुङ्गा खोला थुनियो, दुधकोशी तटीय क्षेत्रमा सावधानी अपनाउन आग्रह

गुल्मीमा ३८ जातका कफीको परीक्षण

सिभिल सहकारी ठगीमा तामाङलाई पाँच वर्ष कैद सजाय

लोकप्रिय समाचार

  • १. विपत्तिकाे सामना

  • २. शिवराज–३ मा राजमोको वडाभेला, अध्यक्षमा कुर्मी चयन

  • ३. स्वास्थ्य सेवा दिने हेलिकप्टर दुर्घटना, पाँच जनाको मृत्यु

  • ४. उद्योगमन्त्री यादवले दिइन् राजीनामा

  • ५. ४२ वर्षपछि मञ्चमा उभिएको प्रश्न : सन्दर्भ ‘१२ मई’ नाटक

  • ६. १५ दिनदेखि बेपत्ता छोरी नेहाको खोजी गरिदिन बोहरा परिवारको आग्रह

  • ७. बाढीप्रभावित नुवाकोटमा मसालका महामन्त्री सिंहको स्थलगत अनुगमन

  • ८. मोहनविक्रम सिंहको ‘१२ मई’ नाटक मञ्चन (फोटासहित)

  • ९. युगदर्शन साप्ताहिकको आठौँ वर्षप्रवेशप्रति मूल प्रवाहको शुभकामना

  • १०. बिकानेरमा मूल प्रवाहको महिला नगर विभाग पुनर्गठन

कोभिड–१९ ले कृषिक्षेत्रमा पारेको असरबारे चार किसान संगठनको अन्तरक्रिया


  •   आइतबार, साउन ३२, २०७७ मा प्रकाशित
  • प्रकाश थापा मगर
    काठमाडौँ । चार किसान सङ्गठनले “कोभिड–१९ ले कृषिक्षेत्रमा पारेको असर र राज्यको दायित्व” विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेका छन् । भर्चुअल माध्यमबाट २०७७ साउन ३२ गते उक्त कार्यक्रम सम्पन्न गरिएको हो ।

    Advertisement

    कार्यक्रममा मन्तव्य राख्दै राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष तथा नेपाल राष्ट्र बैङ्कका पूर्व गभर्नर दीपेन्द्रबहादुर क्षेत्रीले कोभिड–१९ को महामारीको समयमा मात्रै २४ अर्ब रुपियाँको कृषि उत्पादन आयात गरिएको बताउनुभयो । आयातमुखी अर्थतन्त्रलाई विस्थापित गर्न कोभिड–१९ का कारण नेपाल भित्रिएका युवाहरूलाई कृषिमा परिचालन गर्ने व्यावहारिक पहलकदमी गर्न उहाँले सरकारसित आह्वान गर्नुभयो ।

    वन तथा कृषि विश्वविद्यालयका पूर्व उपकुलपति डा. कैलाशनाथ प्याकुरेलले कृषिप्रतिको सरकारको दायित्व अहिले पनि अन्यौलपूर्ण रहेको बताउनुभयो । लकडाउनको अवधिमा भएको कृषिक्षेत्रको क्षतिबारे सरकारले अझैसम्म सही सही आँकलन गर्न नसकेको बताउँदै उहाँले यस्तो दावी गर्नुभएको हो । उहाँले राज्यपक्षले निर्यातबाट राजस्व सङ्कलन हुने हुँदा आयात प्रतिस्थापनतर्फ सोच्न नसकेको आरोप पनि लगाउनुभयो ।

    वरिष्ठ कृषि वैज्ञानिक भोलामान सिंह बस्नेतले कृषिक्षेत्रमा उत्पादन बढाउन विकास र परम्परालाई संयोजन गरेर कृषिनीति बनाउनुपर्ने आवश्यकतामा जोड दिनुभयो । कृषिक्षेत्रमा प्रशस्त सम्भावना रहेको बताउँदै उहाँले साना किसान तर ठुलो आकारको जमिन र सहकारी खेती मार्फत् कृषिमा यान्त्रीकरणलाई तीव्र पारिनुपर्ने बताउनुभयो । उहाँले कृषि क्षेत्रको विकासका लागि कृषिविज्ञको भरपूर उपयोगमा पनि जोड दिनुभयो ।

    नेपाल किसान सङ्घका अध्यक्ष भानु सिग्देलले सरकारले तयार पारेको २० वर्षे कृषि रणनीतिको धेरै अध्ययन नै नगरेको आरोप लगाउनुभयो । कृषिक्षेत्रमा पूर्वाधार विकास नगरी समग्र कृषिक्षेत्रको विकास हुन नसक्ने दावी गर्दै उहाँले उक्त विषय २० वर्षे रणनीतिमा समेटिएको दावी गर्नुभयो । २० वर्षे रणनीति कार्यान्वयन गर्नुको सट्टा अनावश्यक रूपमा अर्को कृषि नीतिको तयारी भइरहेकोमा उहाँले आश्चर्य पनि व्यक्त गर्नुभयो ।

    अखिल नेपाल किसान महासङ्घका स्थायी समिति सदस्य नहेन्द्र खड्काले अहिलेको दुईतिहाइ बहुमतयुक्त सरकार नवउदारवादी अर्थनीतिमा अघि बढिरहेको बताउनुभयो । कृषि विशुद्ध यान्त्रिक विषय नभएको बताउँदै उहाँले कृषिलाई राजनीतिक, सामाजिक र आर्थिक विषयसित जोडिनुपर्ने बताउनुभयो । उहाँले कृषिनीतिका बारेमा सर्वप्रथम किसानलाई सोधिनुपर्ने र उनीहरूको सुझावअनुसार कृषिविज्ञलाई अनुसन्धानमा खटाउने गरी तयार पार्नुपर्ने आवश्यकतामा जोड दिनुभयो ।

    वन विशेषज्ञ कृष्ण पोख्रेलले कोभिड–१९ का कारणले स्वदेश फर्केका जनशक्तिलाई युवा किसानको रूपमा देशव्यापी परिचालन गर्नुपर्ने आवश्यकतामा जोड दिनुभयो । किसान आत्मनिर्भर नभए देश नै आत्मनिर्भर हुन नसक्ने बताउँदै उहाँले किसानको हक, हितको संरक्षण गर्न सरकारसित माग गर्नुभयो ।

    प्रगतिशील लेखक सङ्घका महासचिव समीर सिंहले विश्व पुँजीवादले अत्यधिक मुनाफाको क्रममा प्रकृतिको अनियन्त्रित दोहन गरिरहेको बताउनुभयो । प्रकृतिको दोहनकै क्रममा उत्पन्न असन्तुलनका कारण कोभिड–१९ को महामारी फैलिएको बताउँदै उहाँले त्यसको मुख्य जिम्मेवार विश्व पुँजीवाद भएको बताउनुभयो । उहाँले किसानसित आफूलाई राजनीतिमा सामेल गर्दै दलाल पुँजीवादको विरुद्धमा सङ्घर्ष गर्न पनि आग्रह गर्नुभयो ।

    अष्ट ज अभियानका अध्यक्ष लोककृष्ण भट्टराईले जसरी देशलाई युवाविद्यार्थीको आन्दोलनको खाँचो परिरहन्छ, त्यसैगरी अहिले शक्तिशाली किसान आन्दोलन आवश्यक रहेको बताउनुभयो । उहाँले कृषि क्षेत्रमा २० प्रतिशत बजेट छुट्याउन पनि सरकारसित माग गर्नुभयो ।

    अखिल नेपाल किसान महासङ्घ (अप्फा) का अध्यक्ष भैरवराज रेग्मीको सञ्चालनमा अघि बढेको उक्त कार्यक्रममा अखिल नेपाल किसान महासङ्घ (क्रान्तिकारी) का अध्यक्ष सीताराम तामाङले चार किसान सङ्गठनको साझा आधारपत्र वाचन गर्नुभएको थियो । उपस्थित जनसमुदायलाई अखिल नेपाल किसान यूनियनका लोकनारायण सुवेदीले स्वागत गर्नुभएको उक्त कार्यक्रममा अखिल नेपाल प्रगतिशील किसान सङ्घका कृष्ण रानाले धन्यवाद मन्तव्य राख्नुभएको थियो ।

    कार्यक्रममा कृषिक्षेत्रसित सरोकार राख्ने विभिन्न सङ्गठनको तर्फबाट रामबहादुर भण्डारी, जनक तिवारी, एकलाल श्रेष्ठ, रत्नध्वज जोशी, तुलसी सापकोटा, सरस्वती सुब्बा, उद्धव अधिकारी र शिवहरि खनालले पनि मन्तव्य राख्नुभएको थियो । त्यस्तै, फ्लोरबाट रबिन राई, डा. शम्भु कट्टेल, छवि खनाल, रेवती श्रेष्ठ, रिता बस्ताकोटी र सरिता भुसालले पनि आफ्ना जिज्ञासा राख्नुभएको थियो ।

    कार्यक्रमको आयोजना अखिल नेपाल किसान महासङ्घ (अप्फा), अखिल नेपाल किसान महासङ्घ (क्रान्तिकारी), अखिल नेपाल किसान यूनियन र अखिल नेपाल प्रगतिशील किसान सङ्घले गरेका थिए ।

     

    आइतबार, साउन ३२, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    प्रतिनिधिसभाको असोज १५ गतेसम्मको कार्यतालिका तय
    वैशाखसम्मको बाँकी बिमा बोर्डद्वारा भुक्तानी
    राष्ट्रपतिसमक्ष मधेसी आयोगको वार्षिक प्रतिवेदन पेस
    शव पहिचान गर्न पोखरामा आफन्तको ‘डिएनए’ नमुना सङ्कलन
    विदेशबाट फर्किएका युवा भेडापालनमा
    जापानमा नेपालीका लागि चालक अनुमतिपत्र प्रमाणीकरण सिधै दूताबासले गर्ने

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      विपत्तिकाे सामना

    • २.
      शिवराज–३ मा राजमोको वडाभेला, अध्यक्षमा कुर्मी चयन

    • ३.
      स्वास्थ्य सेवा दिने हेलिकप्टर दुर्घटना, पाँच जनाको मृत्यु

    • ४.
      उद्योगमन्त्री यादवले दिइन् राजीनामा

    • ५.
      ४२ वर्षपछि मञ्चमा उभिएको प्रश्न : सन्दर्भ ‘१२ मई’ नाटक

    • ६.
      १५ दिनदेखि बेपत्ता छोरी नेहाको खोजी गरिदिन बोहरा परिवारको आग्रह

    भर्खरै

    • १.
      प्रतिनिधिसभाको असोज १५ गतेसम्मको कार्यतालिका तय

    • २.
      वैशाखसम्मको बाँकी बिमा बोर्डद्वारा भुक्तानी

    • ३.
      राष्ट्रपतिसमक्ष मधेसी आयोगको वार्षिक प्रतिवेदन पेस

    • ४.
      शव पहिचान गर्न पोखरामा आफन्तको ‘डिएनए’ नमुना सङ्कलन

    • ५.
      विदेशबाट फर्किएका युवा भेडापालनमा

    • ६.
      जापानमा नेपालीका लागि चालक अनुमतिपत्र प्रमाणीकरण सिधै दूताबासले गर्ने

    • ७.
      पहिरोले हुङ्गा खोला थुनियो, दुधकोशी तटीय क्षेत्रमा सावधानी अपनाउन आग्रह

    • ८.
      गुल्मीमा ३८ जातका कफीको परीक्षण

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.