• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, असोज ०४, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

सहकारीमा ठगीको जालो पुस्तक विमोचन

दक्षिण फिलिपिन्समा सुरक्षाकर्मीसँगको झडपमा छ जना मारिए

आसियान आर्थिक बैठकमा दिगो वृद्धि र नवप्रवर्तनलाई प्राथमिकता

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ४. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ५. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ६. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ७. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ८. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

  • ९. सर्वदलीय बैठक जारी

  • १०. बाढीपीडितका लागि राहत सङ्कलन गर्दै लुधियानामा तिजी कार्यक्रम

सहिद सरोज शर्माको नाममा अनावश्यक विवाद नगरौँ


  •   शनिबार, भदौ १३, २०७७ मा प्रकाशित
  • प्रकाश थापा मगर

    Advertisement

    भदौ ११ गते सहिद सरोज शर्मा (शोभाखर धनञ्जय) को स्मृतिदिवस हो । सधैँ झैँ यस पटक पनि भदौ ११ गते सहिद सरोज शर्मालाई विभिन्न प्रकारले स्मरण गर्ने काम भयो । यस क्रममा नेकपा (मसाल) ले केन्द्रीय प्रवक्ता रामप्रकाश पुरीको नामबाट प्रेसवक्तव्य नै जारी गर्यो । थुप्रै व्यक्तिव्यक्तित्वहरूले सामाजिक सञ्जालमार्फत सहिद सरोज शर्मालाई सम्झिए । तर त्यससँगै जोडिएका केही तिता पक्ष पनि रहे ।

    कहीँकतै कुनै पनि सहिदको बारेमा नकारात्मक टिप्पणी गरिनुलाई राम्रो मान्ने गरिन्न । त्यसैगरी कुनै अमूक सहिदको नामसित अन्य प्रसङ्ग जोडेर अनावश्यक हल्ला गर्नुलाई पनि उचित मानिन्न । तर यस पटक त्यही भयो । सहिद सरोज शर्मासँग “हाँक” साप्ताहिकको स्वामित्वको विषयलाई लिएर अनावश्यक टिप्पणी गरिए । यसरी टिप्पणी गरिरहँदा उनको परिवारको भावनामाथि चोट पुग्नेतर्फ कतिपयले ध्यान दिएको देखिएन ।

    “हाँक” साप्ताहिकको विषय प्रष्ट छ । नेकपा (मसाल) ले प्रेसवक्तव्यमार्फत् प्रष्ट पारिसकेको छ, गोविन्दसिंह थापा प्रधान सम्पादक रहँदै “हाँक” साप्ताहिकलाई सामूहिक स्वामित्वमा लैजाने निर्णय भएको थियो । उक्त निर्णयमा स्वयम् हाँकका प्रधान सम्पादक थापाको विरोध थिएन । यतिसम्म कि पार्टीले उक्त “प्रालि” को अध्यक्ष र प्रधान सम्पादकमा थापालाई नै यथावत राख्ने निर्णय गरेको पनि सो पार्टीले बताइसकेको छ । यहाँ कतिपयले पार्टीनिर्णयानुसार गठन हुने “प्रालि” लाई विशुद्ध नाफामूलक व्यक्तिगत व्यवसायको रूपमा पनि प्रस्तुत गरिएको पाइन्छ । तर नेकपा (मसाल) सम्बद्ध पङ्क्तिलाई त्यसबारे प्रष्ट रूपमा थाहा छ ।

    निरङ्कुश पञ्चायती काल बेग्लै थियो । त्यतिखेर कुनै राजनीतिक पार्टीको नाममा भौतिक सम्पत्ति वा स्वामित्व कायम गरी सञ्चालन गर्नु सम्भव थिएन । त्यसकारण घरघडेरी, पसल, व्यवसाय, पत्रिकाजस्ता वस्तु तथा सेवालाई पनि प्रत्यक्ष रूपमा पार्टीको स्वामित्वमा सञ्चालन गर्नु सम्भव थिएन । त्यसैले यी स्वामित्व व्यक्तिको नाममा दर्ता गरी सञ्चालन गरिन्थे । त्यही क्रममा “हाँक” साप्ताहिक व्यक्तिगत रूपमा सरोज शर्माको नाममा दर्ता भए पनि अन्ततः त्यसको स्वामित्व पार्टीमा हस्तान्तरण गरिएको थियो ।

    अहिले परिस्थिति फरक छ । गणतन्त्रात्मक व्यवस्था आइसकेपछि राजनीतिक पार्टीहरूले खुल्ला रूपमा गतिविधि गर्न पाएका छन् । त्यसैअनुसार राजनीतिक पार्टीहरूले हिजोको व्यक्तिका नामको स्वामित्व सामूहिक स्वामित्वमा रूपान्तरण गर्न थालेका छन् । त्यसमा अन्यथा मान्नुपर्ने केही छैन । त्यसरी “हाँक” साप्ताहिकलाई “प्रालि” को रूपमा सामूहिक स्वामित्वमा लैजाने निर्णयको विरोध गर्नुपर्ने मनासिब कारण कसैसित पनि नहुनुपर्ने हो । अझै “हाँक” साप्ताहिकको स्वामित्वको सवाललाई सहिद सरोज शर्माको राजनीतिक आस्था र विचारसित जोड्नु त झनै अनावश्यक र अरुचिकर प्रसङ्ग हो ।

    “हाँक” साप्ताहिकको पक्षधरमध्ये कतिपयले आफूहरूले नै सरोज शर्माको वास्तविक उत्तराधिकार प्राप्त गरेको दावी गरिरहेका छन् । वास्तवमा कुनै पनि सहिदको उत्तराधिकार कुनै व्यक्ति वा समूहले लिने विषय नै होइन । सहिद सरोज शर्माको राजनीतिक विचार मूलतः नेकपा (मसाल) को विचार नै हो । त्यस अर्थमा सहिद सरोज शर्माको वास्तविक उत्तराधिकार यदि कसैले आफूसित भएको दावी गर्दछ भने त्यस्तो अधिकार र हैसियत नेकपा (मसाल) ले नै राख्दछ । “हाँक” साप्ताहिक वा गत साल भदौमा “हाँक” साप्ताहिकमा सहिद सरोज शर्मासम्बन्धी सामग्री प्रकाशन नगरिएकै कारण कसैले आफूलाई उहाँको उत्तराधिकारी बताउँछ भने यस्तो दावी तथ्यसित मेल नखाने कुरा हो । अर्कातिर, “हाँक” साप्ताहिकको पक्षधरले पनि प्रकट रूपमा नै सही, आफूलाई नेकपा (मसाल) र राष्ट्रिय जनमोर्चाको समर्थक बताइरहेको सन्दर्भमा सहिद सरोज शर्माको उत्तराधिकारबारे दावी गर्नु निरर्थक रहेको प्रष्टै छ ।

    सहिद सरोज शर्मा क्रान्तिकारी कम्युनिस्ट हुनुहुन्थ्यो । उहाँले नेपाली भूमिमा नयाँ जनवाद, समाजवाद र साम्यवादलाई साकार पार्नका लागि जीवनपर्यन्त लड्नुभयो । पार्टीगत रूपमा उहाँले नेकपा (मसाल) मा प्रवेश गरेर बलिदानसमेत दिनुभयो । यसरी उहाँ नेकपा (मसाल) को तर्फबाट सामाजिक न्याय र आमूल परिवर्तनका लागि सहिद हुनुभयो । यति सिधा तथ्यलाई बङ्ग्याउने वा अतिरञ्जना गर्नुपर्ने कुनै आवश्यकता नै देखिन्न ।

    जसले आफूलाई सरोज शर्माको वास्तविक रूपमा उत्तराधिकारी ठान्दछ, उसले आफूलाई नेपाली भूमिमा नयाँ जनवाद, समाजवाद र साम्यवादलाई साकार पार्नका लागि अथक रूपमा काम गर्नुपर्ने हुन्छ । संस्थागत रूपमा भन्ने हो भने नेकपा (मसाल) को राजनीतिक अनुशासन मानेर बस्नुपर्ने हुन्छ । नेपालमा नयाँ जनवाद, समाजवाद र साम्यवादको लागि काम गर्नु भनेको आफैमा दीर्घकालीन अभिभारा हो । एकाध मामिलामा, एकाध समयमा व्यक्त हुने चर्को रवैयाको आधारमा मात्र कसैलाई नेपालमा नयाँ जनवाद, समाजवाद र साम्यवादको पक्षपाती मान्न सकिन्न, न त उसलाई सहिद सरोज शर्माको वास्तविक उत्तराधिकारी नै मान्न सकिन्छ । त्यसकारण सहिद सरोज शर्माको नाममा उत्तराधिकारको प्रसङ्ग जोडेर अनावश्यक हल्ला चलाउनु उचित छैन ।

    सरोज शर्मा सम्पादक (पत्रकार) मात्र होइन, आफू सम्पादक रहेको पत्रिकाको प्रत्यक्ष वितरक (हकर) पनि हुनुहुन्थ्यो । उहाँले आफू सहसम्पादक रहेको पत्रिका नेपाली एकता (मासिक) का लागि, सो पत्रिकामार्फत् आफूले बोकेको विचारका लागि भौतिक रूपमा दैनिक पसिना बगाउनुहुन्थ्यो । त्यही क्रममा सन् १९८६ मा नयाँदिल्लीको बेलारोडमा तिजको अवसरमा हुन थालेको नेपालीभाषीको जमघटमा नेपाली एकता पत्रिका विक्री गर्न जाँदा उहाँले बलिदान दिनुभएको थियो ।

    उहाँको जीवनबाट हामीले नेतृत्वमा रहेको बेलामा समेत मानसिक र शारीरिक दुवै श्रममाझ उचित तालमेल मिलाउनुपर्ने एउटा सामान्य आदर्श ग्रहण गर्न सक्दछौँ । त्यस्तै उहाँमा रहेको सरलता, सादगीपन, कठोर मिहिनेतजस्ता गुणबाट हामी सबैले सिक्न सक्छौँ । त्यसका विपरीत अनावश्यक प्रचारबाजी गरेर सहिद सरोज शर्माको व्यक्तित्वलाई विवादित बनाउने प्रयत्न गर्नु उचित हुन्न, बरु नेपाली भूमिमा नयाँ जनवाद, समाजवाद र साम्यवादको लक्ष्य पूरा गर्न योजनाबद्ध, सङ्गठित अनुशासित तरिकाबाट भौतिक शक्ति निर्माण गर्नेतर्फ लाग्नु उचित र सान्दर्भिक कर्म हुन्छ ।

    हामीसित नेपाली भूमिमा नयाँ जनवाद, समाजवाद र साम्यवादतर्फ अघि बढ्नका लागि प्रष्ट वैचारिक–राजनीतिक दिशा छ, आवश्यकता त्यसको भौतिक रूपान्तरणको हो । त्यसैले सुदृढ पार्टी–सङ्गठनमार्फत् सशक्त वर्गसङ्घर्ष उठाउन र त्यसरी न्यूनतम रूपमा नयाँ जनवादी क्रान्तिको आधार तयार पार्न नेकपा (मसाल) लाई सुदृढ बनाऔँ ।

    शनिबार, भदौ १३, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नेपाली राजनीति र नियति
    धर्मप्रति मजदुरको धारणा
    राष्ट्रिय सार्वभौमिकतासामु अमेरिकी हस्तक्षेप बढ्दो
    दाङबाङ : पहिचान, भूगोल र सम्भावना
    रसुवाबाढीसम्बन्धी २९ तथ्यको निष्कर्ष : ‘ग्लोबल वार्मिङ’ नियन्त्रण गरौँ
    हरेक चुनौतीको सामना गर्दै निरन्तर अगाडि बढ्नेछौँ

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ४.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    • ५.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ६.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    भर्खरै

    • १.
      ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

    • २.
      हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

    • ३.
      रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

    • ४.
      ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

    • ५.
      इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    • ७.
      सहकारीमा ठगीको जालो पुस्तक विमोचन

    • ८.
      दक्षिण फिलिपिन्समा सुरक्षाकर्मीसँगको झडपमा छ जना मारिए

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.