• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, असोज ०४, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

सहकारीमा ठगीको जालो पुस्तक विमोचन

दक्षिण फिलिपिन्समा सुरक्षाकर्मीसँगको झडपमा छ जना मारिए

आसियान आर्थिक बैठकमा दिगो वृद्धि र नवप्रवर्तनलाई प्राथमिकता

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ४. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ५. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ६. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ७. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ८. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

  • ९. सर्वदलीय बैठक जारी

  • १०. बाढीपीडितका लागि राहत सङ्कलन गर्दै लुधियानामा तिजी कार्यक्रम

यसकारण हाँक फिर्ता गर्नुपर्छ


  •   बिहिबार, भदौ ११, २०७७ मा प्रकाशित
  • विमल पोखरेल

    Advertisement

    हाँक साप्ताहिकमा काम गर्ने धेरै साथीहरुका आफ्नै कथाहरु छन्। मैले पनि करिब ७ वर्ष हाँक साप्ताहिकमा काम गरें । हाँक साप्ताहिक शोभाखर धनञ्जय संस्थापक सम्पादक भएको पत्रिका हो । उनी पछि भारतमा शहीद भए । २०७७ भदौ ११ गते शोभाखर शहीद भएको ३४ वर्ष भएको छ । हाँक साप्ताहिकमा हरेक वर्ष स्मृतिको दिन शोभाखरकी बहिनी यमुना भुसालले श्रद्धाञ्लीस्वरुप लेखेका लेख छापिन्थे ।

    मैले हाँक साप्ताहिकमा काम गर्दा विभिन्न साथीहरुको संगत भयो र सबैसँग अत्यन्तै सौहार्दपूर्ण सम्बन्ध रह्यो । हाँकसँग जोडिनुभएका नवराज सुवेदी, गोविन्दबहादुर थापा, सन्तबहादुर नेपाली, भैरव रेग्मी, मित्रलाल शर्मा, शशिधर भण्डारी, कमल गिरी, लक्ष्मण उप्रेती, प्रकाश थापा, धनपति सापकोटा, शोभा नेपाली, माया नेपाली, गोपाल दाइ, शेरबहादुर बस्नेत, शुक्राम तामाङ, हरि रेग्मी, रमेश पौडेल, एमपी खरेल, सुरेन्द्र चालिसेलगायतका अग्रज तथा साथीहरुसँग काम गरें ।

    उपत्यकाबाहिर धेरै साथीहरु संवाददाताको रुपमा काम गर्दथे । सुन्धाराको हुलाक कार्यालयमार्फत् कैयौं समाचार र लेख आउँथे । पोष्ट बक्स नम्बर १२६३१ थियो । फोन नम्बर ४२४२६३ र ४२३७९२ थिए । हाँक छोडेको १३ वर्ष भएछ । तर आज पनि ती नम्बर कण्ठै छन् । उपत्यकाबाहिरबाट फ्याक्स, फोनमार्फत् पनि समाचार टिपाउने काम हुन्थ्यो । सुरुमा इमेल सेवा राखिएको थिएन । पछि फोनको डायलटोनबाट राखियो । फोन चलाउँदा इमेल नचल्ने, इमेल चलाउँदा फोन नचल्ने हुन्थ्यो । दिल्लीमा विश्वनेपाली साप्ताहिक प्रकाशनको लागि समीर सिंह र पदम केसीलाई इमेल गर्नुपर्दथ्यो । पछि समीर सिंह नेपाल आएपछि पदम केसी, प्रकाश थापालगायतका साथीहरुले दिल्लीको विश्वनेपाली साप्ताहिक सञ्चालन गरेका थिए । हाँकका समाचार र लेख हाल्ने तथा भारतका गतिविधिहरु विश्वनेपालीमा छापिन्थे ।

    इलामदेखि कञ्चनपुरसम्म, बाग्लुङदेखि बर्दियासम्म हाँक साप्ताहिकको लागि दौडधुप गरेका दिनहरु मेरो स्मृतिमा ताजै छन् । साइकलमै बल्खुदेखि बालुवाटारसम्म, सिनामंगलदेखि सिंहदरबारसम्म, कलंकीदेखि कोटेश्वरसम्मको हिंडाइ सामान्य लाग्थ्यो । पत्रकार महासंघ, काठमाडौं शाखाको चुनाव लडेर एमालेका साथीहरुले धोका दिएपछि केही भोटले मेरो हार भएको थियो । काठमाडौंको पत्रकार महासंघमा बैग्लै चहलपहल हुन्थ्यो । बुधबारकै दिन हाँक, जनआस्था, बुधबार, घटना र विचार जस्ता चर्चित पत्रिका निस्कन्थे । त्यो दिन भूगोलपार्कमा कसले के लेख्यो भनेर बेग्लै चर्चा र परिचर्चा हुन्थ्यो । साप्ताहिकको बीचमा हाँक एउटा स्थापित पत्रिका थियो ।

    पुतलीसडकको रिपोर्टस क्लब पानीपँधेरो जस्तै थियो । त्यहाँ गएर राजनीतिक दलका नेताहरुलाई जानी नजानी प्रश्न सोधिन्थ्यो । प्रतिगमन कसरी आधा सच्चियो भनेर मैले रिपोर्टर्स क्लबमा सोधेको प्रश्नले वर्तमान उपप्रधानमन्त्री ईश्वर पोखरेल रिसाएको अहिल्यै जस्तो लाग्छ । ऋषि धमलाले गिरिजाप्रसाद कोइरालाबाहेक धेरै पार्टीका लगभग सबैजसो नेतालाई रिपोर्टर्स क्लबमा बोलाउँथे । राजाको शाही प्रतिगमनको बेलामा कृष्ण सिटौलादेखि परी थापा र कलाकारहरु निलिमा पुनदेखि रुविन गन्धर्वसम्म अन्तरवार्ता लिएका पलहरु पनि सम्झनामा आइरहन्छन् । भावनात्मक कुराकानीको लागि कमल गिरी मेरा दोस्ती थिए । राजाले प्रतिगमन गरेपछि मोहनविक्रमको वक्तव्य लुकाएर कमल गिरी र मैले नै रिपोर्टर्स क्लबमा उपस्थित भएका पत्रकारहरुलाई बाँडेका थियौं ।

    दुई वर्षसम्म हरेक हप्ताको मंगलबार विहान ८ बजेदेखि बुधबार दिउँसो २ बजेसम्म लगातार ३० घण्टा नसुतीकन काम गरेका अनुभव छन् । हाँकमा काम गर्ने कुनै पनि साथीहरुले लगातार ३० घण्टा काम गर्नुभएको छैन । मैले भने मंगलबार अफिस खोल्ने, पत्रिकाको व्यवस्थापन गर्ने, लेख्ने, टाइप गर्ने, कागज लिन जाने, रातभर प्रेसमा बसेर पत्रिका मुठा पार्ने, ट्याक्सीमा एयरपोर्टदेखि बसपार्कसम्म पुराउने र साइकलबाट उपत्यकाका करिब २ सय ग्राहकको घरघरै पत्रिका पुराउने काम गर्दथें । त्यति लामो समय कसरी खट्न सकें हुँला भनेर आफैलाई आश्चर्य लाग्छ ।

    सबै साथीहरु मिलेर दिनभरी लेख्यो, टाइप ग-यो, साँझ ८ बजेसम्म सेटिङ ग¥यो अन्तिममा कागज किन्ने पैसा नभएर प्रकाशन रोकिएका कैयौं हप्ता छन् । राजा ज्ञानेन्द्रले शाही प्रतिगमन गरेपछि नेपाल सरकारले दिने कल्याणकारी विज्ञापन वापतको ४ हजार पनि रोकियो । राष्ट्रिय जनमोर्चाले जितेका स्थानीय निकायबाट दसैं र नयाँ वर्षमा शुभकामना विज्ञापन आउँथ्यो । शेरबहादुर देउवाले स्थानीय निकाय विघटन गरेपछि त्यो पनि रोकियो । ग्राहकबाट पैसा नियमित आउँदैन थियो । यसरी हाँकलाई आर्थिक संकट परेको थियो ।

    म हाँकमा आउनुभन्दा पहिलेका साथीहरुलाई सोध्दा माथि उल्लेख गरेको टीम र मैले काम गरेकोसमय नै इतिहासमै सबैभन्दा कठिन थियो । त्यो कठिन समयमा आर्थिक कठिनाइ चरम उत्कर्षमा थियो । त्यसभन्दा अगाडि र पछाडि कुनै कठिनाइ नै थिएनन् वा छैनन् भन्ने होइन । तर उक्त समय बढी कठिन थियो ।

    सन्तबहादुर नेपाली अध्यक्ष भएको समयमा उहाँकी छोरी शोभा नेपालीले एक वर्षभरीको तलब दशैैंको समयमा ५ हजार मात्रै पाएँ भनेका नरमाइला दिन पनि छन् । ५ हजार पाएपछि अरु पैसा खोइ त भन्दा अब पार्टीलाई योगदान भयो नि भनेर सन्तबहादुरले भनिदिनुभएछ । बाँकी पैसा पछि पूर्ति भयो होला । त्यतिबेला मैले हाँक छोडिसकेको थिएँ । कमल गिरीले भूगोलपार्क पत्रिका बेचेको पैसा तलबको रुपमा बुझ्ने गर्दथे । त्यो पनि आधा मात्रै हुन्थ्यो ।मैले नै हाँक छोड्दा २१ महिनाको तलब बाँकी थियो, त्यति ठूलो आर्थिक संकट थियो हाँकमा । मेरो मात्रै होइन, अरु साथीहरुको अवस्था पनि त्यस्तै थियो । व्यवस्थापक रमेश पौडेलले थोरै थोरै गरेर भुक्तानी दिएका थिए । कतिपय पैसा मैले आफै विज्ञापन खोजेर लिएको थिएँ ।

    मैले काम गरेको समयमा शाहीकालको दमन, पार्टी फुटजस्ता कठिनाइ थिए । हरेक दिन बन्द हड्ताल हुन्थे । जिल्लाहरुमा पत्रिका समयमा जाँदैन थिए । पत्रिका नपुग्दा साथीहरुले फोन गरेर हामीलाई नै गाली गर्दथे । पत्रिका पठाउने जिम्मा मेरो भएकाले गाली जति मेरै भागमा पर्दथ्यो । पत्रिका आइपुगेन भनेर अफिसमा फोन आउँदा वित्तिकै साथीहरुले मलाई फोन दिन्थे ।

    बन्दकै समयमा तत्कालीन एकताकेन्द्र मसालका महामन्त्री मोहनविक्रम सिंहले प्यूठानको पत्रिका एयरपोर्टबाट भैरहवा हुँदै प्यूठान लैजानुभएको थियो । राजाको विरोधमा लेखिएका कतिपय अंकहरु हुलाक कार्यालयले नपठाएको पनि पाइन्थ्यो । हुलाकमा छोडेको केही महिनापछि कुनामा फ्याँकिएका भेटिन्थे । मैले पत्रिका बोकेर हुलाकमा पु¥याउँदा पैसा नभएको बेलामा साइकल हराएर हाँकलाई अर्काे क्षति भयो ।

    शाही शासनको बेलामा कार्यकारी सम्पादक शशिधर भण्डारीलाई जिल्ला प्रशासन कार्यालयले स्पष्टीकरण दिन बोलाउँथ्यो । एक दिन प्रहरीले मलाई हाँकको प्रधान कार्यालय, डिल्लीबजारबाट उठाएर कमलपोखरी लग्यो । कार्यालयमा बाग्लुङका ओमसागर शर्मा र चिरन पुन पनि थिए । अब प्रहरीले कतै बेपत्ता त पार्ने होइन भन्दै चिरन पुनले ओमसागरलाई मेरो पछिपछि कमलपोखरीसम्म पठाएका थिए । त्यहाँ दुई घण्टा राखेपछि प्रधान सम्पादक गोविन्दबहादुर थापालाई खोजेर प्रहरीमा हाजिर गराउनु भन्दै हस्ताक्षर गरेर छोड्दा डर लागेको थियो । पछि त्यति खोजी भएन ।

    करिब तीन हप्ता हरेक मंगलबार शाही नेपाली सेना आएर पत्रिकाका पाना पाना, अक्षर अक्षर हेर्दथ्यो । जनआस्था साप्ताहिकले सेनाले त्यसरी काटेको अंशलाई खाली राख्न थालेपछि हाँकमा पनि हामीले त्यसै गरेका थियौं । त्यसरी काटिएका लेख र समाचारको छेउटुप्पो केही बुझिंदैन थियो । सेनाले एक लाइन राखेर ५ लाइन काट्थ्यो । कैयौंपटक सम्पादकीय लेख्ने ठाउँमा कालो पोतेर छोडिएको थियो ।

    पञ्चायतकाल र शाही शासनमा ठूलो कठिनाइ भोगेको हाँक साप्ताहिक सञ्चालन गर्न अहिले केही सहज भएको थियो । लोककल्याणकारी विज्ञापनको भुक्तानी बढाइएको थियो । जिल्लाहरुबाट साथीहरुले आफै पैसा उठाएर पठाउने चलन बनेको थियो । भाडा तिर्न नपर्ने गरी पार्टी कार्यालयमै सरेको थियो । यति सहज बनेको अवस्थामा थप व्यवस्थित बनाउन, प्यान, भ्याटजस्ता कानूनी प्रक्रियाहरु पूरा गर्न हाँक साप्ताहिकलाई प्रालिमा लगेर चलाउनुपर्ने थियो । मैले हाँकमै हुँदा पनि यो कुरा गर्ने गर्दथें ।

    प्रालिमा नलैजाँदा प्रेस काउन्सीलमा वर्गीकरणको लागि कागजपत्र मिलाउन हैरान भइन्थ्यो । करिब तीन वर्ष मैले र युवराज पन्थीले वर्गीकरण फारम भरेका थियौं भने दुई वर्ष मैले एक्लै भरें । एकपटक लोकराज भुसाल र म त्रिपुरेश्वरको अफिसमा दुई रात भरी बसेर फारम भरेका थियौं । हरेक वर्ष कागजपत्र मिलाउनै सास्तीहुन्थ्यो । पत्रिका व्यक्तिको नाममा थियो तर प्रेससँग भ्याट बिल लिनुपर्ने हुन्थ्यो ।भएनभएका कागज जुटाउनुपर्ने । प्रालिमा लैजाँदा धेरै कामहरु सहजतापूर्वक गर्न सकिन्थ्यो ।

    ढिलै भए पनि पार्टीले हाँकलाई प्रालिमा लैजाने निर्णय गरेको थियो । तर प्रकाशक, सम्पादकगोविन्दबहादुर थापाले मान्नुभएन । उहाँले मान्दै नमानेपछि अन्ततः पार्टीले हाँक बन्द गर्ने निर्णय गर्न बाध्य भयो । अहिले पनि हाँकप्रति हाम्रो पूरापूर दाबी रहन्छ । पार्टी र क्रान्तिको लागि समर्पित व्यक्तिले कानूनका त्यान्द्रा समातेर हाँक साप्ताहिक किन आफ्नै नाममा मात्रै राख्न चाहनु भयो ? त्यो चाहिं साँच्चै आश्चर्य लाग्दो छ । तर ढिलो चाँडो हाँक साप्ताहिक पार्टीका नाममा हस्तान्तरण हुनुपर्छ । अब कुनै पनि सम्पत्ति व्यक्तिको नाममा होइन, सामूहिक स्वामित्वमा राख्नुपर्दछ ।

    अखिल (छैठौं)ले प्रकाशन गर्ने मुखपत्र मेरो नाममा दर्ता भएको छ । छैठौंले निर्णय गर्दाको भोलिपल्ट त्यो पत्रिका मैले इमान्दारीपूर्वक संगठनले जसलाई निर्णय गर्छ, उसैलाई हस्तान्तरण गर्नुपर्छ । यस विषयमा किन्तु, परन्तु, तर, पनि, किन,कसरी भन्ने र कुनै बलजफ्तीको कुरै होइन । कुनै विचारको कुरा पनि होइन । पत्रिका संगठनले जसरी चलाउने निर्णय गर्छ, त्यसरी चलाइनुपर्दछ । सीधा कुरा त्यही हो ।

    अहिले केही साथीहरुले फरक विचार भएको कारणले गोविन्दसिंहलाई निकालियो भनेर सामाजिक सञ्जालमा लेखिरहेका छन् । त्यो जत्तिको झुट, कपोलकल्पित र आधारहीन कुरा केही पनि होइन । यदि पार्टीको निर्णय चित्त बुझेन भने आफ्नो विचारको रक्षा गर्ने व्यक्तिले आफ्नो नाममा अर्काे पत्रिका दर्ता गर्ने हो । पार्टीको सम्पत्ति दिन्न भन्न मिल्दैन, पार्टीलाई फिर्ता गर्नुपर्छ । जम्मा २ सय रुपैयाँमा पत्रिका दर्ता हुन्छ ।

    शोभाखर धनञ्जयले स्थापना गरेर शहीद बनेको र उहाँको परिवारले पार्टीलाई हस्तान्तरण गरेको एउटा लामो इतिहास र विरासत बोकेको हाँक साप्ताहिकलाई व्यक्तिको स्वामित्वमा लैजानु गलत भएको छ । त्यसलाई पार्टीको निर्णयअनुसार हस्तान्तरण गरेर अगाडि बढ्नुपर्छ । भदौ ११ गते शोभाखरको हत्या भएको दिनमा उहाँप्रति हार्दिक श्रद्धाञ्जली ।

    बिहिबार, भदौ ११, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नेपाली राजनीति र नियति
    धर्मप्रति मजदुरको धारणा
    राष्ट्रिय सार्वभौमिकतासामु अमेरिकी हस्तक्षेप बढ्दो
    दाङबाङ : पहिचान, भूगोल र सम्भावना
    रसुवाबाढीसम्बन्धी २९ तथ्यको निष्कर्ष : ‘ग्लोबल वार्मिङ’ नियन्त्रण गरौँ
    हरेक चुनौतीको सामना गर्दै निरन्तर अगाडि बढ्नेछौँ

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ४.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    • ५.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ६.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    भर्खरै

    • १.
      ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

    • २.
      हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

    • ३.
      रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

    • ४.
      ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

    • ५.
      इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    • ७.
      सहकारीमा ठगीको जालो पुस्तक विमोचन

    • ८.
      दक्षिण फिलिपिन्समा सुरक्षाकर्मीसँगको झडपमा छ जना मारिए

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.