• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

भुजमा मूल प्रवाहको नगर समिति गठन

नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

गुजरातको मोर्बीमा मूल प्रवाहको नगर समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जुन गाउँले मलाई धेरै दियो

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. अब मृत्युपछि पनि कर लाग्ने

बालसाहित्यमा प्रगतिशीलताबारे प्रलेसको पैतिसौँ परिसंवाद


  •   शनिबार, भदौ ०६, २०७७ मा प्रकाशित
  • प्रकाश थापा मगर

    Advertisement

    काठमाडौँ । प्रगतिशील लेखक सङ्घले “नेपाली बालसाहित्यमा प्रगतिशीलता” विषयमा पैतिसौँ परिसंवाद सम्पन्न गरेको छ । केन्द्रीय अध्यक्ष प्रा.डा. जीवेन्द्र देव गिरीको आतिथ्यतामा कोषाध्यक्ष प्रा.डा. धु्रवकुमार घिमिरेले विषयवस्तु प्रस्तुत गर्दै २०७७ भदौ ६ गते भर्चुअल माध्यमबाट सो कार्यक्रम सम्पन्न भएको हो ।

    केन्द्रीय उपाध्यक्ष तथा परिसंवाद उपसमितिका संयोजक गोपीरमण उपाध्यायको अध्यक्षता तथा महासचिव समीर सिंहको सञ्चालनमा सो कार्यक्रम अगाडि बढेको थियो ।

    कार्यक्रममा विषयवस्तु प्रस्तुत गर्दै कोषाध्यक्ष प्रा.डा धु्रवकुमार घिमिरेले बालबालिकाको हितमा प्रौढ व्यक्ति वा बालबालिका स्वयम्ले सृजना गर्ने साहित्यलाई बालसाहित्य भन्ने गरिएको बताउनुभयो । बालबालिकालाई पनि महिलालाई जस्तै हेला गरिने सामाजिक प्रचलनप्रति असहमति जनाउँदै उहाँले भन्नुभयो– ‘बालबालिकालाई अनुत्पादक उमेर प्रवर्गको रूपमा हेरिनुहुन्न ।’ उहाँले भन्नुभयो– ‘बाल्यकालमा सिकेको भाषा र सांस्कृतिक प्रवाह जीवनपर्यन्त यथावत रहिरहन्छ ।’

    बालसाहित्य करले होइन, रहरले पढिने भएकाले त्यसको प्रभाव जीवनपर्यन्त दिगो हुने उहाँले बताउनुभयो । त्यसका साथै उहाँले बालसाहित्यको पहिलो पाठक स्वयम् अभिभावक हुनुपर्ने बताउनुभयो । ‘जसरी घरमा पाकेको खाना आमाले पहिला चाख्छिन्, त्यसैगरी आमाबाबुले नै पहिले बालसाहित्य पढ्नुपर्दछ, त्यसपछि बालबालिकालाई पढाउनुपर्दछ’ उहाँले भन्नुभयो । नेपालमा जम्माजम्मी चार हजारजति बालसाहित्यका पुस्तक रहेको बताउँदै एक करोडभन्दा बढी सङ्ख्यामा रहेका बालबालिकाका लागि कैयौँ गुणा बढी बालसाहित्य रचना र वितरण गरिनुपर्ने आवश्यकतामा उहाँले जोड दिनुभयो ।

    बालसाहित्यमा प्रगतिशील आवश्यकता रहेको बताउँदै उहाँले समाजमा शोषण–दमन रहेको यथार्थबोध, श्रमशीलता, असमानता विरुद्धको अभिव्यक्ति, राष्ट्रियताप्रतिको लगाव, छुवाछूत र लैङ्गिक विभेदको विरोध, वैज्ञानिकता, सृजनशीलता, वर्गसङ्घर्ष, वातावरणीय चेतना, स्वतन्त्रता र प्रगतिशील व्यक्तित्वका जीवनीजस्ता विषय नसमेटिनहुने तत्त्व भएको बताउनुभयो ।

    त्यस्तै, बालबालिकाको तुलनामा किशोरकिशोरीको साहित्यको झनै कमी रहेको बताउँदै उहाँले हाम्रा प्रगतिशील विचार किशोरकिशोरीले नै छिटो बोक्न सक्ने बताउनुभयो । “सामाजिक संस्कार : पुस्तक उपहार”—यस्तो नारालाई अगाडि सारेर विद्यालय तहमा बालसाहित्यको पहुँचमा वृद्धि गर्नुपर्ने आवश्यकतामा पनि उहाँले जोड दिनुभयो ।

    कार्यक्रममा समीर सिंह, यशु श्रेष्ठ, रामदेव पाण्डे, प्रा.डा. पशुपतिनाथ तिमिल्सेना, सुवास जिसी, किशोर सिग्देल र रवि शर्माले पूरक मन्तव्य राख्नुभएको थियो ।

    शनिबार, भदौ ०६, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कौडा गीत “सललल बग्यो गण्डकी” : संघर्ष, समानता र आशाको सांगीतिक अभिव्यक्ति
    मुन्धुम पैदलमार्ग र प्रिय सुदीप
    जुन गाउँले मलाई धेरै दियो
    जीवन र मृत्यु
    बाल स्रष्टाहरूको सिर्जनात्मक उत्सव सम्पन्न, सिर्जना डबलीको वेबसाइट विमोचन
    ‘१२ मे’ नाटक भदौ २१ गते मञ्चन हुने

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जुन गाउँले मलाई धेरै दियो

    भर्खरै

    • १.
      जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

    • २.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ३.
      हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

    • ४.
      नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

    • ५.
      बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

    • ६.
      देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

    • ७.
      भुजमा मूल प्रवाहको नगर समिति गठन

    • ८.
      नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.