• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, कार्तिक २९, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

बहराइनमा इरानको ड्रोन आक्रमण, अमेरिकी सैन्य अखडानजिक विस्फोट र साइरन

स्पेसएक्सको १५औँ परीक्षण उडान सफल, प्रक्षेपणस्थलमा पहिलोपटक सुरक्षित अवतरण

प्राविधिक समस्याले अमेरिकाको हवाई सेवा अस्तव्यस्त

बाख्रापालनले फेरियो डम्बरको जीवन

जलवायु प्रतिबद्धता कार्यान्वयनमा लैजान राष्ट्रसंघको जोड

बङ्गुरपालनबाट मनग्य आम्दानी

दशौँ राष्ट्रिय खेलकुदमा कुस्तीतर्फ सुदूरपश्चिमबाट १८ खेलाडी छनोट

पश्चिमी वायुका प्रभावले केही स्थानमा वर्षा र हिमपात हुने

खगोलविज्ञान ओलम्पियाडमा नेपाललाई पहिलो रजत पदक

लोकप्रिय समाचार

  • १. एमाले तयार, नेकपा अलमलमा

  • २. ट्रम्प र नेतान्याहूको पराजय साम्राज्यवादकै पराजय भएको मसालको निष्कर्ष

  • ३. भीमफेदीको चिसापानीगढी दुर्घटनाप्रति राष्ट्रिय जनमोर्चाका महासचिव मनोज भट्टद्वारा दुःख व्यक्त

  • ४. जालन्धरमा मूल प्रवाहको देउसीभैलो उद्घाटन

  • ५. रसुवाका बाढीपीडितलाई राजमो र मूल प्रवाहद्वारा राहत वितरण (फोटासहित)

  • ६. चेन्नैमा संयुक्त प्रगतिशील भैलो कार्यक्रम

  • ७. ‘संसारमा सुन्दर छ नेपाल’ विमोचन

  • ८. ङिमा ङिटु, पिङमच्चे, फुक्सिङ सिरिज : एउटा जीवनदर्शन

  • ९. चन्डिगढमा मूल प्रवाहको देउसीभैलो समापन

  • १०. दुई वर्षमा सक्नुपर्ने बागलुङको हरिचौर–मल्म–पाण्डवखानी चार वर्षमा पनि बनेन

स्पेसएक्सको १५औँ परीक्षण उडान सफल, प्रक्षेपणस्थलमा पहिलोपटक सुरक्षित अवतरण


  •   आइतबार, कार्तिक २९, २०८३ मा प्रकाशित
  • लस एन्जलस, २९ कात्तिक । अमेरिकी अन्तरिक्ष कम्पनी स्पेसएक्सले आफ्‌नो विशाल अन्तरिक्षयान स्टारसिपको १५औँ परीक्षण उडान सफलतापूर्वक सम्पन्न गरेको छ । परीक्षणका क्रममा अन्तरिक्षबाट फर्किएको स्टारसिप पहिलोपटक प्रक्षेपण टावरको विशेष संरचनाको सहायताले सुरक्षित रूपमा अवतरण गरेको छ ।

    Advertisement

    शुक्रबार दिउँसो अमेरिकाको टेक्सासस्थित स्पेसएक्सको स्टारबेस केन्द्रबाट उडान भरेको स्टारसिप शनिबार स्थानीय समयअनुसार दिउँसो करिब ३ः२० बजे पुनः प्रक्षेपणस्थलमा फर्किएको थियो । करिब २२ घण्टा ३० मिनेट अन्तरिक्षमा बिताएपछि यान सुरक्षित रूपमा अवतरण भएको हो ।

    यस परीक्षणको मुख्य उद्देश्य एउटै उडानमा सुपर हेभी बुस्टर र स्टारसिप दुवैलाई प्रक्षेपण टावरको विशेष यान्त्रिक प्रणालीबाट समात्ने प्रयास गर्नु थियो । तर, उडानका क्रममा दुवै भाग छुट्टिएपछि सुपर हेभी बुस्टर निर्धारित प्रक्षेपणस्थलमा फर्किन सकेन । उक्त बुस्टर मेक्सिकोको खाडीमा समुद्रमा अवतरण भएको थियो ।

    यसैबीच, स्टारसिपले आफ्‌नो इन्जिन सञ्चालन गरी पृथ्वीको कक्षमा प्रवेश गरेको थियो । त्यस क्रममा उसले २६ वटा नयाँ पुस्ताका ‘स्टारलिङ्ग भी ३’ भूउपग्रह अन्तरिक्षमा प्रक्षेपण गरेको थियो ।

    भूउपग्रह प्रक्षेपणपछि २० घण्टाभन्दा बढी अन्तरिक्षमा रहेको स्टारसिपलाई पृथ्वीमा फर्काउने तयारी गरिएको थियो । स्पेसएक्सको उडान नियन्त्रण टोलीले र्‍याप्टर इन्जिन पुनः सञ्चालन गरी यानलाई पृथ्वीको कक्षबाट बाहिर निकालेको थियो ।

    त्यसपछि यान मेक्सिकोको खाडी हुँदै टेक्सासस्थित प्रक्षेपणस्थलतर्फ अघि बढेको थियो । वायुमण्डलमा प्रवेश गरेपछि तीनवटा र्‍याप्टर इन्जिन सञ्चालन गर्दै यानले अवतरणका लागि गति र दिशा समायोजन गरेको थियो । अन्ततः प्रक्षेपण टावरको विशेष यान्त्रिक प्रणालीले स्टारसिपलाई सफलतापूर्वक नियन्त्रणमा लिएको थियो ।

    यसअघि सेप्टेम्बर २८ मा भएको परीक्षण उडानमा स्टारसिप पहिलोपटक पृथ्वीको कक्षमा पुगेको थियो र २६ वटा स्टारलिङ्ग भी ३ भूउपग्रह प्रक्षेपण गरेको थियो ।

    स्टारसिप र सुपर हेभी रकेट मिलेर बनेको यो प्रणाली पूर्ण रूपमा पुनः प्रयोग गर्न सकिने गरी विकास गरिएको हो । स्पेसएक्सले यसमार्फत पृथ्वीको कक्ष, चन्द्रमा, मंगल ग्रह तथा अन्य अन्तरिक्ष गन्तव्यमा यात्रु र सामग्री पुर्‍याउने लक्ष्य राखेको छ ।

    आइतबार, कार्तिक २९, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    बहराइनमा इरानको ड्रोन आक्रमण, अमेरिकी सैन्य अखडानजिक विस्फोट र साइरन
    प्राविधिक समस्याले अमेरिकाको हवाई सेवा अस्तव्यस्त
    बाख्रापालनले फेरियो डम्बरको जीवन
    जलवायु प्रतिबद्धता कार्यान्वयनमा लैजान राष्ट्रसंघको जोड
    बङ्गुरपालनबाट मनग्य आम्दानी
    दशौँ राष्ट्रिय खेलकुदमा कुस्तीतर्फ सुदूरपश्चिमबाट १८ खेलाडी छनोट

    Yugdarshan

    Posts by eyugdarshan

    लोकप्रिय

    • १.
      एमाले तयार, नेकपा अलमलमा

    • २.
      ट्रम्प र नेतान्याहूको पराजय साम्राज्यवादकै पराजय भएको मसालको निष्कर्ष

    • ३.
      भीमफेदीको चिसापानीगढी दुर्घटनाप्रति राष्ट्रिय जनमोर्चाका महासचिव मनोज भट्टद्वारा दुःख व्यक्त

    • ४.
      जालन्धरमा मूल प्रवाहको देउसीभैलो उद्घाटन

    • ५.
      रसुवाका बाढीपीडितलाई राजमो र मूल प्रवाहद्वारा राहत वितरण (फोटासहित)

    • ६.
      चेन्नैमा संयुक्त प्रगतिशील भैलो कार्यक्रम

    भर्खरै

    • १.
      बहराइनमा इरानको ड्रोन आक्रमण, अमेरिकी सैन्य अखडानजिक विस्फोट र साइरन

    • २.
      स्पेसएक्सको १५औँ परीक्षण उडान सफल, प्रक्षेपणस्थलमा पहिलोपटक सुरक्षित अवतरण

    • ३.
      प्राविधिक समस्याले अमेरिकाको हवाई सेवा अस्तव्यस्त

    • ४.
      बाख्रापालनले फेरियो डम्बरको जीवन

    • ५.
      जलवायु प्रतिबद्धता कार्यान्वयनमा लैजान राष्ट्रसंघको जोड

    • ६.
      बङ्गुरपालनबाट मनग्य आम्दानी

    • ७.
      दशौँ राष्ट्रिय खेलकुदमा कुस्तीतर्फ सुदूरपश्चिमबाट १८ खेलाडी छनोट

    • ८.
      पश्चिमी वायुका प्रभावले केही स्थानमा वर्षा र हिमपात हुने

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.