• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शनिबार, कार्तिक २१, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

युरोपका १५ देशमा डेटा सेन्टरविरुद्ध प्रदर्शन, एम्स्टर्डममा २०० जना पक्राउ

मध्यावधि निर्वाचनमा हारपछि ट्रम्पद्वारा स्टिफन मिलरलाई चिफ अफ स्टाफ नियुक्त

कविता : 48 ओैं बर्ष लाई शुभकामना

युद्ध सुरु हुँदाको भन्दा इरानी सेना ‘अझ बलियो’ : सैन्य प्रवक्ता

ग्वाटेमालामा सांसदलाई लक्षित आक्रमण, तीन प्रहरी अधिकृतको मृत्यु

इरानद्वारा केश्म टापुमाथि दुई अमेरिकी ड्रोन खसालेको दाबी

‘कसैले पछि काम गर्ला’ भनेर उधारोमा एमबिबिएस कोटा दिइएको गेटा मेडिकल कलेज

नयाँदिल्लीमा वायु प्रदूषण बढ्दा नियन्त्रणका कडा उपाय लागु

युद्ध सुरु हुँदाको भन्दा इरानी सेना झन् बलियो भएको दाबी

लोकप्रिय समाचार

  • १. ब्राजिलका बोल्सोनारो र नेपालका कठपुतलीको भविष्य

  • २. अमेरिकी मध्यावधि चुनावमा डेमोक्रेटको अग्रता

  • ३. बैनी, तेरो मृत्युमा (शोककविता)

  • ४. प्रकाश केसीको निधनप्रति मसालको श्रद्धाञ्जली

  • ५. चन्डिगढमा मूल प्रवाहको प्रगतिशील देउसीभैलोको तयारी भेला (फोटासहित)

  • ६. पर्यटन विकासको सम्भावना र सरकारको दायित्व

  • ७. भिवानीमा लिफ्‌ट दुर्घटनामा परी नेपाली श्रमिक प्रकाश केसीको दुःखद निधन

  • ८. शिक्षक सङ्घ दाङको नवौँ परिषद् सम्पन्न

  • ९. आगामी स्थानीय निर्वाचनपछि एमाले–नेकपाबीच एकताको सम्भावना

  • १०. युरोपमा जनआन्दोलन समाप्त पार्ने साम्राज्यबादी मनोबैज्ञानिक युद्ध

अन्तर्राष्ट्रिय कला प्रदर्शनी सम्पन्न


  •   शनिबार, कार्तिक २१, २०८३ मा प्रकाशित
  • काठमाडौँ । बौद्धको तारागाउँ कल्चरल सेन्टरमा आयोजित अन्तर्राष्ट्रिय कला प्रदर्शन सम्पन्न भएको छ ।

    Advertisement

    तारागाउँ नेक्स्टको आयोजना तथा सराफ फाउन्डेसनको सहयोगमा आयोजित ‘ह्वाट एम्पायर टुक, ह्वाट एम्पायर लेफ्ट : म्युजियम्स, बोर्डर्स एन्ड द पोलिटिक्स अफ रिटर्न इन साउथ एसिया’ शीर्षकको प्रदर्शनी सम्पन्न भएको हो ।

    प्रदर्शनीले दक्षिण एसियाका सांस्कृतिक तथा धार्मिक सम्पदा कसरी आफ्नो मूल थलोबाट विस्थापित भएर पश्चिमी सङ्ग्रहालयसम्म पुगे ? त्यस क्रममा के कस्ता सांस्कृतिक अर्थ हराए र ती सम्पदा फिर्ता गर्ने अधिकार कसको हो भन्ने विषयलाई कलामार्फत सशक्त रूपमा उठान गरेको दाबी गरिएको छ ।

    डा. अर्शिया मन्सुर लोखण्डवालाले क्युरेट (संयोजन) गरेको उक्त प्रदर्शनीले दक्षिण एसियाका देवप्रतिमा, पाण्डुलिपि, मूर्तिकला तथा धार्मिक–अनुष्ठानिक वस्तु आफ्नो जीवित सांस्कृतिक परिवेशबाट अलग भएर पश्चिमी सङ्ग्रहालय तथा निजी सङ्ग्रहमा पुगेपछि सिर्जना भएको सांस्कृतिक विच्छेदलाई कलात्मक दृष्टिकोणबाट प्रस्तुत गरेको थियो ।

    धार्मिक आस्था, समुदाय र परम्परासँग प्रत्यक्ष सम्बन्ध राख्ने अमूल्य वस्तु सङ्ग्रहालयमा पुगेपछि हेर्न र सङ्ग्रह गर्न मिल्ने कलावस्तुमा सीमित हुने अवस्थामाथि प्रदर्शनीले प्रश्न उठाइएको थियो, साथै विस्थापित सम्पदाको स्वामित्व कसले निर्धारण गर्ने, त्यसको अर्थ कसले व्याख्या गर्ने र भविष्यबारे निर्णय गर्ने अधिकार कससँग रहने भन्ने समसामयिक बहसलाई समेत प्रदर्शनीले केन्द्रमा राखेको थियो ।

    प्रदर्शनीमा नेपालका खाली भएका मन्दिर र त्यहाँबाट हराएका धार्मिक मूर्तिदेखि भारतबाट बाहिरिएका कास्य मूर्ति, पाकिस्तानको गान्धार क्षेत्रका मूर्तिकला तथा बङ्गलादेशको टेराकोटा सम्पदासम्मका सन्दर्भ समेटिएका थिए । यसले दक्षिण एसियाभर फैलिएको सांस्कृतिक सम्पदा विस्थापनको साझा पीडा र इतिहासलाई एकै थलोमा उजागर गरेको थियो ।

    सम्पदा हराएको कथा मात्र नभई त्यस्तो विस्थापन सम्भव बनाउने औपनिवेशिक ज्ञानप्रणाली, अवैध कला तथा पुरातात्त्विक वस्तुको बजार, संस्थागत भूमिका तथा सांस्कृतिक र आध्यात्मिक सम्बन्धभन्दा वस्तुको भौतिक स्वामित्वलाई प्राथमिकता दिने पश्चिमी सङ्ग्रहालयीय अभ्यासमाथि पनि प्रदर्शनी अवधिभर गहन विमर्श भएको थियो ।

    प्रदर्शनीमा नेपाल, भारत, पाकिस्तान, बङ्गलादेश र श्रीलङ्काका ख्यातिप्राप्त कलाकारहरू तेम्सुयाङर लोङकुमेर, रीतु सत्तार, शौर्य कुमार, राक्स मिडिया कलेक्टिभ, मिथु सेन, दिव्या मेहरा, मरियम घानी, एलएन तल्लुर, रोशन मिश्र, विशाल मानन्धर र जगत वीरसिङ्घेका विशिष्ट कलाकृति समावेश थिए ।

    सराफ फाउन्डेसनकी सहसंस्थापक नमिता सराफले सांस्कृतिक सम्पदा हराउने र पुन: फिर्ता ल्याउने विषय नेपालका लागि विशेष संवेदनशील र महत्त्वपूर्ण रहेको बताइन् ।

    उनका अनुसार यस्ता प्रदर्शनीले दक्षिण एसियाली समाजलाई आफ्नो इतिहास आफ्नै दृष्टिकोणबाट हेर्ने र सांस्कृतिक सम्पदाको पुन:स्थापनाले भविष्यमा के अर्थ राख्छ भन्ने विषयमा विमर्श गर्ने बलियो आधार प्रदान गर्दछ ।

    त्यस्तै, क्युरेटर डा. लोखण्डवालाले विश्वभरका सङ्ग्रहालयले आफ्ना सङ्ग्रहभित्र रहेको औपनिवेशिक इतिहासबारे पुनर्विचार गर्न थालेसँगै सांस्कृतिक सम्पदा फिर्ताको विषय वर्तमान समयको अनिवार्य सांस्कृतिक बहस बनेको उल्लेख गरे ।

    प्रदर्शनी अवधिमा कलाकार संवाद, कार्यशाला तथा अन्तरक्रियात्मक कार्यक्रमसमेत आयोजना गरिएका थिए ।

    सराफ फाउन्डेसनको सहयोगमा नेपालमा डा लोखण्डवालाले क्युरेट गरेको यो तेस्रो प्रदर्शनी हो । दक्षिण एसियाली सम्पदाको स्वामित्व, औपनिवेशिक इतिहास र सांस्कृतिक पुन:स्थापनाका विषयमा रुचि राख्ने विद्यार्थी, कलाकार, अनुसन्धानकर्ता तथा सम्पदाप्रेमीको उल्लेखनीय सहभागिताका साथ प्रदर्शनी सम्पन्न भएको आयोजकले जनाएको छ ।

    शनिबार, कार्तिक २१, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    युरोपका १५ देशमा डेटा सेन्टरविरुद्ध प्रदर्शन, एम्स्टर्डममा २०० जना पक्राउ
    मध्यावधि निर्वाचनमा हारपछि ट्रम्पद्वारा स्टिफन मिलरलाई चिफ अफ स्टाफ नियुक्त
    कविता : 48 ओैं बर्ष लाई शुभकामना
    युद्ध सुरु हुँदाको भन्दा इरानी सेना ‘अझ बलियो’ : सैन्य प्रवक्ता
    ग्वाटेमालामा सांसदलाई लक्षित आक्रमण, तीन प्रहरी अधिकृतको मृत्यु
    इरानद्वारा केश्म टापुमाथि दुई अमेरिकी ड्रोन खसालेको दाबी

    Yugdarshan

    Posts by eyugdarshan

    लोकप्रिय

    • १.
      ब्राजिलका बोल्सोनारो र नेपालका कठपुतलीको भविष्य

    • २.
      अमेरिकी मध्यावधि चुनावमा डेमोक्रेटको अग्रता

    • ३.
      बैनी, तेरो मृत्युमा (शोककविता)

    • ४.
      प्रकाश केसीको निधनप्रति मसालको श्रद्धाञ्जली

    • ५.
      चन्डिगढमा मूल प्रवाहको प्रगतिशील देउसीभैलोको तयारी भेला (फोटासहित)

    • ६.
      पर्यटन विकासको सम्भावना र सरकारको दायित्व

    भर्खरै

    • १.
      युरोपका १५ देशमा डेटा सेन्टरविरुद्ध प्रदर्शन, एम्स्टर्डममा २०० जना पक्राउ

    • २.
      मध्यावधि निर्वाचनमा हारपछि ट्रम्पद्वारा स्टिफन मिलरलाई चिफ अफ स्टाफ नियुक्त

    • ३.
      कविता : 48 ओैं बर्ष लाई शुभकामना

    • ४.
      युद्ध सुरु हुँदाको भन्दा इरानी सेना ‘अझ बलियो’ : सैन्य प्रवक्ता

    • ५.
      ग्वाटेमालामा सांसदलाई लक्षित आक्रमण, तीन प्रहरी अधिकृतको मृत्यु

    • ६.
      इरानद्वारा केश्म टापुमाथि दुई अमेरिकी ड्रोन खसालेको दाबी

    • ७.
      ‘कसैले पछि काम गर्ला’ भनेर उधारोमा एमबिबिएस कोटा दिइएको गेटा मेडिकल कलेज

    • ८.
      नयाँदिल्लीमा वायु प्रदूषण बढ्दा नियन्त्रणका कडा उपाय लागु

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.